११ श्रावण २०८१, शनिबार

जीवनको उकाली–ओरालीमा भुजेल बा !

0

इतिहासको निर्माता श्रमजीवि जनता हुन् । तर सामन्ती तथा दलाल पुँजीवादी शासन व्यवस्थाले कहिल्यै जनताको योगदान र इतिहासलाई स्थापित गरेन । नागरिक स्तरमा पनि उचित ध्यान दिइएको छैन । अग्रजका योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन लिपिबद्ध गर्ने काम व्यवस्थित छैन । जसको कारण कैयौं श्रमजीवि जनताले देश, जनता र समाजको लागि गरेका त्याग, तपस्या र बलिदानका वीरताका गाथा उनीहरूको मृत्यु पश्चात् विस्मृतिको खाड्लमा पुरिंदै जान्छन् । केवल राजा–महाराजाका कथा–व्यथा र स्तुतीगानको मात्र जगेर्ना गर्ने गरिन्छ । के यो संसारको (इतिहासको) निर्माण राजा महाराजाले गरेका हुन त ? यस विषयमा कवि बर्टोल्ड ब्रेख्त भन्छन्–
थोब्स सहरका सातद्वार
कसले बनायो ?
किताबका पानाहरू भरि त
राजाहरूको नाम छ ।
के राजाहरूले नै ती खस्रा
बडे–बडे ढुङ्गाहरू उचालेर ल्याए ?
र, बेबिलोन जो धेरै पटक नष्ट भयो
कसले पटक–पटक निर्माण गरिदियो ?
(झेल्खाना, अनिल शर्मा)
कार्ल माक्र्सले ‘इतिहासको निर्माता जनता हुन्’ भन्नुको अर्थ यसैमा निहित छ । श्रमजीवि जनताले जिजु–बाजेको त कुरै छोडौं बाजेको नाम समेत थाहा नपाउने हुनाले तीन–पुस्ते उल्लेख गर्नुपर्ने स्थानमा कैयौले बाजेको नाम उल्लेख गर्न नसक्ने अवस्था छ । उपरोक्त जनविरोधी कुलिन वर्गीय संस्कृतिको विरुद्ध हाम्रा अग्रजहरूका योगदानहरूको उच्च सम्मान गर्नु, उहाँहरूको सेवा गर्न र श्रद्धा प्रकट गर्न हामीले नयाँ साँस्कृतिक अभियान प्रारम्भ गर्नु आवश्यक छ । अग्रजहरू जीवित रहँदासम्म भौतिक, साँस्कृतिक र भावनात्मक रुपले सेवा गर्ने र मृत्यूपश्चात् उहाँहरूको श्रद्धा, सम्मान र स्मृतिमा अक्षय कोष निर्माण गरेर स्मृति–तत्वलाई समाजसेवा मार्फत निरन्तरता दिने उद्देश्य राखिएको छ । त्यही उद्देश्य र जीवनलाई सवल बनाउँदै जाने सोचसहित प्रारम्भिक लेखोट प्रस्तुत गरिएको छ । यहाँ हाम्रो पार्टीका स्थायी समिति सदस्य तथा चर्चित गोर्खा जेलबे्रक की नेतृत्वकर्ता क. उमा भुजेल ‘शिलु’का बुवा कमानसिंह भुजेलको संक्षिप्त जीवन–कथा प्रस्तुत गरिएको छ ।
कमरेड कमानसिङ भुजेलको जन्म आमा भद्र कुमारी र बुबा हिरालालको कोखबाट वि.सं १९९० साल असोज १५ गते अजिरकोट–३, (साविक हंसपुर गाउँ पञ्चायत–४) काफल डाँडा, गोरखामा भएको थियो । कमान सिंङको बाल्यकाल अभाव र गरिबीमै बित्यो । ग्रामिण बालबालिकाको बाल्यकाल रन–वन, घाँस–दाउरा, गाई–बाख्रा चराएरै बित्छ, उहाँको पनि त्यसरी नै बित्यो ।
भुजेल समुदाय राणाकालमा दास प्रथा झेल्दै थिए । भुजेलहरूलाई ब्राम्हण–क्षेत्री तथा दरबारियाले डोला बोक्ने (बेहुला–बेहुली बोक्ने) काम लगाउँथे । त्यसै भएर होला भुजेलहरू देशभरी छरिएर रहेका भए पनि उनीहरूको घना बस्ती छैन । युवा उमेरमा पुगेपछि कमान सिङले कमारो बस्न अस्विकार गर्नुभयो । त्यसपछि सिकर्मी पेशा गर्नुभयो । स्मरणीय छ, १९९० वरपर नै काफल डाँडाका ब्राम्हणहरू ‘हलो जोत्ने विद्रोह’ चलाएका थिए । उसबेला बाहुनले जोत्यो भने जात जान्छ भन्थे । उहाँले आफ्नो स्वामित्वमा भएको केही जग्गामा खेती र सिकर्मी पेशा गरेर जीवन चलाउनु भयो । उहाँले राणाकालमा नै कमारा–कमारी प्रथाको विरुद्ध चलाएको विद्रोह उनका सन्तानमा उत्तरदानको रुपमा प्रवाहित भएको देखिन्छ । नेपालमा चन्द्रशम्शेरले दास बेदखल (अमलेख) गरे पनि व्यवहारमा दासप्रथा कायमै थियो । हली, हरूवा, चरवा, भन्सेर्नी, कमैया, घरेलु श्रमिकआदि नाममा दास प्रथाको अवशेष अझै देखिन्छ ।
