१२ पुष २०८१, शुक्रबार

मानवीय जीवन,श्रम र अर्थतन्त्र

0

श्रम मानवद्धारा गरिने काम हो । जीवन श्रमद्धारा संरक्षित पृथ्वीको विकसित रुप हो । कृषि सम्पुर्ण अर्थतन्त्रको जननी हो । यसलार्य हामीले सजिलै गरि वुझ्न जस्तो एउटा वच्चा जन्मीन आमाको कोख चहिन्छ आमाको कोखमा मानव भ्रुणको विकास हुन्छ । आमा श्रम हो र पेटमा हुर्केको भ्रूण जीवन हो । श्रम मानव द्धारा सृजना हुन्छ र अर्थतन्त्रको निर्माण हुन्छ । त्यो अर्थतन्त्रले मानवको सेवा गर्ने हुनुपर्दछ । पुँजीवादी अर्थतन्त्रले धनि र केही मुठ्ठीभर सामन्तहरको मात्र सेवा गर्दछ । सम्पुर्ण मानवजातीको सेवा गर्नको लागि समाजवादी अर्थतन्त्रको आवश्यकता पर्दछ । समाजवादी अर्थतन्त्र वैज्ञानिक समाजवादले पैदा गर्दछ ।

मानव जीवन,श्रम र अर्थतन्त्र एकअर्काका परिपुरक हुन । जव यो धर्तिमा मानव जातीको जन्म भयो त्यतिवेला देखि नै श्रमको जन्म भएको पाईन्छ । मानव जीवन श्रमको काखमा हुर्केको हुन्छ, श्रमको मुख्य श्रोत मानव हो भने अर्थतन्त्र मानविय श्रमले फुलाएको सुन्दर फुल हो । मानिसले श्रम गर्दछ र मानविय श्रमले सवल अर्थतन्त्रको निर्माण गर्न मदत गर्दछ ।यदि मानव र श्रमविचको समन्वय हुदैन थियो भने अर्थ तन्त्रको जन्म सम्भव थिएन । सवल जनपक्षिय अर्थतन्त्रविना यो पृथ्वीमा मानव सभ्यताको अस्तित्व सम्भव थिएन । कुनै एउटाको अस्तित्वविना अर्काको विकास र संरक्षण सम्भव छैन ।

वाच्नको लागि जति अक्सिजन आवस्यक छ त्यति नै मानव र सभ्यता विकासको लागि श्रमको आवश्यकता छ । वाच्नको लागि खाना चाहिन्छ। खाना मानवीय श्रमबाट सृजना हुन्छ र सवल अर्थतन्त्रको निर्माण हुन्छ । जमिनमा फल्ने अन्नवाली कृषि कार्यले पैदा गर्दछ । कृषि नै अर्थनन्त्रको आमा वा जन्मदाता हो । कृषि विना जनताको अर्थतन्त्र सम्भव छैन । जनताको आफ्नै अर्थतन्त्रविनाको राजनिति सम्भव छैन । आफ्नै अर्थतन्त्रविना स्वाधीन देश सम्भव छैन । स्वतन्त्र र आत्मनिर्भर देश वनाउन पार्टी कार्यकर्ता अनि जनता आफ्नै उत्पादनमा उभिएको हुनुपर्दछ । अर्काको श्रममा वाच्ने नागरिक,राजनीति र सिंगो देश गुलाम हुनु सिवाय अरु केहि हुदैन । अरुको श्रममा वाच्नु भनेको एकप्रकारको दासता र परनिर्भता हो,जसले गुलाम नागरिक जन्माउने काम गर्दछ ।

