१६ जेष्ठ २०८१, बुधबार

नेपालमा राजनीतिक संकट:कारण र प्रभाव

0

नेपालको राजनैतिक संस्कार लाई हेर्ने हो भने संसारकाे सबैभन्दा फाेहाेरी राजनीतिक खेल भएकाे देश नेपाल हाे भनेर चिनिएकाे छ भन्दा अन्यथा नहाेला।किनभने राजनीति भनेको देशको भविष्य कस्तो बनाउने र त्यो देशका जनता हरुलाई त्यो राजनीतिक मार्फत आफ्नो देशको सुरक्षानीति कस्तो बनाउने र त्यो देशका जनताहरुकाे शासनसत्ता सन्चालकहरुको नीति कस्तो बनाउने भन्ने कुरालाई नै राजनीति भनिन्छ । तर हाम्रो देशका मुख्य राजनीति नीति निर्माताहरू अरू देशकाे इसरामा चल्ने र बिदेशी दलालहरू  भएका कारणले गर्दा नेपालका सम्पूर्ण भित्रीय याेजना जुन देशको दलाल हाे त्यो देशमा  रिपोर्टिङ गर्ने भएको कारणले गर्दा यहाँकोराजनीतिमा संवैधानिक र प्रशासिनक रूपमा  संकट आएको देखिन्छ ।यी माथिका सम्पूर्ण ठाउँहरूमा संकट आएका कारणले  आज नेपाली  जनताहरूले धेरै ठुलठुलाआर्थिक ,राजनितिक,साँस्कृतिक संकटकाे सामना गर्नु परेको छ।

उद्योग ब्यवसाय,व्यापारी,कर्मचारी,किसान ,मजदुर ,शिक्षक, विद्यार्थी लगाएत सम्पूर्ण नेपाली जनताले दुख पाएका छन त्यो भनेको नेपालका दलाल नेता र संसदीय ब्यवस्थाले निम्त्याएको राजनीतिक संकट नै हाे। याे संकटबाट मुक्त हुन र नेपाललाई स्वतन्त्र बनाउनका लागि सबैभन्दा पहिला सम्पूर्ण नेपालका असमान संन्धी सम्झौताहरू खारेजी र बैज्ञानिक समाजवादी ब्यवस्था आजको एकमात्र निर्विकल्प बिषय हाे भन्ने कुरा  संसदवादी दल र दलका गतिविधिबाट क्लियर भएरआएकाेछ।

त्यो भनेकाे पुराना संन्धि खारेज हाेइन नयाँ संन्धि गरेर देश अरू लाई दिने दल र दलका केही नेता भएको कारणले नै हाे।
सन१८१६ काे सुगाैलि सन्धि देखियता भएका सम्पूर्ण असमान र रास्ट्रीय हितविपरीतका सन्धिसम्झौता खारेज नगरेसम्म न त नेपाली जनताले शान्ति पाउनेछन् ,न त बिदेशी दलालहरूलाई याे देेशबाट हटाउन सकिने छ । यसकाे लागि निम्न बिषयहरूमा सम्पूर्ण नेपाली जनताले राष्ट्रिय स्वाधीनता र जनजिबिकाकाे बारेमा बुझ्न आवश्यक देखिन्छ ।

