२९ बैशाख २०८१, शनिबार

शिवगढीको हिलाम्य खेतमा फरफराईरहेका झण्डा नियाल्दा

0

२० असार,कपिलवस्तु/मिर्मिरे विहानी हुँदै थियो । पूर्व क्षितिज खुल्दै थियो । कुखुराका भालेहरूले कुखुरी काँ को आवाज निकालिरहेका थिए । त्यो दिन शिवगढीमा असार १५ को धान दिवस थियो ! अथवा यसलाई एउटा श्रमउत्सवका रूपमा मनाउने दिन थियो ! म नेकपाका महासचिव विप्लव निवास शिवगढी नजिकै थिए । धान दिवसलाई उत्सवको रुपमा मनाउने भन्दै रोपाईको तयारीले निकै चहलपहल बढेको थियो । वाहिर असारे झरी भने अविरल परिरहेको थियो । जब म धान रोप्ने खेतमा पुगे, तब त्यतिवेला मैले नयाँ दृश्य देख्ने मौका पाए । त्यो थियो,धान रोप्न तयार पारिएको हिलाम्य खेतमा चन्द्र सू्र्य अंकित राष्ट्रिय झण्डा र हसियाँ हतौडा अंकित कम्युनिष्ट पार्टीको रातो झण्डा फरफराईरहेका थिए ।

नेकपाका महासचिव विप्लव चन्द्र सू्र्य अंकित राष्ट्रिय झण्डा र हसियाँ हतौडा अंकित कम्युनिस्ट पार्टीको रातो झण्डाको बीचमा उभिएका थिए । दायाँ तिर कम्युनष्टि पार्टीको रातो झण्डा बाँसको अग्लो काठको टुप्पो माथि हाँसी रहेको थियो भने बायाँतिर राष्ट्रिय झण्डा हाँसीरहेको थियो । सायद ! त्यो दिन दुवै झण्डाले कुनै नयाँ सन्देशको सुरुवात गरिरहेका थिए । त्यतिवेला नै महासचिव विप्लवले ड्रोन उडाउदै,ब्यानर सार्वजनिक गर्दै र दुबै झण्डा फरफराउदै धान दिवसलाई उत्सवको रुपमा उद्घाटन गरे ।

महासचिव विप्लव लगायतका नेता,कार्यकर्ता, र कलाकारहरुको टिमले गित गाउदै छप छपी धान रोप्न सुरु गर्यो । हिलाम्य बनाईएको खेतको आलीमा गाडिएको चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा र हसियाँ हतौडा अंकित कम्युनिष्ट पार्टीको रातो झण्डा भने आकाशतिर फरफराईरहेका थिए । कम्युनिष्ट पार्टीहरुले आफ्नो कुनै औपचारिक वा अनौपचारिक कार्यक्रम गर्दा हसियाँ हतौडा अंकित रातो झण्डा फरफराउने गरेको चलन स्वभाविक थियो ।
तर विप्लवले भने धान रोप्ने खेतमा कम्युनिष्ट पार्टीको रातो झण्डा मात्र होइन, चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा समेत फर्फराए । यो कार्य निकै अर्थपूर्ण थियो । धान रोप्ने हिलाम्य खेत माथि फरफराईरहेको चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डाले राष्ट्रियता संकटमा परेको,परनिर्भरता बढेको र आफ्नो अस्तित्व समेत संकटमा परेको संकेत गर्दै थियो । यस्तै दायाँतिर गाडिएको हसियाँ हतौडा अंकित रातो झण्डाले पनि कम्युनिष्टहरु एक नहुदा आफू संकटमा परेको,र झण्डाको दुरुपयोग हुने गरेको संदेश दिदै थियो ।

के दुवै झण्डाको गम्भीर चिन्तालाई समाधान गर्न सकिन्छ त ? यो सर्वत्र चासोको विषय थियो । मुटुभित्र पीडा लुकाएर हाँसीरहेका यी दुवै झण्डाले नेपालका राजनैतिक पार्टी र नेपालका परिवर्तनकामी शक्तिलाई आफ्नो रक्षा गर्न अपिल गर्दै थिए । दुवै झण्डाको संकटको रक्षाको लागि आफ्नो पार्टी काँध थाप्न तयार रहेको विप्लवले प्रतिवद्धता गरे । अहिले देश परनिर्भरतामा वाँचीरहेको छ । वेरोजगार युवा उत्पादन गर्ने र विदेश पठाउने देशको रुपमा नेपाल चिनिन थालेको छ । यसलाई सुधार गर्न विप्लवले आफ्नो पार्टीसंग सहि विचार र योजना रहेको दावी गरे ।

उनले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि उत्पादन कार्यमा जोड दिएको वताए । विप्लवले गरेको वाचाप्रति खुसीले गद्गद् भएका दुवैझण्डाहरुले हिलाम्य खेत माथिबाट फरफराउदै भनिरहेका थिए “हामी आफ्नै देशमा बाँच्न सक्छौ, आफ्नै देशमा उन्नति र प्रगति गर्न सक्छौ, तर सवै नेपाली एकतावद्ध भएर ।”

विप्लवले त्यसै कुरामा जोड दिदै भन्दै थिए “कृषि भनेको आमा हो,जसले आमालाई विश्वास गर्छ उ कहिलै पनि असफल हुदैन । ”

धान रोपाईलाई उत्सवको रुपमा लिएका विप्लव इन्द्रणी र सामना कलाकारहरुले गाउदै गरेका गितसंग तालमा ताल मिलाउदै नाच्दै रोपाईमा व्यस्त थिए । निरन्तर फरफराईरहका झण्डाहरु आकासमा मुस्कुराईरहेका थिए । जति असारे झरी पररहेको थियो,त्यति झण्डाहरु मुस्कुराईरहेका थिए र फरफराईरहेका थिए । त्यतिमात्र होइन ! ती झण्डाहरुले विप्लवलाई अगाडि बढ्न हौसला दिदै थिए । झण्डाहरुको मुस्कुराहटले हाम्रो देश समाजवादी व्यवस्था र समाजवादी अर्थप्रणालीमा जादैछ भन्ने आसा देखाउदै थियो । यस्तै स्वदेशी उत्पादनबाट आत्मनिर्भर अर्थतन्त्रमा पुग्ने आत्मविश्वास झल्काउथ्यो ।

अनि चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा र हसिया- हतौडा अंकित कम्युनिष्ट पार्टीको रातो झण्डा धान रोपिरहेको हिलाम्य खेत माथि निरन्तर फर्फराईरहेका थिए । कम्युनिष्टहरुको एकताको कुरा गरिहेका थिए । राष्ट्रिय एकताको कुरा गरिरहेका थिए । राष्ट्रिय स्वाधीनताको कुरा गरिरहेका थिए । अब नेपालमा असफल संसदीय व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्थाको परिकल्पना गरिरहेका थिए । जनताको वास्तविक व्यवस्था र अवस्था परिवर्तनका लागि विजयको अग्रिम शुभकामना दिदै निरन्तर फर्फराईरहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।