४ जेष्ठ २०८१, शुक्रबार

रामेछापमा ‘सी कृषि फारम’ उद्घाटन

0

रामेछाप / जिल्लाको सुनापाती गाउँपालिका वडा न-१ सिउपामा आज १ हजार कागतीका बेर्ना रोप्दै सी कृषि फारमको उद्घाटन गरिएको छ।नेपाल कम्युनिस्ट पार्टीकोआत्मनिर्भर उत्पादन अभियानको क्रममा नेकपा केन्द्रिय सदस्य तथा पुर्वी ताम्सालिङ ब्युरो इन्चार्ज प्रेम सी -विकल्पले एक कार्यक्रमकाबिच फारमको उद्घाटन गरेका हुन।

झण्डै ६० रोपनी कागती १ हजार बिरुवा, ओखर २५ सय बिरुवा, गोलभेडा खेती, बाख्रा पालन, कुखुरापालन,हरियो उन्नत जातको घाँस र तरकारी सहित ९ ओटा कार्यक्रम सञ्चालनमा ल्याउने योजना रहेको नेकपाले जनाएको छ।

यसअघि नै ब्युरो अन्तर्गत १ लाख बिरुवा वृक्षारोपण गर्ने घोषण गरिसकेको नेकपा पुर्वीताम्सालिङ्ले प्रारम्भ गरेको उक्त कृषि फारम उद्घाटनमा नेकपा पुर्वी ताम्सालिङ व्यूरो ईन्चार्ज विकल्प सी प्रमुख अतिथि रहेका थिए भने रामेछाप जिल्ला ईन्चार्ज इन्द्र सी ,केन्द्रीय प्रतिनिधि सदस्य प्रताप सी, अनेमसंघ क्रान्तिकारीकी पवित्रा सी, कृषि फारमका प्रमुख संचालक राजन सी सहभागी रहेका थिए ।

कार्यक्रमलाई अखिल (क्रान्तिकारी) व्यूरो ईन्चार्ज दयाराम सीले सञ्चालन गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।