 परनिर्भर राजनीतिक संस्कारको अन्त्य
राजनीति भनेको राज्य संन्चाल गर्ने नीति हुन्छ ,त्यो नीति निर्माण गर्ने ठाउँ सबैभन्दा राम्रो र स्वतन्त्र रास्ट र जनताकाे हितलाई सर्वपरि  राखेर सम्पूर्ण याेजना निर्माण र कार्यान्वयन गर्न र देशकाे उन्नति, प्रगती, स्वाधीनता, स्वतन्त्रता, शान्ति र समृद्धि लगाएतका सम्पूर्ण कुराहरू जनताहरूकाे भबिस्यसंग सम्धित रहेर देश बिकासमा लैजाने मुख्य  थलो भने कै राजनीतिक हुन्छ। यसलाई जुन देशले सहि तरिकाबाट प्रयोग गर्न सक्छ, त्यो देशले प्रगति गरेको हुन्छ । जुनदेश राजनीतिक रूपमा आत्मनिर्भर हुन्छ, स्वतन्त्र हुन्छ, त्यो देश बिकास निर्माणमा अग्रभागमा नै हुन्छन तर जुनदेश परनिर्भर भएर बसेकाे हुन्छ ती देशहरू  गरिव,बिदेशीकाे हस्ताक्षेपमा चुर्लुम्मै डुबेका हुन्छन्  ।राज्य र जनता बिचकाे अविश्वसनियता यति धेरै हुन्छ कि कसैले कन्ट्रोल गर्न नै नसकिने भएकाे हुन्छ ।भ्रष्टाचारले देशकै बेइज्जत भएको हुन्छ र दलालहरूकाे बिगबिगी ,भ्रष्टाचार ,कमिसनकाे  खेलले देश नै आक्रन्त भएको हुन्छ  ।सम्पूर्ण  शासन सत्तामा त्यो देशका दलालहरू मार्फत बिदेशीहरूले हस्ताक्षेप गरेका हुन्छन। ब्यवस्थापिका,कार्यपालिका ,न्यायपालिका लगाएत सम्पुर्ण संरचना संकटै संकटबाट  चलेकाे हुन्छ र आफ्ना देशका जनतालाई अरू देशका शरणार्थी बनाएर  बस्ने  दलालहरू हुन्छन् ।याे ब्यवस्था जहिलेसम्म रहन्छ, त्यो बेलासम्म देश परनिर्भर हुन्छ ।

यी माथिका सम्मपुर्ण कुराहरूलाई अध्ययन गर्ने हाे भने आज नेपाली राजनीतिमा धेरैजसो कुराहरू मिल्दोजुल्दोछ  र यसकाे मुख्य कारण भनेको नै परनिर्भर राजनीतिक संस्कार असहमान संन्धि सम्झौताहरू कै कारणले भएको हाे।
सबैभन्दा पहिला परनिर्भर राजनीतिक सस्कारकाे अन्त्यकाे लागि अवस्था मात्र हाेइन कि दलाल  ब्यवस्था नै मुख्य समस्या भएर आएको देखिन्छ।यसकाे सहि तरिकाले हल नगरीकन खाली काेरा भाषण ,चुनाव र सरकार परिवर्तनले मात्र हल गर्न खाेजे भने आज भन्दा भाेलि झन धेरै  ठुलठुला बिपत्तिहरू नेपाल देश र नेपाली जनताले भोग्नु पर्नेछ। नेपालमा राजनीतिक संकट अन्त्यको लागि सबैभन्दा पहिला राज्य र जनता बिचकाे विश्वाकाे बाताबरण,दलालराज्य  ब्यवस्थाकाे अन्त्य दलगत राजनीति भन्दा रास्ट र जनताको लागि राजनीति भन्ने राजनीति सस्कारकाे बिकास  आजकाे राजनीति संकटकाे सहि समाधान र परनिर्भर राजनीति संकटकाे  अन्त्य  बैज्ञानिक समाजवादले मात्र गर्न सकिन्छ। अरू आजको ब्यवस्था र नेताहरूबाट हाेईन कि एकीकृत जनक्रान्ति र त्यो बहसका  पर्वत कमरेड बिप्लव सी लगाएका नेताहरू बाट मात्र सम्भाव छ।

याे परनिर्भर राजनीतिककाे बारेमा  नेपालका रास्ट्रवादी, देशभक्त, क्रान्तिकारी दलहरू र नेपाली जनताको बिचमा अन्तरक्रिया वा जनमत संग्रहले मात्र  परनिर्भर राजनीतिक संकटकाे सहि समाधन दिन सकिन्छ ।यो बिषयमा तयार हुने रास्टवादी दलहरूकाे एक संयुक्त माेर्चा बनाएर अगाडि जाने साेच  भएका दलहरू राष्ट्रवादी हुनसक्छन, याे कुराकाे बिराेध गर्ने दलहरू  बिदेशीका दलालहरू हुन भन्नेबारे सबैभन्दा पहिला नेपाली जनताले बुझ्नुपर्छ।

