१२ श्रावण २०८१, शनिबार

सुदुरपश्चिममा नेकपाका नेताकार्यकताहरु धान रोप्न व्यस्त

0

असार २३ धनगढी । नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिमका नेता कार्यकर्ताहरु यतीबेला धान रोप्न ब्यस्त भएका छन । पार्टीले नवौँ महाधिवेशनबाट आत्म निर्भर पार्टी, आत्म निर्भर कार्यकर्ताको नीती लिएपछि असार महिनामा नेकपाका नेता कार्यकर्ताहरु देशैभर धान रोप्न ब्यस्त भएका हुन ।

देशैभरी विभिन्न क्षेत्रमा केन्द्र, ब्यूरो र जिल्ला स्तरीय पार्टीका नेता कार्यकर्ताहरु धान रोप्न ब्यस्त भएका हुन । नेपाल कम्युनिष्ट पार्टीको सेती ब्युरो र कैलाली जिल्ला पार्टीका नेता कार्यकर्ताहरु पनि यतीबेला धान रोप्न खेतमा ब्यस्त देखिएका छन । नेपाल कम्युनिष्ट पार्टीको सेती ब्यूरोले कैलालीको घोडाघोडी नगरपालीका वडा नम्बर ९ रतीपुरमा शान्ति निम्न माध्यामीक विद्यालयको चार बिघा जमिन भाडामा लिएर यतीखेर रोपाई भई रहेको छ ।

आज शनिबार धान रोप्ने खेतमा भेटीएका नेकपाका पोलिटब्युरो सदस्य विकल्प सिले समाजबाद प्राप्तीका लागि उत्पादन मुख्य आधार भएको बताउदै पार्टीको नवौ अधिबेशनबाट पारीत नीति अनुरुप नेता कार्यकर्ता र जनता श्रमसंग जोडीएको बताए । उनले पार्टीको नीतीले अन्य बसेर खाने र गफ चुटेर बस्नेहरुलाई पनि श्रमसंग जोड्न बाध्य बनाएको बताए ।

चन्दा उठाएर खाने, काम गर्न डराउने जस्ता आरोप लगाउनेहरुका लागि आत्मनिर्भर पार्टी र आत्म निर्भर कार्यकर्ताको नीतिले गतीलो झापड दिएको बताउदै अन्य पार्टीहरुले पनि श्रम र उत्पादनको सम्बन्ध जोडन खोजेको बताए । उनले समाजबादी मोर्चा, श्रम र उत्पादनको नीतिले देशमा उथुलपुथल ल्याएको बताउदै पार्टीले यसलाई बैज्ञानीक समाजबादको भ्रुणका रुपमा लिएको जानकारी गराए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सेती ब्युरो ईन्चार्ज भगत सीले असार १० गते देखि पार्टीका पोलीटब्युरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख ध्रुब सीको उपस्थितीमा कैलालदीको लम्कीबाट सुरु गरिएको रोपाई निरन्तर चली रहेको बताए । उनले कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर ७ बचेलामा १ विगाह २ कट्टा जमिनमा कैलाली जिल्ला पार्टीको उत्पादन विभागद्वारा सुरु गरिएको रोपाई सेती ब्यूरोको उत्पादन विभागद्वारा सुरु गरिएको ४ विगाहमा भई रहेको जानकारी गराए ।

उनले आधा आधा रोपाई सकिएको जानकारी गराउदै ब्यूरोले कैलालीमा ५ विगाह क्षेत्रफलमा धान रोपाई गरीरहेको बताए । घोडाघोडी नगरपालीका वडा नम्बर ९ रतीपुरमा ४ विगाह र वडा नम्बर ८ मा एक विगाह गरी ५ विगाहमा कैलाली पार्टीको सहयोग र सेती ब्युरोको आयोजनामा रोपाई भईरहेको बताए ।

उनले कैलाली पार्टीको आयोजनामा धनगढीमा १० कट्टामा धान रोपेर रोपाई समापन गरिने समेत जानकारी गराए । उनले कैलाली पार्टीको ब्यावस्थापनको प्रशंशा गर्दै अर्को बर्ष देखि १५ विगाहमा खेती गरिने जानकारी गराए ।

त्यसैगरी गौरीगंगा नगरपालीकाको अण्डैयामा पनि १ विगाहमा रोपाई गरिएको उनले जानकारी गराए । त्यसैगरी डोटीमा ८ रोपनीमा भटमास खेती, अछाम्मा १० रोपनीमा घटमास, गहत,मुमफली, तिल र तरकारी लगाएको समेत उनले जानकारी गराए । अछामको साफेबगर र तुर्माखादमा खेती गरिएको जानकारी गराउदै उनले तुर्माखादमा १ सय ५३ बोट किवी, १ सय बोट दाते ओखर लगाइएको जानकारी गराए । त्यसैगरी बाजुरामा पनि ५ रोपनीमा दाल, गहत, र भटमास लगाईएको उनले जानकारी गराए ।

त्यसैगरी कैलालीको मोहन्यालमा १० रोपनीमा मकै लगाईएको जानकारी गराउदै उनले १ सय ५० बोट कागती लगाइएको, २५ वटा बाख्रा पालेको, बंगुरपालन र कुखुरा पालन गरेको उनले जानकारी गराए । उनले नेपालमा कुनै पनि राजनीतिक पार्टीले सामुहिक कार्य नगरेको बताउदै आत्मनिर्भरता भन्ने कुरा श्रममा हुने भएकाले नयाँ संस्कृति स्थापित गर्न उत्पादनसंग जोडिएको बताए । प्रायजसो नेपालका संसदीय राजनीतिक दलका नेताहरु ठेक्का पट्टा, योजना ल्याएर भ्रष्टाचारमा लिप्त भइरहने प्रवृत्ति व्याप्त भएको बताए ।

नेकपाका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले असार ९ गतेदेखि निरन्तर खेतमा काम भइरहेको बताउदै असार २८ गतेसम्म सम्पूर्ण रोपाई सकिने जानकारी गराए । इन्चार्ज प्रकाशले वर्तमान दलाल संसदीय व्यवस्था आयातमुखि भएको बताउदै रेमिट्यान्सको भरपर्ने, सबै कुरामा परनिर्भर मात्र भएकाले नेताकार्यकर्ता उत्पादनसंग जोडने नेकपाको नीति प्रभावकारी बन्दै गएको बताए । उनले अहिलेको सत्ता र व्यवस्था परिवर्तन गर्न आत्मनिर्भर अर्थप्रणाली अनिवार्य भएको बताउदै त्यसैको अभ्यासमा पार्टी लागेको जानकारी गराउदै नेता कार्यकर्ताहरुमा उत्साह थपीएको बताए । युवाहरुलाई देशमै श्रमसंग जोडेर समृद्धि ल्याउन सकिने सन्देश दिन उत्पादन कार्य सुरु गरिएको उनको भनाई थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।