१८ बैशाख २०८१, मंगलवार

मरेको माओवादी पनि चिहानबाट उठ्ने छ:प्रकाण्ड

0

चितवन / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रबक्ता प्रकाण्ड सीले संघीय गणतन्त्र स्थापना गर्ने मुख्य भूमिका भएको माओवादी धार र जनयुद्धलाई अपराधीकरण गर्ने साम्राज्यवादको दुस्साहस कायम रहेमा माओवादी धारका कम्युनिस्टहरु चिहानमा पुगेको भएपनि उठेर प्रतिरोधमा उत्रने बताएका छन्। आइतवार माडी नगरपालिकाको बसन्तपुर बजारमा भएको श्रमिक समुदायका अगुवाहरुसँगको भेटघाटमा प्रबक्ता प्रकाण्डले यस्तो बताएका हुन।

सो भेलामा बोल्दै नेकपाका अर्का स्थायी समिति सदस्य तथा प्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले ‘साहित्य, कला र इन्जिनियरिङ पेशामा रहेका शारिरीक श्रम गर्ने श्रम-शक्तिलाई दलित भन्ने, हेय दृष्टि राख्ने पहिचान सामन्ती शासक वर्गले दिएको कारण आफूहरुले फर्जी पहिचानको विरुद्ध ‘श्रमिक समुदाय’ भनेको’ बताएका थिए ।

सो भेलामा वडा अध्यक्ष गणेश घताने, सामाजिक अभियन्ता रामबाबु विश्वकर्मा, इन्दिरा विश्वकर्मा, विक्रम सुनार, कुलवहादुर विश्वकर्मा, व्यवसायी यमबहादुर लगुन, कमल रामदान, विकास गायक, कृष्ण खड्का थकी, स्वेदेश एफ एम रेडियोकी अध्यक्ष दीप्ती विश्वकर्मा, राजेश घतानलगायत सहभागी अगुवाहरुले २०६७ सालमा अनिल सीको नेतृत्वमा भएको सितलपुर मन्दिर प्रवेश कार्यक्रम र कालीका एफ एममा सो समाचार प्रशारण गरेवापत जागिरबाट निकालिएका महाविर विश्वकर्माको स्मरण गरेका थिए ।

भेलाले सबै क्षेत्रमा रहेका दलित सामुदायबिच साझा समस्यामा सहकार्य गर्ने सहमती भएको थियो भने भेटघाट कार्यक्रममा नेकपा नेताहरू सन्देश सी, एटम सी, रुद्र सी, अटल सी लगाएतको सहभागी रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।