परिवर्तनकारी र क्रान्तिकारी राजनीतिक दलहरूले याे बिषयमा  एक माेर्चा  बनाए जानुपर्ने हुन्छ। याे प्रक्रियाकाे सुरुवात नेपाल कम्युनिस्ट पार्टीकाे ९ औं  महाधिवेशन र महाधिवेशनबाट निर्वाचित  नेतृत्वले  साहसिक कदम चालेकोछ। याे नेतृत्वलाई हामी सम्पूर्ण  नेपाली जनताले  साथ दिनु आजकाे आवश्यकता भएको छ। याे कुरा जबसमम्म नेपाली जनताले बुझदैन तबसम्म  परनिर्भर राजनीतिक संकटकाे अन्त्य गर्न गाह्रो हुन्छ। किनभने नेपालमा दलाल संसदीय ब्यवस्थाछ ,याे ब्यवस्था भनेको  जनताबाट चुनिने र जनतालाई नै ढाटेर आफ्ना देशका जनता भन्दा बिदेशीकाे गुलाम हुनु गर्व गर्ने ब्यवस्था भएको कारण परनिर्भर राजनितीबाट माथि उठाउन गाराे हुन्छ।यसकाे लागि नेपाली जनताको आफ्नै राज्य ब्यवस्था बैज्ञानिक समाजवादी ब्यवस्थाले मात्र परनिर्भर राजनीतिक संकटकाे  अन्त्य गर्न सकिन्छ।
 राज्य र जनताबिचको सम्बन्ध

राज्य भन्ने बितिकै  जनताको  अभिभावकत्व भनेर  बुझ्नु पर्दछ र हो पनि।देशको  अभिभावक भनेको सम्पूर्ण  जनताहरुको सुख -दुखमा न्याय दिने र देश अफ्थ्यारोमा पर्दा साथ दिने राज्य र राज्य माथि बिदेशीकाे हस्तक्षेप  हुँदा राज्यलाई सात दिने जनता चाहिन्छ। जबसम्म जनता र राज्य को सम्बन्ध राम्रो हुदैन  तबसम्म जनता र राज्यको सम्बन्ध पनि राम्रो हुदैन  किनभने जनताबिनाको राज्य र राज्य बिनाको  जनता हुनु हुदैन ।यी दुबै एक सिक्काका दुईभाग जस्तै हुन्छन ।यो कुरा नेपालमा लागु हुन नसकेको कारणले गर्दा आज नेपालमा राजनितिक संकट आएको हाे भने कुरा   ब्यवहारत: सतहमा आएको छ । त्यो भनेको राज्य सञ्चालक र नेपाली जनताका बिचमा धेरै ठुल्ठुला अन्तरबिराेध देखिन्छन।  यो अन्तरबिराेध आउनुका मुख्य कारण भनेकै  अहिलेकाे दलाल संसदीय ब्यवस्था र त्यो ब्यवस्था भित्रका मुख्य सत्ता सञ्चालन गर्ने नेता र नेताहहरुकाे जनताहरुलाई हेर्ने दृस्ठिकोण खराब हुनु हाे भन्ने कुरा नेपाली जनताले बुझ्ने गरि बाहिर  आएकाे छ।

याे ब्यवस्था र ब्यवस्था सञ्चालकहरु नफेरीदासम्म  न त  नेपालीकाे न्यायकाे संभावना हुनेछ न त जनताको राज्य आउनेछ । किनभने याे त दलाल राज्यब्यवस्था हाे । जनताबाट  निर्बाचित भएर जनतालाई  नै लुट्ने ब्यवस्थालाई दलाल राज्य ब्यवस्था भन्दछन। यो ब्यवस्था नै आज नेपालमा चलीरहेकोे कारणले गर्दा नेपालका सम्पूर्ण जनताले  दुख पाएका छौं ।

