६ जेष्ठ २०८१, आईतवार

आत्मनिर्भर देश बनाउने चाहाना सबै नेपालीको सपना हो : विकल्प सी

0

काठमाडौं: नेकपा पुर्वी ताम्सालिङ व्युरोका इन्चार्ज विकल्प सी ले देशलाई सम्पूर्ण रुपले आत्मनिर्भर बनाउने चाहना सबै नेपालीको सपना भएको बताएका छन् ।

दलाल सत्ताले थोपरेको गरीबी, परनिर्भरता र दूर्भाग्यलाई बदल्न नेकपाले संचालन गरेको अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिए । मंगलबार सुनापाती-१ सिउपाल, रामेछापमा ‘सी कृषि फारम’ उद्घाटनको क्रममा सो कुरा बताएका हुन् । उनले भने, ‘अहिलेको उत्पादन र कृषिको विकृत अवस्थालई बदल्नुपर्छ । देश र जनताको सेवामा समर्पित पार्टी, नेता, कार्यकर्ता र जनतालाई आत्मनिर्भर बनाउनुपर्छ । अनि सिंगो देशलाई आत्मनिर्भर बनाउन सकिन्छ । देशको मुहार बदलिन्छ । यदि उत्पादन र आत्मनिर्भर अभियानलाई सफल बनाउन सक्दा नेपालीले दुनियाँमा कसैसित माग्नु पर्दैन ।’
व्युरो इन्चार्ज विकल्प सीले सबैलाई श्रममा भाग लिन आग्रह गरे । उनले भने, ‘हामी राज्यलाई भन्न चाहन्छौं, अब रिमिट्यान्स होइन उत्पादन र कृषिमा वृद्दि गर्नुपर्छ । यदि राज्यले सो काम गर्दैन भने राज्यलाई बदल्नुपर्छ ।’ इन्चार्ज विकल्प सी ले जोड दिएर भने, उत्पादनलाई बढाएर मात्र रोजगारी बढ्छ । आत्मनिर्भर भएमात्र स्वाभिमानको रक्षा हुन्छ । समाजवादले मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माण हुने भएकाले त्यसको निम्ति सबै लाग्नु पर्ने बताए ।
रामेछाप जिल्लाको सुनापाती गाउँपालिका वडा न-१ सिउपामा आज १ हजार कागतीका बेर्ना रोप्दै सी कृषि फारमको उद्घाटन गरिएको हो । नेकपाका केन्द्रिय सदस्य तथा पुर्वी ताम्सालिङ ब्युरो इन्चार्ज प्रेम सी -विकल्प सी ले उक्त फारमको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई अखिल (क्रान्तिकारी) व्यूरो इन्चार्ज दयाराम सीले सञ्चालन गरेका थिए ।

यसअघि नै ब्युरो अन्तर्गत १ लाख बिरुवा वृक्षारोपण गर्ने घोषण गरिसकेको नेकपा पुर्वीताम्सालिङ्ले प्रारम्भ गरेको उक्त कृषि फारम उद्घाटनमा नेकपा पुर्वी ताम्सालिङ व्यूरो इन्चार्ज विकल्प सी प्रमुख अतिथि रहेका थिए भने रामेछाप जिल्ला इन्चार्ज इन्द्र सी, केन्द्रीय प्रतिनिधि सदस्य प्रताप सी, अनेमसंघ क्रान्तिकारीकी पवित्रा सी, कृषि फारमका प्रमुख संचालक राजन सीले समेत शुभकामना मन्तव्य राखेका थिए । झण्डै ६० रोपनी कागती १ हजार बिरुवा, ओखर २५ सय बिरुवा, गोलभेडा खेती, बाख्रा पालन, कुखुरापालन,हरियो उन्नत जातको घाँस र तरकारीसहित ९ ओटा कार्यक्रम सञ्चालनमा ल्याउने योजना रहेको नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।