१७ वर्षको उमेरमा उहाँको विवाह गर्भ कुमारीसँग भयो । उहाँको ५ छोरी र २ भाइ छोरा मध्ये जेठी छोरी कुमारी भुजेलको मृत्यु भइसकेको छ । उहाँकी कान्छी छोरी उमा भुजेल ‘शिलु’ नेकपाकी स्थायी समिति सदस्य, पूर्व सभासद तथा चर्चित गोर्खा जेलब्रेककी नेतृत्वकर्ता हुन् । जेठी छोरीका छोरा, नाती विष्णु भुजेल नेकपाका केन्द्रीय सदस्य छन् । जेठो छोरा गंगाबहादुर (शिक्षण पेशामा), कान्छा छोरा वृखबहादुर (पूर्व सैनिक) र छोरीहरू दिलमाया, फूलमाया, चिनी माया हुन् । पाँच वटी छोरी र दुई छोराका बुबा कमानसिङले आफू निरक्षर भए पनि छोराछोरीलाई अध्ययन गराउनु भयो । क. शिलु गोरखा क्याम्पसमा अध्ययन गर्दागर्दै जनयुद्धमा पूर्णकालीन कार्यकर्ता बन्नुभयो । बुबाले आफूसहित छोराछोरीलाई न्यायको लागि लड्न प्रेरित गर्नुभयो । सम्पूर्ण परिवारले जनयुद्धमा भूमिका निर्वाह ग¥यो । सेना–प्रहरीको यातना र अपमान खेप्यो ।
कमानसिंङ जनयुद्धको समयमै माओवादी पार्टीको पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँले २०४६÷०४७ सालको जनआन्दोलनमा भाग लिनुभयो । २०४६ सालपछि बनेको काङग्रेसी सरकारले जनतामाथि गरेको राज्य आतंकको विरुद्ध सङघर्ष गर्नुभयो । काङ्ग्रेसीहरूले २०४८ सालमा उहाँलाई मरणासन्न हुने गरी कुटपिट गरे । तर उहाँले आत्मसमर्पण गर्नु भएन, राज्यको आडमा गरिएको दमनको विरुद्ध लडिरहनु भयो । महान् जनयुद्धको समयमा पनि प्रहरी र शाही अमेरिकी सेनाको यातना भोग्नुप¥यो । शाही सेनाको यातनाले पनि उहाँको आस्था छोडाउन सकेन ।
 ९० वर्षसम्म स्वभीमानको प्रेरक अभिभावकत्व गरेर २०८० बैशाख ७ गते साँझ ७ः१५ बजे उहाँ भौतिक रुपमा हामी सबैबाट बिदा हुनुभयो ।
 बैसाख ८ गते भौतिकवादी–कम्युनिस्ट संस्कारअनुसार भरतपुर महानगर पालिका–२४, उन्नती टोलमा छोरीहरू उमा भुजेल, अनिता भुजेल र दुई छोराहरू, भाई भीमसेन, विजय, जनप्रतिनिधी राम गोदार र नेकपाका स्थायी समिति सदस्य अनिल शर्मासहितको शोकाकुल आफन्त जनहरूले धार्मिक स्थल देवघाट (त्रिशुली र काली गण्डकीको दोभान) मा पार्टीको रातो झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरे ।
बुवा कमानसिङको स्मृति र सम्मानमा बैशाख १५ गते उहाँको निवास रहेको भरतपुर महानगरपालिका–२४, उन्नती टोलमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यमा भव्य शोक–सभा सम्पन्न गरियो । काका भीमसेन, छोरी उमा, संस्कृतकर्मी प्रेम रिमाल र महासचिव विप्लवले बुवाको स्वाभिमान र योगदानको उच्च मुल्याङ्कन गर्दे उहाँको विचारहरू सँधै अङ्गिकार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जनपत्रिका मासिक परिवार ग्राम–पिताप्रति हार्दिक सम्मान र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दछ ।
स्राेत: जनपत्रिका तेस्रो अंकमा प्रकाशित


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।