१० मंसिर २०८१, सोमबार

महासङ्घको गरिमा बढाउन शुद्धीकरण अभियान थालिएको हो

0

(नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखेलले महासङ्घको गरिमा बढाउन सदस्यता शुद्धीकरण अभियान थालिएको बताएका छन् । जनपत्रका सङ्गठन नेपालको मुखपत्र ‘जनपत्रकार’ सँग कुरा गर्दै पोखरेलले पत्रकार महासङ्घलाई क्रियाशील पत्रकारहरू सदस्य रहेको संस्था बनाउने अभियानको निरन्तरता रहेको बताए । उनले महासङ्घको सदस्यता लिएका र हाल पत्रकारित नगर्नेहरूलाई नवीकरण नगर्ने र नयाँ सदस्यहरूमा पनि क्रियाशीलहरूलाई स्वाग‍ गर्ने अभियान भएकाले सबैलाई साथ दिन अपील गरे। उनीसँग महासङ्घका पछिल्ला गतिविधि, सदस्यता शुद्धीकरण र पेसागत सुरक्षाका विषयमा शोभराज बरालले गरेको कुराकानीको सम्पादित अंश )

नेपालको पत्रकारिता क्षेत्रमाथि दिन-प्रतिदिन हमला भइरहेको छ । मूलधारको पत्रकारितामाथिको बदनामीले नेपालको प्रेस जगत रक्षात्मक बनेको छ । यस्तै किन भइरहेको छ ? यसलाई सुधार्न के गर्नुपर्ला ? रास्वपाका सभापति रवि लामिछानेले डामेका १२ भाइको बारेमा महासङ्घको धारणा के हो ?

प्रेसमाथिको हमला संसारभरकै रीत हो । पारदर्शी समाजमा आफ्नो स्वार्थ पूरा नहुने भएकाले स्वार्थ समूहहरू, चाहे त्यो राज्यपक्ष होस् वा गैरराज्य पक्ष होस्; मिडियाप्रति अनुदार नै हुन्छन् र मौका मिलेमा हमलामै उत्रन्छन् । नेपाली मिडिया पनि विगतदेखि नै यस्तो प्रवृत्तिको सिकार बन्दै आएको हो । अहिले पनि त्यही शृङ्खला दोहोरिएको मात्र हो । मूलधारका मिडिया बदनाम भए भन्न त मिल्दैन । प्रविधिको विकास, पुँजीलाई सर्वेसर्वा ठानिने संस्कृतिजस्ता केही नवीनतम प्रवृत्तिहरू आज उपस्थिति भएका छन् ।

ती प्रवृत्तिले सामाजिक मनोविज्ञानलाई नै प्रभावितपार्न खोज्छन् । त्यसैका प्रभावहरू मिडियामा पनि नदेखिएका होइनन् । त्यसकारण मिडिया यदाकदा रक्षात्मक पनि बन्नुपर्छ । यसलाई स्वाभाविक रूपमा लिंदै करेक्सनको बाटोमा जानुको विकल्प खोज्नु भने हुँदैन ।

जहाँसम्म रवि लामिछानेजीको प्रसंग छ, त्यस विषयमा पत्रकार महासङ्घले तत्काल आफ्नो धारणा राखिसकेको छ । आफूअनुकूल भएन भन्दैमा कसैलाई अप्रमाणित आरोप लगाउन पाइँदैन ।समस्या छ भने त्यसको विधिसम्मत निकास खोज्न पर्छ । जिम्मेवार राजनीतिक दलका नेताहरू आरोपमा उत्रनुभन्दा विधिको बाटोबाट समाधान खोज्ने संस्कृतिको प्रवर्द्धनको पक्षमा प्रस्तुत हुनुपर्छ भन्ने नै हो ।

न्यु मिडियाको रूपमा आएका स्वरोजगारमूलक मिडियाको प्रभाव जबरजस्त छ । यसलाई व्यवस्थित गर्न राज्यले सकिरहेको छैन । डिजिटल प्लेटफर्ममार्फत् पत्रकारिता गरिरहेका पत्रकारहरूलाई धेरैले यु-ट्युवर, फेसबुके लगायतका भाष्य प्रयोग गर्दै आइरहेको पाइन्छ । समाचार सङ्कलन र प्रसारण गरेकै कारण धेरै पत्रकारहरू पक्राउ परिरहेका छन् । जो महासङ्घको सदस्य छैनन्, उनीहरूलाई पत्रकारिताको मूल प्रवालमा ल्याउन के गर्नुपर्ला ? महासङ्घको भूमिका के हुन्छ ?

इन्टरनेट प्लेटफर्ममार्फत् सूचना सम्प्रेषण गर्ने जुन अवसर समयले हामीलाई दिएको छ, त्यसलाई ग्रहण गर्दै त्यसको भरपूर उपयोग गर्ने दिशातर्फ हामी उन्मुख हुनुपर्दछ । नयाँ प्रविधिसँग डराउने हैन, सात्क्षात्कार गर्ने संस्कारको विकास हुनुपर्दछ । आफ्नो सानो डिभाइसबाट संसारसँग जोडिन सक्ने अवसरलाई सबैले उपयोग गर्ने वातावरण बनाउन राज्य अभिभावकीय भूमिकामा देखिनुपर्दछ ।