अर्थतन्त्रको जननि कृषि

नेपालमा झण्डै १८ खर्व ८८ अरव ४० करोड वजेट छ । वैदेशिक रिण २२ खर्व छ । विभिन्न नेपालीहरुको नाममा विदेशी वैङ्कमा जम्मा ४८ खर्व पैसा छ । यो सवै पैसा नेपाली जनताको मानवीय श्रमबाटट प्राप्त भएको हो । नेपाली जनताको श्रम चोरेर माफियाहरुले विदेशी वैङ्कमा पैसा थुपारेका छन । समाजमा जनताहरुले मुख्य गरि मानसिक र शारीरिक श्रम गर्दछन र सवल अर्थतन्त्रको विकास गर्दछन । सवल अर्थतन्त्रको जननी भनेको कृषि काम हो जुन देश कृषिमा आत्मनिर्भर हुन्छ, त्यो देशका जनता धनि र आत्मनिर्भर बन्दछन । कृषिकामले मानवको शारिरीक रुपमा स्वस्थ राख्न मदत गर्दछ । शारिरीक रुपमा स्वस्थ हुनु भनेको मानसिक रुपमा पनि स्वस्थ हुनु हो ।

कृषि काम गर्‍यो भने मानसिक र शारिरीक श्रमहरुमा अव्वल वन्न सकिन्छ र त्यो देश,समाज र राष्ट्रले सम्पन्नता प्राप्त गर्न सक्दछ । नेपालमा कृषि पेशालाई सवैले नराम्रो नजरले हेर्ने प्रचलन छ । कृषि कामवाट मानिसले थोरै र विस्तारै प्रगति गर्दछ । मानिसलाई थोरै मिहिनेतमा धेरै लाभ चाहिने भएकोले अहिले नेपालीहरुले दलाली गरेर,तस्करी गरेर,भ्रटाचार गरेर या विदेश गएर छिटो धनि वन्ने होडवाजी नै चलेको छ । यो होडवाजीले गर्दा नेपालको कृषि क्षेत्र चौपट भएको छ । नेपालका जमिनहरु वाँझै छन । युवाहरु विदेश पलाएन भएकाछन । केहि वचेखुचेका युवाहरु तस्करी र अनैतिक कामका सिकार भएर नेपाली जेलमा कैदहुन वाध्य भएकाछन । गाउँघरमा केही वुढापाका र केटाकेटीहरु मात्र छन । नेपालको विकास कसले गर्छ या कसरी हुन्छ ? यो आम चिन्ताको विषय बनेको छ ।

हामीले कृषिलाई सम्पुर्ण अर्थतन्त्रको जननीको रुपमा लिनुपर्दछ । कृषिले मात्र नेपालको अर्थतन्त्र विकासमा सहयोग गर्दछ । कृषिले नै आत्मनिर्भर जनता निर्माण गर्दछ । आत्मनिर्भ जनतावाट आत्म निर्भर पार्टी वन्दछ । आत्मनिर्भर पार्टीले मात्र आत्मनिर्भर देश वनाउन सक्दछ । स्वाधीन, आत्मनिर्भर र समृद्ध देश निर्माण गर्न पहिला आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्दछ । त्यसको मुख्य जगको रुपमा काम गर्ने भनेकै कृषिले गर्दछ । जुन देश कृषिमा अव्वल हुन्छ त्यो देश नै वास्तवमा स्वाधिन वन्दछ । हामीले यो देशको कृषि क्षेत्रलाई विकास गर्न सुरु गरेका छौं । त्यो पनि हामीले हाम्रो पार्टीकै पहलमा सुरु गरेका छौं । यसको उदेश्य कृषिवाटै नेपाली जनताको प्रगति सम्भव छ भनि पुष्टि गर्नु हो ।

सवैको कृषिप्रति विश्वासको वातावरण तयार वनाई जनतालाई कृषि गर्न पहल गर्न या कृषि गरौं र अर्कासँग हात ढोसेर खाने मगन्ते जीवनवाट आत्मनिर्भर स्वावलम्वी जीवन निर्माणमा सवै जनतालाई सहभागी गराउन हामीले नेताकार्यकर्ता र जनतालाई कृषिमा सहभागि गराउँने नीति लिएका छौ । अहिले केन्द्रले४० विगाहा र व्युरो,जिल्ला गरि एक सय विगाहामा मौसमीवाली लगाउँने र आगामी दिनमा यसलाई विकास गरेर लैजाने स्पस्ट पार्टीको नीति छ ।

