७ जेष्ठ २०८१, सोमबार

SEE को प्रयोगात्मक नतिजामा लापर्बाही गर्नेलाई कारबाही गर्न अखिल (क्रान्तिकारी)को माग 

0

घोराही ।एसईई २०७९ को प्रयोगात्मक नतिजामा लापर्बाही गर्नेहरु लाई २४ घण्टा भित्र कार्वाही गर्न अखिल(क्रान्तिकारी) ले माग गरेको छ।

बुधबार अखिल (क्रान्तिकारी) दाङले माग पत्र पेश गर्दै पद्मोदय पव्लिक नमुना मावि भरतपुर दाङमा लापरबाही भएको भन्दै कारबाही गर्न माग गरेको हो ।

संगठनका दाङ जिल्ला इन्चार्ज खुमन सी र पुर्वी दाङ जिल्ला संयोजक दिपक सीद्वारा जारी  माग पत्रमा  २०७९ सालमा सम्पन्न भई भर्खरै प्रकाशन भएको एसईई नतिजामा विद्यालयबाट सहभागी जेहेन्दार विद्यार्थीहरुको प्रयोगात्मक विषयमा विषय शिक्षकले दिएको नम्बर र हाल नतिजामा आयको ठूलो अन्तरले विद्यार्थीहरु मानसिक हिसाबले बिक्षिप्त बनिरहेको अवस्थामा सङ्गठन दाङको गम्भिर ध्यान आकर्षण भएको बताइएको छ।

जिम्मेवार संस्थाबाट लापरबाही गरि विद्यार्थीहरुको भविष्य माथि गरिएको गैरजिम्मेवार कार्यप्रति खेद प्रकट समेत गरिएको छ।

विद्यार्थी संगठनका नेताकार्यकर्ता सहित विद्यालय प्रशासनलाई माग पत्र बुझाउदै कहाँ कहाँ को, कसको सङ्लग्नतामा प्रयोगात्मक नम्बर दिँदा खेलवाड गर्ने काम भयो ,तत्काल २४ घण्टा भित्र छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन पनि माग गरिएको छ।

पीडित विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गर्नेहरुलाई तत्काल कारबाही नगरे संगठन कडा संघर्षमा जान बाध्य हुने र त्यसबाट सिर्जित सम्पुर्ण परिस्थितिको जिम्मेवार स्वयम विद्यालय प्रशासन हुने चेतावनी समेत दिएको छ।

मागपत्र को पुर्ण पाठ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।