दलाल राज्य ब्यवस्थाको नीति भनेको आत्मनिर्भर होईन कि  परनिर्भर भएर बस्ने हुन्छ ।त्येति मात्र होइन आफ्नो देशको उत्पादन भन्दा अरुदेशको उत्पदन ल्याएर  खाने, आफ्ना देशका सम्पूर्ण नदीनाला, उधोग, कलकारखानाहरु बिदेशी  दलालहरुलाई सुम्पने र त्यो देशको दलालहरुलाइ सम्पुर्ण  चिज दिएर खुसी बनाउने र जनताहरुको बारेमा, देशको बारेमा केही पनि नसोचेर बिदेशी दलालहरुलाई देशका जनता भन्दा ठूलो सस्कार गर्ने र ठुलठुला रास्ट्रधाती सन्धिसम्झौता गरेर देशलाई परनिर्भर बनाउने दलाल संसदीय ब्यवस्थाकाे नीति भएको कारणले  आज नेपालमा राज्यसत्ता र नेपाली जनताहरुको बिचमा सम्बन्ध बिग्ररिएकाे हो। यसलाई  सुधार्ने हो भने दलाल संसदीय ब्यवस्थाकाे अन्त्य र बैज्ञानिक समाजवादी ब्यवस्थाकाे बारेमा नेपाली जनताले सहि समाधान दिनका निम्ति ब्यवस्था हाेईन कि अवस्था  फेरे पुग्छ भन्नेहरूलाई हाेईन  ब्यवस्था नै खराव भन्ने दल र पार्टीलाई साथ दिनुपर्छ।

त्यसकाे लागि दलाल  राज्य ब्यवस्था हाेईन कि नेपाली  जनताकाेआफ्नै राज्य ब्यवस्था- बैज्ञानिक समाजवादी  ब्यवस्था ल्याउने  त्यो महान अभियानमा लाग्नु पर्छ र  दलाल संसदीय राज्य ब्यवस्थाकाे भ्रममा लाग्नु हुदैन भने कुराआज नेपालकाे  राजनीतिक संकटले देखाइदिएकाेछ। किनकी  दलाल राज्य ब्यवस्था र दलाल सत्ता भनेकाे नेपाली जनताको हाेईन रहेछ भन्ने  कुरा  चुनावी गठबन्धन देखि रास्ट्रपति चुनावसम्म नेपालका संसदवादी दलहरुको राजनीतिक खेलहरुले प्रमाणित गरिसकेको  कारणले गर्दा राज्य र जनताहरूकाे सम्बन्धमा संकट आएकाे हाे। याे समस्या र संकटलाई हलगर्न अब हामीहरू दलाल संसदीय पुँजीवादी राज्य सत्ता हाेइन कि बैज्ञानिक समाजवादी राज्य सत्ता निमार्णकाे अभियानमा लाग्न आजकाे एक मात्र बिकल्प देखिन्छ । देश र जनताको बारेमा काम नगर्ने दलाल पुँजीवादी ब्यवस्थाकाे भन्दा सयौं गुणा बैज्ञानिक समाजवादी ब्यवस्था राम्रो हुन्छन भने कुरा विश्वमा काेभिड  महामारीमा स्पस्ट हुन पुग्यो।

यी माथिका राजनिती ,आर्थिक ,सास्कृतिक संकटहरू अहिलेकाे दलाल पुँजीवादी संसदीय ब्यवस्थाबाट गार्‍हो छ।  र बिदेशीहरूकाे हष्तक्षेपकाे अन्त्य सम्भव छैन।बैदेशिक हस्ताक्षेप अन्त्य गर्न र जनताकाे आफ्नै ब्यवस्था बैज्ञानिक समाजवादी ब्यवस्थाले मात्र गर्न सक्छ ।  त्यो भनेकाे एकीकृत जनक्रान्तिकाे कार्यदिशा र नेपाल  कम्युनिस्ट पार्टीको नेतृत्वले मात्र पूरा गर्न सक्छ।

 आत्मनिर्भर उत्पादन प्रणाली र अर्थतन्त्रको विकास

जुन नेताले समय र गतिलाइ बुझेकाे हुन्छ, त्यो नेताले  आफ्नो देशकाे उत्पादन प्रणाली र अर्थतन्त्र बिकासको गतिकाेबारेमा बुझेकाे हुन्छ।जुन देशकाे नेताले  समय,गति,श्रमसंग आफ्नो जीवनलाई बुझेका हुन्छन ति नेताहरूले मात्र आत्मनिर्भर उत्पादन प्रणाली र अर्थतन्त्रको बिकासकाे नियमलाई  बुझ्ने गर्दछन।आत्मनिर्भर उत्पादन प्रणाली र अर्थतन्त्रको बिकासकाे नियमलाई बुझ्ने नेताहरूले आफ्नो देश आत्मनिर्भर बनाउने योजनाको  कामलाई आफ्नो दैनिकीमा हालेर देशलाई अगाडि बढाउने पनि गरेका हुन्छन् ।
जुन नेताले समय र गतिलाई बुझेको हुदैन तिनिहरूले आत्मनिर्भर उत्पादन प्रणाली र अर्थतन्त्र बिकासकाे कुरै  छाेडाै  स्वयम आफ्नो जीवनलाई पनि बुझेका हुदैनन् । आत्मनिर्भर होइन कि परनिर्भर भएर बसेका हुनछन ।अर्को शब्द पयाेग गर्ने हाे भने बिदेशीका दास या भिख मागुव भएर बसेका हुन्छन् ।

