११ श्रावण २०८१, शनिबार

यातायात मजदुर संघ ललितपुरको सातौं जिल्ला भेला सम्पन्न

२१ सदस्यीय समिति चयन

0

२५ असार ,ललितपुर /अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघ अन्तरगतको पेशागत घटक अखिल नेपाल यातायात मजदुर संघ ललितपुरको सातौ जिल्लाभेला सम्पन्न भएको छ।
सोमबार सम्पन्न जिल्ला भेलाले बिनोद चौधरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको हो।
सुनिल थिङको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन सुनिता दुलालले गरेकि थिइन भने उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जीवन्त सीको प्रमुख उपस्थिति हुनुका साथै अतिथि मिना सी र अखिल नेपाल क्रान्तिकारी ट्रेयुनियन महाँसंघका केन्द्रीय उपाध्यक्ष नारायण सी केन्दिय सदस्य द्वय लालबहादुर सि र दिनेश सीको उपस्थिति रहेको थियो ।

उक्त जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य जीवन्त सीले पुरानो मक्किसकेको संसदीय ब्यबस्था नभई अबको बाटो बैज्ञानिक समाजवाद स्पस्ट भएकोले देश त्यतातिर डोरिरहेको बेला सम्पुर्ण मजदुरको मुक्तिका लागि मजदुर क्रान्तिमा कटिबद्ध नेताकार्यकर्तालाई क्रान्तिकारी मजदुर अभियानमा लाग्न अपिल गर्नुका साथै बैज्ञनिक समाजबाद बिना मजदुरको हक र पुर्ण अधिकार प्राप्त नहुने बताए ।

बिगत र परापुर्वकालका बृहत् मजदुर आन्दोलनका साथै दशबर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र एकीकृत जनक्रान्तिबाट थप प्रेणा लिदै र गौरबपुर्ण मजदुर आन्दोलनको ईतिहासलाई थप रुपान्तरण गर्दै नेपाली मौलिकतामा मजदुर आन्दोलनलाई बिकास गर्नुपर्नेमा प्रमुख अतिथि जीवन्तले जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।