तर,राज्य त्यसलाई अवसरको रूपमा लिनुभन्दा पनि नियन्त्रण गर्ने बाटोमा अग्रसर देखिन्छ,यो खेदजनक छ।यु- ट्युव प्रयोग गर्नेहरूलाई प्रयोग गरिने भाष्य सम्मानजनक नै हुनुपर्दछ । यु-ट्युब एउटा माध्यम हो । त्यसलाई पत्रकारिता गर्ने माध्यम बनाउने कि पत्रकारिताभन्दा बाहिरका सामग्रीहरू सङ्ग्रह र आदान-प्रदान गर्ने माध्यम मात्र बनाउने ? यो कुरामा यु-ट्युब सञ्चालनकर्ताहरू प्रस्ट भएर आउनुपर्दछ । यसरी प्रस्टता भयो भने त्यसलाई त्यही रूपमा बुझ्ने र उपयोग गर्ने कुराको टुङ्गो लागिहाल्छ ।

पत्रकारिता गरेकै कारण, आफूलाई अभिव्यक्त गरेकै कारण कोही पनि पक्राउ महासङ्घ आन्दोलन र कानुनी उपचारको बाटोमा जान्छ, जाँदै पनि आएको छ । पर्नुहुदैन । यसमा पत्रकार महासङ्घको स्पष्ट दृष्टिकोण छ । यदि त्यस्तो भएमा विधानको व्यवस्थाअनुसार सदस्यताका लागि आवेदन दिन सधैँ ढोका खुला छ । महासङ्घको सदस्यता नलिएरै पत्रकारिता गरिरहेका साथीहरूलाई महासङ्घको
हामी उहाँहरूलाई स्वागत गर्न पनि चाहन्छौँ ।

संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । तर यसको कार्यान्वयन पक्ष फितलो देखिन्छ । अभिव्यक्ति दिएकै कारण पूर्वसचिव देखि सामाजिक अभियान्ताहरु पक्राउ परिरहेका छन, अन्तर्वार्ता लिएको भरमा पत्रकारलाई थुनिएको छ । यी र यस्ता विषयमा महासङ्घले पहलकदमी लिएको देखिदैन । के महासङ्घको भूमिका कमजोर हुदै गएको हो र ?

यस्ता विषयहरू महासङ्घका चासोका विषय हुन् । महासङ्घले त्यस्तो बेलामा बोलेको छ, विभिन्न मिसनहरू बनाएर घटनाको अध्ययन पनि गर्ने गरेको छ । अध्ययन प्रतिवेदनका आधारमा कारबाहीका लागि राज्यलाई दबाब दिने गरेको छ । तर पनि एउटा अनुभव के छ भने नेपालमा दण्डहीनता अझै कायमै छ । पत्रकार र सञ्चारमाध्यममाथिका आक्रमणकारीहरू खुलेआम घुमिरहेको हामी देख्छौँ । विधिको शासन र दण्डहीनताको अन्त्यको लागि हामीले साझा रूपमा लडाइँ लड्न आवश्यक भने छ ।

महासङ्घले सदस्यता शुद्धीकरणको थालनी गरेको छ । यसको आवश्यकता र औचित्य प्रस्ट पारिदिनुहोस न ।

पत्रकार महासङ्घलाई क्रियाशील पत्रकारहरू सदस्य रहेको संस्था बनाउने अभियानको निरन्तरता नै हो यो शुद्धीकरणको अभियान । महासङ्घको सदस्यता लिएका र हाल पत्रकारिता नगर्नेहरूलाई नवीकरण नगर्ने र नयाँ सदस्यहरूमा पनि क्रियाशीलहरूलाई स्वागत गर्ने अभियान पनि हो यो । यसको आवश्यकता र औचित्यको कुरा गर्दा महासङ्घको गरिमा बढाउन र सक्रिय पत्रकारहरूको मनोबल उँचो बनाई उहाँहरूको भूमिकाको सम्मान गर्नका लागि हो । लेख्ने पनि सदस्य, लेख्न छाडेका पनि सदस्य हुँदा अलि अमिल्दो देखियो ।

हिजो महासङ्घको स्थापना र सङ्गठन निर्माण मात्रै हैन, महासङ्घका आन्दोलनमा जोडिएका र हाल पत्रकारितामा नरहेकाहरूको हकमा उहाँहरूलाई स-सम्मान मानार्थ सदस्यता दिने अभियान पनि यो शुद्धीकरणको अभियानसँग जोडिएको छ ।

नयाँ मापदण्डअनुसार गैरपत्रकारहरूको सदस्यता खारेज गर्ने क्षमता महासङ्घसँग हुन्छ कि हुदैन ? डकुमेन्ट पुऱ्याएर सदस्यता नवीकरण गर्न सबैभन्दा पहिला उनीहरू नै पुग्छन् । सदस्यता शुद्धीकरण गर्दा आउने राजनीतिक हस्तकक्षेप रोक्न महासङ्घले कस्तो खालको तयारी गरेको छ ?

पत्रकारिता नगरिरहेकाहरूको सदस्यता नवीकरण नगर्ने नै मुख्य लक्ष्य हो यो अभियानको । त्यसकारण त्यो सम्भव हुन्छ नै । त्यो क्षमता प्रदर्शन गर्दै हाम्रा शाखा, प्रदेश संरचनाहरूले सन्तोषजनक काम गरिरहेका छन् । राजनीतिक हस्तक्षेपको असर पर्न नदिएरै शुद्धीकरण अभियान टुङ्गिने कुरामा विश्वस्त छौँ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।