जुनदेश आत्मनिर्भर हुन्छ त्यो देशलाई स्वाबिबेकी तयारीका साथ आफ्नो दैनिकी र योजनामा कुनै बाधा अबरोधहरू प्राय कमै आउने गर्दछन। जुन देश र देशका नेताहरू परनिर्भर भएर बसेका हुन्छन् तिनीहरूलाई दैनिकी रूपमा हरेक खालका समस्यहरु कुनै न कुनै रूपमा आएकै हुन्छन्।  देशको काम र योजनामा स्वतन्त्र हुने बाताबरण नै हुदैन  बरू अरूदेशका कमार ( दास) भएर बस्नुकाे बिकल्प भन्दा अरू हुन‌ सक्दैन ।यो कुरा देशमा मात्र होइन कि त्यो  देशका जनतामा पनि लागू हुन्छ। अनि देश र जनतामा लागु भएपछि राज्य सत्तामा पनि लागू हुन्छ र देश बिकाश  होइन कि विनासकाे प्रक्रियामा अगाडि  बढेकाे हुन्छ। खाने गाँस देखि बस्ने बाससम्म सम्पूर्ण कुराहरूमा परनिर्भर भएर बस्नुपर्ने बाध्यता हुन्छ  र त्यो देश सम्पुर्ण रूपले अरू देशकाे अधिननायकत्वमा बस्नुकाे वुकल्प हुदैन।

यी माथि उल्लेखित कुराहरु हेर्दा सामान्य  तर नपत्याउने खालका पनि छन ।साच्चै आफ्नो जीवनकाे दैनिकी र आजको नेपाली  राजनीतिलाई हेर्दै जानुभयो भने आत्मनिर्भर उत्पादन प्रणाली र अर्थतन्त्रको बिकास गर्ने अवसर ,समय र  नेपालमा आएको राजनिक,आर्थिक सास्कृति संकटलाई मिलाएर जाेड्नु भयो भने   याे समस्याको समाधान के अहिलेकाे दलाल संसदीय   हुन्छ र ? यो कुरा जुनदेशले बुझेको हुन्छ, त्यो देशले प्रगति गरेर अगाडि जान्छ जुन देशका नेताहरूले बुझेका हुदैन ती देशहरू लाेप भएर हराएका हुन्छन् भन्ने उदाहरणहरू धेरै छन यो कुरा विश्वमा पनि पाइन्छन् । हाम्रो देश नेपाल नजिकै  सिक्किमको इतिहासलाई हेर्दा हुन्छ।नेपालमा पनि बिदेशीकाे खेलमैदान हुदैछ भन्ने कुरामा सम्पूर्ण नेपाली जनताले  बुझ्न आवश्यक देखिन्छ ।

बैज्ञानिक समाजवादी राज्य ब्यवस्था आजको आवश्यकता
बैज्ञानिक समाजवाद  मानव जातिलाई बर्गबिहिन,जातिबिहिन,रास्ट्रबिहिन,धर्मबिहिन, स्वतन्त्र,समान, शान्त ,बैज्ञानिक र समृद्ध दुनियाँमा पुर्‍याउने मानव सभ्यता हो । बैज्ञानिक समाजवादी  बिचारधारा अकाट्य  बिज्ञाअका तथ्यहरू सहित उन्निसौ शताब्दीमा संसार हल्लाउँदै उदय भएकाे ब्यवस्था हाे। आज बैज्ञानिक समाजवादका बिरूद्व ककर्स हल्लाहरु फैलिरेदै छन भने त्यो हल्ला पछाडी  आज पनि पुँजीवादी मात्र होइन  कि कैयौं नक्ल्ली कम्युनिस्ट दलाल संसदीय भासमा  चुर्लुमै डुबेका हरूले पनि यो  हल्ला फिजाउदै श्रमिक बर्गलाइ भ्रम पार्दै आएका छन।

