१२ श्रावण २०८१, शनिबार

नेपाल कम्युनिस्ट पार्टी र जि.प्र.का.अछामबिच ४ बुदे सहमति

वित्तीय संस्थाहरुलाई कानुन विपरीत कार्य गर्न नदिने निर्णय

0

अछाम / नेपाल कम्युनिस्ट पार्टी  र जिल्ला प्रशासन कार्यालय अछामबिच जिल्लामा देखिएका लघुबित्त संघ/ संस्थाहरुले कानुन बिपरित कर्जा लगानी र कर्जाको ऋण असुली लगाएतका कार्यहरू गर्न नदिने सहमति भएको छ।प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले “लघुवित्त तथा वित्तीय संघ संस्थाहरुले प्रचलिनत ऐन, नियम, कानून र कार्यविधिको अधिनमा रही आफ्नो वित्तीय कारोवार सञ्चालन गर्ने / गराउने ,साथै ने. क. पा. जिल्ला कमिटी, अछामले कानुनको परिधिभित्र रही जिल्लाको शान्ति सुरक्षामा असर नपर्ने गरी आफ्ना क्रियाकलाप गर्ने / गराउने सम्बन्धमा समझदारी कायम गर्ने” निर्णय गरेको छ।

त्यस्तै सर्वपक्षीय बैठकले नेपाल लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षा प्रवन्ध गरिपाउँ भनी श्री सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेश गरेको ज्ञापन पत्र उपर छलफल गरिएको,लघुवित्तको क्षेत्रमा देखिएका गुनासा एवं समस्याहरुका सम्बन्धमा स्थानीय स्तरबाट समाधान हुन सक्ने विषयहरुमा स्थानीय लघुवित्त संस्थाहरुले आगामी दिनमा क्रमशः सुधार गरी समस्या समाधानको प्रयास गर्ने तथा जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न सबै पक्षहरुले आ-आफ्नो क्षेत्रबाट सघाउ पु-याउने निर्णय समेत गरेको छ।

सर्वपक्षीय बैठकमा  सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद तिमिल्सिना ,प्रहरी उपरीक्षक सन्तोष पाठक,सशस्त्र प्रहरी उपरीक्षक खेम ठकुल्ला ,अनुसन्धान प्रहरीका उपरीक्षक गोबिन्द पाण्डे ,लघुवित्त संस्थाहरुको तर्फबाट किसान लघुवित्तबाट जनक रिमाल,एनएमबिबाट नेत्र भन्डारी,किसान बहुउद्देश्यीय सहकारीबाट एकेन्द्र शाह,नेकपा अछाम इन्चार्ज मिना सी, पुर्वी अछाम सेक्रेटरी निरक सी, जिल्ला समिति सचिवालय सदस्य तपेन्द्र सी लगायत १७ भन्दा बढी लघुवित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।