२५ मंसिर २०८१, मंगलवार

आत्मनिर्भर अर्थतन्त्र खडा गर्न उत्पादन अनिवार्य सर्त हो: प्रकाण्ड

0

चितवन । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सीले नेपालको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि उत्पादन अनिर्वाय सर्त भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी उत्पादन विभागले आयोजना गरेको धार रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रकाण्डले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि उत्पादन अनिवार्य सर्त भएको बताएका हुन् ।

चितवनको माडीमा आयोजित कार्यक्रममा उनले नेपाल उत्पादनमा आत्मनिर्भर हुँदा विश्वका शक्तिशाली देशहरुसँग प्रतिशपर्धा गर्नसक्ने क्षमता राख्ने भन्दै त्यसका लागि पार्टीले उत्पादनको नीति लिएको बताए । ‘हाम्रो देश विभिन्न कुरामा परनिर्भर छ । यसलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने लाग्यो ।’, उनले भने, ‘त्यही भएर हाम्रो पार्टीले एकीकृत जनक्रान्तिको अर्थ व्यवस्थाका बारेमा छलफल गर्यो । छलफलले एकीकृत जनक्रान्तिको अर्थनीति उत्पादनमा आधारित हुनुपर्छ, हाम्रो आफ्नै अर्थव्यवस्था हुनुपर्छ भन्ने निश्कर्ष निक्लियो । त्यही अनुसारको आर्थिक नीति बन्यो । त्यही नीति अनुसार अहिले हामी रोपाईमा जुटेका छौं ।’

उनले नेपालको समाजवादी व्यवस्थाको आधार खडा गर्न उत्पादनलाई जोड दिएको बताए । ‘हामी वैज्ञानिक समाजवादमा हुने अर्थव्यवस्थाको अभ्यास गरिरहेका छौं । यसलाई जनतासँग जोड्नुपर्छ ।’, उनले भने, ‘अहिले नेपालमा दलाल पुँजीवाद हाबी छ । यसले नेपालका अर्थव्यवस्थालाई धोस्त पारेको छ । नेपाली जनताको पहलमा, सहि विचार र सहित नेतृत्वले यसको अन्त्य गर्न सकिन्छ । देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।’

उनले ठिक ढंगबाट देशलाई अगाडि बढाउन सकिएको खण्डमा विश्वका शक्तिशाली देशहरुलाई पछार्न सकिने बताए । ‘सहि ढंगबाट नेपालको उत्पादन प्रणालीलाई व्यवस्थित गर्न सकियो भने, यसलाई परिचालन गर्न सकियो भने, सहि नीति र नेतृत्व भयो भने र जनतालाई त्यसमा सहभागी गराउन सकियो भने विश्वका विकसित राष्ट्रहरुलाई पनि च्यालेन्ज दिन सकिन्छ ।’, उनले भने, ‘हाम्रो पार्टीको विचारले विश्वका शक्तिशाली राष्ट्रहरुसँग प्रतिशपर्धा गर्न सकिन्छ । जित्न सकिन्छ । पार्टीले त्यही अनुसार तयारी गरिरहेका छ ।’

पार्टीले क्रान्तिका निम्ति आत्मनिर्भर, आत्मनिर्भरताका लागि उत्पादनमा जोड दिएको बताए । देशलाई आत्मनिर्भर बनाउने दायित्व नेपाल कम्युनिस्ट पार्टीको भएको भन्दै उनले त्यसका लागि पार्टीले देशभर अभियान चलाएको बताए । नेकपाले देशभर असार १० गतेदेखि उत्पादनका कामहरु गरिरहेको छ । यो अभियान आगामी असार ३० गतेसम्म चल्ने छ ।

चितवनको माडी नेपाल कम्युनस्ट पार्टी, केन्द्रीय उत्पादन विभाग, नेकपा चितवन, जनसांस्कृतिक महासंघ, नेकपा उपत्यका व्युरोले जग्गा भाडामा लिएर विभिन्न खालका उत्पादनहरु गरिरहेको छ । यो पटक चितवनमा मात्रै नेकपा १५ विघामा धान खेति गरेको जनाएको छ । 

चितवनमा पार्टी पाेलिटब्युराे सदस्य सन्देश सीकाे नेतृत्वमा राेपाईं भएकाे थियाे। राेपाई कार्यक्रममा नेकपा पाेलिटब्युराे सदस्य एटम सी, केन्द्रीय सदस्य रामलाल सी, विपिन सी, आराेह सी लगायत नेता कार्यकर्ताकाे उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।