२८ बैशाख २०८१, शुक्रबार

समाजवादी मोर्चा नेपालको पहिलो बैठक जारी

0

काठमाडौँ । नेकपा सहित चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको वैठक चलिरहेको छ। तत्कालीन कार्यक्रम र मोर्चाको प्रदेश , जिल्ला , गाउँ/ नगर र जवसहरुबिचको समन्वयको बिषयमा निर्णय गर्न वैठक वसेको हो

नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा चली रहेकाे छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाको भूमिका, र मोर्चालाई थप सशक्त बनाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

जारी बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा प्रवक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् । साथै समाजवादी मोर्चामा आवद्ध दलका अन्य नेताहरुको पनि सहभागिता रहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।