२८ बैशाख २०८१, शुक्रबार

युवा संगठन नेपाल ३ नम्बर जिल्लाको सम्मेलन सम्पन्न, सागरको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्वाचित

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल ३ नम्बर जिल्ला समितिको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सागर सीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार काठमाडौंको कलंकीमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा रेशम सी, सचिवमा विनोद सी र सहसचिवमा किशोर सीलाई निर्वाचित गरेको छ । सम्मेलनले भरत सी, राज सी, दीपक सी, सुमन सी, दीपक सी२, इश्वर सी, साहेन सी, लालकृष्ण सी, राकेश सी, पुस्कर सी, विनय सी, मनोज सी, मिना सी, सुनिल सीलाई कार्यसमिति सदस्यमा निर्वाचित गरेको छ ।
सागर सीको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो भने नेकपा केन्द्रीय सदस्य तथा जिल्ला नम्बर ३ की इन्चार्ज भृकुटी सीको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा केन्द्रीय सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय उपाध्यक्ष दिनेश सी, नेकपा केन्द्रीय सदस्य तथा सामना सांस्कृतिक परिवारका अध्यक्ष आरोह सी, जिल्ला नम्बर १ का इन्चार्ज सुरेन्द्र सी, जनपत्रिकाका व्यवस्थापक दिआर सी, युवा संगठन नेपाल उपत्यका व्युरो इन्चार्ज अनिल सी, जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य शोभराज बराल र शाहस भट्ट, नेवा मुक्ति मोर्चाकी सन्तोषी सीको उपस्थिति रहेको थियो ।

सम्मेलनमा उपस्थित प्रतिनिधि परिवेक्षकहरुलाई विश्व सीले स्वागत गरेका थिए भने रकम सीले कार्यक्रम संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।