उपहास,भ्रम,आतंककाे छायामुनी सम्राट पाेप र मालिकहरूलाई स्तब्ध पार्दै बैज्ञानिक समाजवादी सत्ता एक मात्र बिकल्प हाे भन्नेकुरा नेपाली राजनीतिमा देखिदै आएको छ।यो आज मात्र  हाेईन कि माक्स एङगेल्सकाे समयदेखि आजसम्म बैज्ञानिक समाजवाद -साम्यवादी राज्य ब्यवस्थाकाे जनताको राज्यब्यवस्था हाे भने कुरामा कुनै  भ्रम छैन तर पनि आउदैन किन? यसकाे बारेमा  आज नेपाली  राजनितीमा बहस गर्न आवश्यक छ। बैज्ञानिक समाजवाद- साम्यवादी राज्य ब्यवस्थाकाे क्षेत्रमा सबैभन्दा महत्त्वपुर्ण र प्रमुख अनुसन्धान नै बैज्ञानिक साम्यवाद हाे। बैज्ञानिक साम्यवाद आजसम्मका मानव समाज र सभ्यताहरूकाे उच्चतम एबम उत्कर्षकाे संस्लेषण हाे। यो यस्तो परिकल्पना हाे जसलाई झटहेर्दा एक आदर्शवादी स्वप्न,कल्पना जस्तो  महसुस हुन्छ  तर यो  त्यस्तो काल्पनिक या आदर्शवादकाे कल्पना हाेइन  जाे सिर्फ  काल्पनिक मनाेकाङक्षाकाे मन्त्रद्वारा निर्देशित हुन्छ। बरू यो यस्तो बैज्ञानिक र बस्तुवादी परिकल्पना हाे, जाे हजारौं तथ्यहरूद्वारा परिस्कृत भएकाेछ र एक बैज्ञानिक प्रतिबिम्बकाे रूपमा अभिब्यक्त भएको छ। याे ब्यवस्था नै जनताको ब्यवस्था -बैज्ञानिक राज्य ब्यवस्था हुन्छ।
बैज्ञानिक समाजवाद भनेकाे कम्युनिस्ट समाज हाे ।कम्युनिस्टकाे अर्थ  समुहिक भने हुन्छ ।कम्युनिस्ट समाज भनेको यस्तो समाज हाे जसमा सबै मानिसहरू मिलिजुली सामुहिक श्रम गर्दछन याे ब्यवस्थालाई बैज्ञानिक समाजवादी राज्य ब्यवस्था भन्दछन।

बैज्ञानिक समाजवादी राज्य ब्यवस्थामा प्रत्येक ब्यक्तिले आफ्नो  याेग्यता अनुसारको काम र काम अनुसारको  दाम  पाउने जनताको राज्य ब्यवस्थालाई बैज्ञानिक समाजवादी ब्यवस्था भन्दछन।आज नेपालमा  दलाल राज्य ब्यवस्थामा रहेका लेखनदासहरू बैज्ञानिक समाजवादकाे बिरूद्वमा लेख्दैछन किनभने तिनीहरू  पुँजीवादका नाइके र दलाल राज्यव्यवस्थाका लेखक र पुँजिवादका लम्पटहरू भएकाे कारणले बिराेध गर्दछन ।तिनीहरूलाई  याे कुराकाे ज्ञान छ कि दलाल पुँजीवाद र पुँजीवादी राज्य ब्यवस्थाकाे बारेमा लेख नलेख्दा आफू र आफ्नाे  लेखनशौलीकाे अन्त्य हुन्छ भन्ने डर हाे या पुजीवादका लम्पट नै भएकाले हाे भन्ने कुरा भाेलि प्रमाणाित हाेला।अर्को कुरा बैज्ञानिक समाजवाद साम्यवादी राज्य ब्यवस्थाकाे बारेमा माक्स देखि आज सम्मका कम्युनिस्ट पार्टी र पार्टीका  नेताहरूले धेरै लामा -लामा ब्यख्या गरेका छन तर  यसलाई बैज्ञानिक समाजवादी सत्ता र राज्य ब्यवस्थामा रूपान्तरण  गर्न सकेका छैन्नन ।