उत्पादन र आवश्यकताबिच अन्तरविरोध

हाम्रो कृषि निर्बाहमुखि छ । यसलाई आधुनिकीकरण गर्न जरुरी छ । नेपालमा हाम्रा वाजेको पालामा स्थापना भएको उत्पादन प्रर्णाली छ । हिजो १६ औं शताब्दीको उत्पादन प्रर्णाली र अहिले २१ औं शताब्दीको आवश्यकताबिचको अन्तरविरोघ छ । हाम्रो आवश्यकता अहिले मोवाईलमा रिचार्ज र इन्टरनेटको बिल तिर्नु पर्नेछ,स्कुल फी महंगो इन्धन,गाडी सर्भिस गर्नु पर्नेछ,महंगो धानको विउ मल किन्नुपर्नेछ,महंगो मल,ट्याक्टरले खेत जोत्नु पर्नेछ,नयाँ प्रविधिको प्रयोग गर्नु पर्नेछ तर उत्पादन प्रर्णाली खेत जोत्ने,साजो वनाउने या माते खेत खोजेर मौसमी वाली लगाउने, धान,मकै,गहुँ,कोदो उत्पादन गरेर अहिलेको आवश्यक्ता परिपुर्ति गर्न खोज्ने किसानको समस्या छ । जो हातिको मुखमा जिरा जस्तै भईरहेकोछ । आवश्यक्ताको १० प्रतिशत मात्र हल गर्ने खालको या लगानीको कैयौं प्रतिशत घाटा उत्पादन पद्धति रहेकोछ ।

अहिले जतिसुकै कुरा गरे पनि पुरानो उत्पादन पद्धतिले अहिलेको आवश्यक्ता पुर्ति गर्न असम्भव छ । हाम्रो पार्टीले देशैभरि गरेको सामुहिक उत्पादन कार्यले मानिसहरुलाई श्रमप्रतिको वितृष्णावाट जोगाउने र श्रमवाट नै हामी आत्मनिर्भर वन्न सक्छौं भन्ने सकारात्मक सोच पैदा गर्न सफल भएका छौं तर यहि उत्पादन पद्धतिमा हामीले भनेको जस्तो आत्मनिर्भर वन्न सक्दैनौ । हामीले यो पद्धतिलाई पुरै आधुनिकीकरण गर्न जरुरी छ । यो कृषिलाई हामीले मेसिनको प्रयोग गर्न जरुरी छ । नेपालमा कति खाध्यान्न आयात हुन्छ, त्यसको डाटा निकाल्ने र नेपालको खेतियोग्य जमिनमा मेसिनको प्रयोग गरेर ठुल्ठुला व्यावसायीक प्लटहरु तयार पारि खाध्यान्न उत्पादन गरेर राज्यको अरवौं अरव रुपयाँ नेपालमा नै रहने वातावरण वनाउँनु पर्दछ । त्यतिमात्र होई धनिधनाड्यहरुले खाने महंगो वास्मति धान,मार्सी धान, अरवपतिहरुले खाने वल्यकवेरी चामल पनि नेपालमै उत्मादन गरि भारु र डलर नेपालमा भित्र्याउने गरि उत्पादनलाई आधुनिकीरण गर्नु पर्दछ ।

