५ जेष्ठ २०८१, शनिबार

घोराही सिमेन्टको IPO रद्द गरी सर्वसाधारण जनताको लगानी फिर्ता गर्न नेकपाको माग 

0

ललितपुर। नेपाल कम्युनिष्ट पार्टीले घोराही सिमेन्टको आईपीओ रद्द गर्न माग गरेको छ। नेकपा ललितपुरले मंगलवार नेपाल धितो पत्र बोर्ड खुमलटार पुगी बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाउँदै विना शर्त घोराही सिमेन्ट आइपीओ प्रकृया रद्द गरी सर्वसाधारणको लगानी फिर्ता गर्नुपर्ने माग राखेको हो।

नेकपा ललितपुरका जिल्ला इन्चार्ज विपिन सी ले हस्ताक्षर गरेको ज्ञापनपत्रमा घोराही सिमेन्ट आइपीओ प्रकरण मीहीन ढंगले छानबिन गरी संलग्न सबै पक्षलाई कारबाही गर्न समेत माग गरेको छ। 

उक्त ज्ञापनपत्रमा पूँजीबजारमा आम सर्वसाधारण लगानीकर्ता जो आमरुपमा आधारभुत वर्गका हुन,तिनलाई उज्जवल भविश्यको मृगतृष्णा अनुभूति गराएर पूँजिबजारमा आकर्षिंत गरिएको तर सिमित वर्गहरुले तिनका पैसामा चलखेल गरिरहँदा पनि नियामक निकाय धितोपत्र बोर्ड किनाराको साक्षी बनेको भेटिएकोले आफुहरुलाई स्विकार्य नभएको उल्लेख छ ।

कम्पनीको आईपीओ प्रकरणमा सम्बन्ध राख्ने सम्पूर्ण सरोकारवाला निकाय र सिफारिस गर्ने कम्पनीलाई सुक्ष्म ढंगले अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन समेत जोडदार माग गरेको छ ।

‘सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्न घोराही सिमेन्ट कम्पनीको संस्थागत शुशासनका सूचकांक, प्रोस्पेक्टसमा पेश भएका झुठा विवरणहरु, आधारभूत तथ्यांकहरु र अन्य समग्र वित्तीय अवस्थाको तथ्य र तथ्यांकहरू, जो तोडमोड गरिएको छ, ती समग्र कुराहरु अध्ययन गरी विवरण प्रमाणित गर्ने सम्पूर्णहरुलाई अबिलम्ब कारबाही गरियोस् ।’ ज्ञापनपत्रमा भनिएको छ ।

क्रेडिट रेटिङको सन्दर्भमा व्याप्त आशंकाहरुलाई निरुपण गर्न अन्य रेटिङ कम्पनीहरु मार्फत स्वतन्त्र रुपमा उक्त कम्पनीको क्रेडिट रेटिङ गराई इक्रा नेपाललाई पूर्ण अनुसन्धानको दायरामा ल्याएर ल्याउन समेत माग गरेको छ ।

बुक बिल्डिङ सिस्टम मार्फत आधार मूल्य तय गर्दा कम्तिमा १० वटा संस्थागत लगानीकर्ता कम्पनीको प्रस्तिस्पर्धात्मक सहभागिता सुनिश्चित गराई प्रतिस्पर्धात्मक कम्पनीहरुको नाम अनिवार्य सार्वजनिक गर्न माग गरेको छ ।

विभिन्न निकायमा बिक्रीका लागि जारी गरिएको आईपीओमा पूर्ण रुपमा नबिक्नुले प्रिमियममा मूल्य बढी भएको र आईपीओ नबिक्ने भएपछि घोराही सिमेन्ट कम्पनी, कम्पनीको आईपीओ बिक्री प्रबन्धकहरु हिमालयन क्यापिटल र नबिल क्यापिटल, अन्डर राइट्स लिने नागरिक लगानी कोष सहित संस्थाहरुले षडयन्त्र पूर्वक कृतिम माग सृजना गरी नक्कली आवेदक मार्फत ओभर सब्सक्राइब्ड गराई लगानीकर्तालाई ठग्ने नियत राख्ने सबैलाई बिलम्ब नगरी कारबाहीको दयरामा ल्याउन पार्टीले माग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले उक्त माग सम्बोधन नगरे पार्टी नीति अनुरुप जनहितको रक्षाको लागि सशक्त संघर्षमा उत्रने समेत चेतावनी दिएको छ।

निष्काशन भएदेखि नै विवादिद रहेको कम्पनीको आईपीओमा पूर्वनिर्धारित समय अवधिमा मागअनुसार आवेदन परेपनि समय लम्ब्याइए पछि बोर्डले स्थगित गरेको जनाएको छ ।

७९ लाख ४३ हजार कित्ता आइपिओ प्रिमियम मूल्यमा ल्याउने भनेर हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिसँग सम्झौता गरेको घोराही सिमेन्टमा १४ जनाले १० लाख कित्ताको दरले सेयर आवेदन दिएको पाइएपछि उसको सम्पूर्ण प्रक्रिया रोक्का गरिएको थियो।

ठूलो संख्यामा आवेदन दिएका लगानीकर्ताको खातामा उक्त सेयरका लागि रकम नभएको पाइएको थियो भने सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन परेको थियो । हाल आइपीओ प्रकृया रोक्का भएपछि हजारौं सर्वसाधारणको आवेदन दिँदा लगानी भएको पैसा पनि प्रकृया नटुंगिउनजेल कालागि होल्ड हुँदा लगानीकर्तामा निराशा पैदा भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।