४ जेष्ठ २०८१, शुक्रबार

नेकपा कास्कीद्वारा सहिद अजितको २०औं स्मृति कार्यक्रममा वृक्षरोपण 

0

कास्की ।दसवर्षे जनयुद्धका सहिद विजय बास्तोला ‘अजित’को २० औं स्मृति दिवसको अवसरमा नेकपा कास्कीद्वारा वृक्षरोपण कार्यक्रम गरिएको छ। कास्की जिल्ला रुपा गाउँपालिका वडा नं.०४का सहिद अजितको तत्कालिन राज्यद्वारा हत्या गरिएको थियो। उनको सम्झनामा हिजो सनिवार पोखराको पृथ्वीनारायण क्याम्पसमा वृक्षरोपण गरिएको हो ।

दसवर्षे जनयुद्धको क्रममा एकैदिन कास्कीमा बिजय बास्तोला, कोपिला रानाभाट ,उषा लामिछाने र देबेन्द्र पोखरेलको सहादत भएको थियो।उनीहरूको स्मृतिमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन केन्द्रिय समितिले पृथ्वीनारायण क्याम्पसमा पुष्प रोपण सहित श्रद्धाञ्जली कार्यक्रम गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा पश्चिम गण्डक ब्यूरो इन्चार्ज राजन सी,अतिथि कास्की जिल्ला इन्चार्ज उभार सी,नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य अमरदिप पराजुली,नेकपा केन्द्रिय प्रतिनिधि सदस्य बुलेट सी, कास्की जिल्ला सेक्रेटरी काजी सी,नेकपा माओवादी केन्द्र रुपा गाउँपालिका अध्यक्ष राजकुमार घिमिरे, लगायत सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसन का उपलब्ध सहिद बेपत्ता पुत्रहरुको उपस्थितिमा कार्यक्रम भएको प्रकाश सि(मार्सल) ले बताएका हुन।

उक्त कार्यक्रममा गण्डक पश्चिम ब्यूरो इन्चार्ज राजन सिले बोल्दै राज्यद्वारा सहिद भएकाहरु को न्यायका लागि उनिहरुको सपना पुरा गर्नका लागि र बेपत्ता योद्धाका लागि राज्यसंग निरन्तर आफ्नो पार्टिले संघर्ष गरिरहेको र आफुहरु पनि लागि रहेको बताएका छन।कार्यक्रम को संचालन सहिद परिवारका उपेन्द्र सि ले गरेका हुन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।