यसले गर्दा पनि पुँजीवादीहरूका ती लम्पट लेखकहरूले बैज्ञानिक समाजवादकाे बिरूद्व लेख लेखने माैका पाएका छन।यसकाे बारेमा नेपालका प्रगतिशील ,रास्टवादी युवाहरूले धेरै लेख लेखेर  बैज्ञानिक राज्य ब्यवस्था र एकीकृत जनक्रान्तिले मात्र  आज नेपालकाे सहि राज्य ब्यवस्था ल्याउन सक्छ  भन्ने कुराकाे निष्कर्ष निकाल्नु पर्दछ। त्यो भनेकाे संन १८२४ काे ब्रिटेन, फ्रान्स ,जर्मनी ,आदिका काल्पनिक समाजवादीहरू ओवेन,फुरिय,साइमनहरूले शासकलाई खुशी पार्न अपनाएकाे काल्पनिक समाजवाद शान्तिपूर्ण तरिकाले ल्याउन सकिन्छ भन्ने  नेपालका नक्कली कम्युनिस्ट बिचारकाे लेखहरू हाेइन कि मार्क्स एङगेल्सले सन १८४८ काे घाेषणा पत्रमा लेखेको बैज्ञानिक समाजवादी राज्य ब्यवस्था आज नेपालमा अनिवार्य भएकाेछ भने लेखहरू लेख्न आवश्यक देखिन्छ । त्यो भनेको दलाल संसदीय ब्यवस्थाकाे अन्त्य र बैज्ञानिक समाजवादी राज्यब्यवस्था नै जनताकाे ब्यवस्था हाे। 

आज नेपालमा मात्र हाेईन कि  बिश्वमा नै आवश्यक देखिन्छ ।किनभने जुन ठाउँमा दलाल संसदीय ब्यवस्था छ ती देश  हरेक हिसाबले असफल भएका छन ।यो  किन असफल भन्ने कुरा   संसदीय ब्यवस्थालाई  संन१९५६ मा गद्दार खुश्चचाेभले दलाल संसदीय ब्यवस्था मार्फत बैज्ञानिक समाजवाद  ल्याउन सकिन्छ भन्दै विश्वकाे कम्युनिस्ट समाजवादी आन्दोलनलाई भ्रष्टिकरण गरेर श्रमिक बर्ग र क्रान्तिकारी  जनतालाई राज्य सत्ताबाट अलग राखेर बलप्रयाेगबाट  हाेईन कि शान्तिपूर्ण तरिकाले  ल्याउन सकिन्छ भन्दै साम्राज्यवादी र दलाल पुँजीवादीसंग सहकार्य गरेर सत्ता निर्माण  गर्न सकिन्छ  भन्ने  भ्रम ल्याएको कुरा आज  नेपालका कम्युनिस्ट पार्टीहरू पनि मुक्त हुन सकेनन् र जनताको  बल प्रयोगबाट पुरानो सत्ता ध्वङ्स र नयाँ  सत्ता/ जनताको  बैज्ञानिक समाजवादी सत्ता निर्माण सकिदैन भने नकारात्मक सोच भएका कम्युनिस्ट धेरै भएको कारणले पनि नेपालकाे राजनीतिमा संकटआएको हाे।

सहि राजनीतिक नेतृत्व

नेतुत्व भन्बे बितिकै सबै भन्दा राम्रो र राष्ट्र तथा जनताकाे लागि काम गर्ने  राजनीतिक  नेतृत्व गर्न सक्ने सबैकाे  नेतालाई  सहि राजनितिक नेतृत्व भन्दछन। नेतृत्वकाे परिभाषा धेरै छन र हाेलान पनि मुख्य  गरेर विश्वमा दुई  प्रकारका नेतृत्वहरू हामिले सुनेका र देखेका छौं ।

