११ श्रावण २०८१, शनिबार

समाजवादी मोर्चा नेपालको कार्यदलले तयार पार्यो प्रतिबेदनको आधार

0

 काठमाडौँ । समाजवादी मोर्चा नेपालको कार्यदलको बैठकले प्रतिबेदनको आधार तयार पारेको छ । आइतबार अपरान्ह नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको उक्त बैठकले प्रतिबेदनको आधार तयार पारेको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा कार्यदलका सदस्य प्रकाण्ड सी ले जानकारी दिए।

उक्त कार्यदललाई समाजवादी मोर्चा नेपालको पहिलो बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिता बनाउनका लागि तीन दिनको समयसीमा दिइएको छ जस अनुसार कार्यदलको आइतबार बसेको बैठकले संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिताको आधार तयार पारेको हो । 

उक्त कार्यदलमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी , नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन्।

उक्त कार्यदलले तयार पारेको मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहितासहितको प्रस्तावमाथि यहि आसार २७ गते बस्ने समाजवादी मोर्चाको बैठकमा छलफल गरेर मुर्तरुप दिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।