पहाडहरुमा सनपाट र कोसेवाली, तराईमा धान,मकै,गहुँ,दाल,तेलहन र हिमालमा जडिवुटी तथा फलफुल उत्पादन गर्नु पर्दछ भौगोलिकता असुसार अन्नवाली र प्रशोधन उद्योगहरु निर्माण गरि पर्याप्त रोजगारिको सृजना गर्नुपर्दछ । भौगोलिक बिबिधता अनुसारको कृषि उत्पादनमा जोड दिनु पर्दछ । यसो भयो भने मात्र हाम्रो निर्वाहमुखि कृषि प्रर्णाली आधुनिकीकरण हुनेछ र हामीले संसारलाई खाध्यान्न,फलफुल,तरकारी,दाल,तेल र औषधि निर्यात गर्ने देश वनाउन सक्छौ । जनतालाई आत्मनिर्भर वनाउन सक्दछौ । जुन पार्टी र सरकारले यो गर्न सक्दछ त्यसैले यो देशको नेतृत्व गर्न सक्दछ । यो आट हाम्रा नेताहरुले गर्नैपर्दछ र यो कामको थालनी गर्नु पनि एउटा सकारात्मक कामको थालनिको रुपमा हामी सवैले लिनुपर्दछ । काममा लाग्नु पर्दछ ।
कृषि पेशाप्रति घृणाको कारण

किसानले कृषि उत्पादन गर्दछ र बजारमा लग्दछ । बजारमा अस्वस्थ प्रतिस्पर्धा छ । स्वस्थ प्रतिस्पर्धा गर्न र अस्वस्थ प्रतिस्पर्धा रोक्नको लागि हाम्रो नियमन निकाय छैन या जनपक्षिय सरकार छैन । पुँजीको चरित्र भनेको सानो पुँजीलाई ठुलो पुँजीले निल्ने खालको हुन्छ । साना किसान र पुँजीपतिहरुले समाजमा सँगै कृषि उत्पादन गर्दछन र धनि व्यावसायीले ६ महिना घाटा खाएर सस्तोमा सामाज वाजारमा लिने गर्दछ । जव गरिव व्यवसायीले ६ महिना घाटा खाएर वजारमा सामान प्रवाह गर्न सक्दैन र उसले कृषि पेशावाट हात धुन विवस हुन्छ र सानो व्यापारी कृषिवाट पलायन हुन्छ त्यस पछि धनि व्यावसायले ६ महिना लगेको घाटा १ महिनामा असुल गर्दछ ।

वजार एकलौटी धनी व्यावसायीको पकडमा जान्छ , उसले वजारमा एकछत्र राज गर्दछ । साना किसान पलायन र धनि व्यवसायी झाङ्गीने हुन्छ । यसले आम युवा व्यावसायीहरुमा कृषि कर्मप्रति नै घृणा पैदा हुन्छ ।अर्को नेपालमा स्वदेशी सामान किन्ने प्रचलन छैन । विषादी हालेकै भएपनि विदेशवाट आयातित तरकारी र फलफुल सस्तो पाएपछि त्यही सामान जनताको रोजाईमा पर्दछ । स्वोदेशी उत्पादन प्रयोग हुदैन जसको कारण स्वदेशी व्यावसायीहरुमा निराशा पैदा हुन्छ ।

हाम्रो देश कृषिप्रधान भएपनि कृषिमा पर्याप्त लगानी छैन,विमाले राम्रो काम गरेको छैन । राज्यवाट पाउँने अनुदान पनि वास्तविक किसानसँग जादैन । कागज मिलाएर खाने प्रचलन धेरै हावी छ । यसको कारण पनि यो पेशाप्रति घृणा जागाएको छ । दलाल पुँजीवादले चरम रूपमा लुट्ने काम गरेको छ । २० किलो रुपयाँ पर्ने टमाटर किसान देखि उपभोक्ता सम्म पुग्दा १२० रुपायाँ पर्न जान्छ । फाईदा न किसानले पाउँछ न उपभोक्ताले पाउछ । विचको १०० रुपयाँ मुनाफा विचौलिया दलालले खान्छ । दलालले न श्रम गर्छ न राज्यलाई कर तिर्छ विचमा बसेरै पाँच गुणासम्म मुनाफा लुटिरहेको छ ।