 पुँजीवादी नेतृत्व: पुँजीवादी नेतृत्व भनेको पुँजिपति बर्ग र पुँजीवादी चेतनाबाट परिचालित भएको सारा संसारका सम्पूर्ण बस्तु आफ्नो अधिनायत्वमा राख्ने  र शाेषण- दमन, अन्याय, अत्याचार गर्ने र बिश्वका जनताकोबारेमा हाेईन कि आफ्नो बारेमा  जे पनि गर्न तयार हुने र नीजी स्वामित्वमा रमाउने  पुँजीवादी ब्यवस्थालाई आफ्नो ब्यवस्थामा  सिमित  केही मान्छेहरूकाे अधिनायकत्वमा राखेर  सिङ्गै विश्व नियन्त्रण गरेर ब्यक्ति बिशेष नीति बनाएर चलाउन खाेच्ने नेतृत्वलाई पुँजीवादी नेतृत्व भनिन्छ। यो नेतृत्वले शान्ति हाेईन दन्द्व रूचाउने , जनतालाई अधिकार हाेईन दमनमा राख्ने, नीति निर्माण गर्दा जनताको पक्षमा हाेईन कि केही पुँजीपति बर्गकाे हित र बिदेशी दलालहरू खुसि पार्ने नीति निर्माणकार्यमा रूचाउने नेतृत्वलाई पुँजीवादी नेतुत्व भनिन्छ ।

जस्तै सिक्किमकाे ल्यण्डुप दोर्जे,युक्रेनका जेलेनेस्कि ,नेपालका नयाँ भनिने दलहरू जस्तै, रबि, ज्ञानेन्द्र ,गंगन जस्ता किनभने  कुरा रास्ट्रियता  धेरै गर्ने तर काम चाहिँ बिदेशी दलालहरूकाे गर्ने र देश बेचेर आफ्नो देशलाई दलाल पुँजीवादीहरूलाई दिने र देश र जनतालाई  अरूकाे मजदुर दास बनाएर राख्ने  नेतुत्वहरूलाई पुँजीपति नेतृत्व भन्दछन।
 सर्वाहारा बर्गकाे नेतृत्व: सर्वहारा बर्गकाे नेतृत्व भन्नाले गरिखाने श्रमिक ,किसान, मजदुर, मध्यम बर्गकाे आफ्नै राज्य सत्ता निर्माण गरेर बैज्ञानिक समाजवादी  ब्यवस्थामा  लैजाने नेयृत्वलाई सर्वहाराकाे नेतृत्व भन्दछन। खासगरेरआज बिश्वकाे राजनितीमा दुईवटा धारमा आगाडी आईरहेकाे परिबेशमा  बिश्वले सर्वहाराबर्गकाे सहि नेतृत्व खाेजिरहेको र भुमण्डलिकृत पुँजिवादले सर्वहारा  -श्रमिक बर्गलाई नयाँ तरिकाले दास बनाउन खोजिरहेको राखेको  बेला    सर्वहारा  बर्गकाे २१ औं शताब्दी र श्रमिक बर्गकाे बैज्ञानिक समाजवादी राज्य ब्यवस्था स्थापना  गरेर पुँजिवादका हरेक चुनाैतीसंग लडने साहस गर्ने नेतृत्वलाई सर्बहारा बर्गकाे सहि नेतृत्व गर्न सक्ने नेतृत्वलाई सर्बाहाराबर्गकाे  नेतृत्व भन्दछन।

नेतुत्व भनेकाे राष्ट्र र जनताकाे हित हुने ,राष्ट्रियताका हरेक चुनाैतिकाे सामना गर्न सक्ने सहि र सहासिक बिषय हो ।याे  नेतृत्व आज नेपालमा छ त्यो भनेकाे एकीकृत जनक्रान्ति र  बैज्ञानिक समाजवादी राज्य ब्यवस्था एक मात्र जनताकाे  ब्यवस्था हाे, दलाल संसदीय ब्यवस्था हाेइन र हुन सक्दैन  भन्ने नेतृत्व हाे  ।त्यो  भनेकाे एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवादी राज्यब्यवस्था ल्याउने उदेश्य र लक्ष्यमा दृढ रहेकाे नेतृत्व हाे। यसकाे नेतृत्व नेपाल कम्युनिस्ट पार्टी र यसका महासचिव बिप्लव सी काे नेतित्व नै हाे ।किनभने  अब नेपालमा पटकपटक असफल भएकाे दलाल संसदीय पुँजीवादी राज्य ब्यवस्थाबाट  हाेईन कि नेपाली जनताको  आफ्नै राज्यव्यवस्थाले मात्र सहि समाधान दिन सकिन्छ भन्ने कुरा प्रमाणित भएको छ।
२०८० असार २५


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।