१२ श्रावण २०८१, शनिबार

जुगेडी गज्र्याे

0

पहाड उठ्यो जुगेडी गज्र्याे, नेपाल थर्कायो
भोका र नाङ्गा जनताले, आफ्नो बाटो नै देखायो

अँध्यारो पहाड कुइरो जालो, भित्र ती बसेका
गिठाको भरमा सारङ्गी पेट, नाम्लाले कसेका
सरकारी जालले भरेन पेट, उठे ती बुझेर
धनीको खोसी बाँड्ने शुर गरे, एक भई जुधेर

पहाड उठ्यो ……….
भोका र नाङ्गा ……..

अँध्यारो रात पाँच गते असार, बिजुली चम्केको
अनिकाल टार्न जनताको ताँती, डाँडामा लम्केको
धनीको खोसी गरिबलाई बाँड्ने, प्रतिज्ञा गरेका
खुकुरी–खुर्पा हातमा लिई, अगाडि बढेका

पहाड उठ्यो ……….
भोका र नाङ्गा ……..

जनता मिले जे पनि हुने बाटो नै देखाए
भोकले होइन लडेर मर्ने, बाटो त्यो देखाए
मिर्मिरे भयो ६ गते असार, रातम्य देखियो
देशमा भोका जनताको नयाँ इतिहास लेखियो

पहाड उठ्यो ……….
भोका र नाङ्गा

स्राेत: जनपत्रिका तेस्रो अंक


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।