यो व्यवस्था नै दलालपुँजीवादीहरुको भएकोले यसलाई नियमन गर्ने कुरै भएन । दलालहरुको यति धेरै विगविगी छकी हामी सामान्य वसपार्कमा गयौं भने वसको टिकट काड्दा समेत झोला खिच्नेहरुको चर्तिकला देख्न सकिन्छ । आज जग्गाधनिले समेत आफ्नो जग्गा दलालविना वेच्न पाउँदैन । यो पंक्तिकारले काठमाण्डौमा रुम भाडा खोज्दा समेत दलाललाई ५००० सम्म पैसादिनु पर्‍यो। यो दलाली अहिले यति नाङ्गै भएर उत्रेको छकी व्यावसाय,सरकारी कार्यलय,तरकारी पसल,स्कुल कलेज,सङ्घसस्थाहरु, नेपालका राजनितिक दलहरु र सरकारमा समेत दलालीकै प्रभाव छ । वाहालवाला गृहमन्त्रि समेतलाई दलालहरुले खाएको घटनाले यसलाई थप स्पस्ट पार्दछ ।

अस्वस्थ प्रतिस्पर्धा,विदेशि सामानको बेरोकटोक र वढि प्रयोग,विचौलियाको विगविगीले नेपाली कृषि व्यावसायप्रति नै घृणा र वितृष्णा पैदा भएको छ । गउँघरमा किसानले कृषि पेशा छोड्ने क्रम वढिरहेको छ र कृषि पेशा गर्नेहरुले पनि दुईसय प्रतिशत भन्दा घाटा खाएर काम गर्न विवस भएका छन । कृषि गर्नेहरुको जीवन न सन्तोषजनक छ न कुनै सम्मान छ ।

समाधान

यो तमाम समस्याको समाधान गर्न पहिलो जनपक्षीय सरकार चाहिएको छ । जुन सरकारले वजारको कृषि उपजको एउटै मुल्य निर्धारण गरिदेओस्, अस्वस्थ प्रतिस्पर्धालाई नियमन गरेर त्यस्ता अस्वस्थ्री वजार वनाउने जो कसैलाई कडा भन्दा कडा कारवाही गरोस।दास्रो:विचौलिया प्रथालाई अपराध घोषणा गरि नियन्त्रण गरीयोस् र किसानवाटै प्रत्यक्ष कृषि सामानहरु उपभोक्ता कहाँ पुग्ने वातावरण तयार पारियोेस् ।

यसो भएमा किसान र उपभोक्त दुवैलाई फाईदा पुग्ने निश्चित छ । तेस्रो, विदेशी सामानको उपयोगमा भारी कर लगाइयोस र आयातीत बस्तु स्वदेशी उत्पादन भन्दा महंगो हुन जाओस । यसरी स्वदेशी सामानको उपयोगमा जनता आकर्षित हुने वातावरण बनाउनु पर्दछ । मल,सिंचाई,विउविजन पर्याप्त मात्रामा उपलव्ध हुनुपर्छ। कृषि वजेट छुट्याई किसानको घरमा पुग्ने वातावरण बनाउनु पर्दछ,कृषि पेशाप्रति आकर्षण पैदा गर्न ५० वर्ष कृषि पेशा गर्नेहरुलाई भिभिआईपीको सम्मान र कृषि पेन्सन समेत दिने नीति बनाउनु पर्छ ।

यो व्यावहारले कृषकहरु कृषि पेशाप्रति उत्साहित भएर लाग्ने छन । कृषि पेशा अर्थतन्त्रको जननी भएकोले हाम्रो देशको अर्थतन्त्रलाई थप बलियो बनाउन सक्दछौं । नेपालका जनता एक पिलेट मासु र एक बोतल वियरमा आफ्नो अमुल्य भोटको दुरुपयोग गर्ने छैनन्। यति काम गरेपछि हामी हाम्रो देशलाई संसारकै उच्च शीर गरेर वाच्ने नागरिकहरु भएको देशको रुपमा संसारभरि चिनाउन सक्नेछौ ।
धन्यवाद
२०८० असार २६ गते


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।