७ जेष्ठ २०८१, सोमबार

मीटर ब्याजका नाईके मुनिर खानको जग्गा कब्जा गरी नेकपाद्वारा धान रोपाइ

0

असार २७ धनगढी । नेपाल कम्युनिष्ट पार्टी कैलालीले मीटर ब्याजका नाईके शेख मुनिर खान अहमेदको जग्गा कब्जा गरी रोपाई गरेको छ । आत्मनिर्भर पार्टी र आत्मनिर्भर कार्यकर्ता बनाउन देशब्यापी रुपमा श्रमसंग जोडीएको नेकपाले मीटर ब्याजका नाईके शेख मुनीर खान महोम्मदले ठगी गरी लिएको १० कट्टा जमीनमा रोपाई गरेको हो । कैलालीको धनगढी उप महानगरपालीका वडा नम्बर ७ देवहरीयाका भोज बहादुर विकको १० कट्टा जमीन ठगी गरी लिएका शेख मुनीर खान महोम्मदको उक्त जमीन नेकपाले कब्जागरी बुधबार धान रोपेको हो ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सेती ब्युरो ईन्चार्ज डबल शाह भगत सिले कैलालीमा ६ विघामा पार्टीले धान खेती गरेको बताउदै धनगढीको रोपाई विशिष्ट रुपमा फरक भएको बताए । अन्य क्षेत्रमा भाडामा जमीन लिएर रोपाई गरिएको बताउदै उनले धनगढीमा मीटर ब्याजका नाईके शेख मुनीर खान अहमेदले ठगी गरेको जमीन कब्जा गरी धान रोपेको जानकारी गराए । उनले पार्टीको न्याय विभागमा परेको उजुरीको आधारमा पटक पटक सच्चिने मौका दिदा पनि जनतालाई दुख दिने काम गरेकाले जमीन कब्जा गरिएको बताए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कैलालीका जिल्ला ईन्चार्ज प्रकाश सीले लामो समयदेखि कैलालीका सर्बसाधारणलाई मीटर ब्याजमा फसाउदै घर न घाटको अबश्थामा पुर्‍याउने मीटर ब्याजका नाईके मुनिर खानले सर्बसाधारणलाई दुख दिने कार्य गर्दै आएको उजुरीका आधारमा कारबाही स्वरुप जग्गा कब्जा गरिएको बताए ।
उनले केही दिन अगाडी पीडितहरुको उजुरीको आधारमा खानको धनगढी उपमहानगरपालीका वडा नम्बर १ पशुपती टोलमा रहेको घर समेत कब्जा गरेको बताउदै अझै नसच्चिए थप जमीन पनि कब्जा गर्दै जाने बताए । ईन्चार्ज प्रकाशले लामो समय देखि खानलाई सुध्रिने मौका दिदा पनि नसुध्रिएकाले घर जग्गा कब्जा गरिएको बताउदै अझै नसुध्रिएर जनतालाई दुख दिने काम गरे थप कारबाही गर्न बाध्य हुने जानकारी गराए ।

सयौं जनतालाई घरवारविहीन बनाएर कयौंलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौंलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घर र जग्गा जनताको आग्रह र सहभागितामा जननियन्त्रणमा लिइएको जानकारी गराउदै ईन्चार्ज प्रकाशले कुख्यात अपराधी खानको अन्य चल–अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफन गरिने बताए । उनले कब्जा गरिएको उक्त सम्पत्तिको स्वामित्व पनि पीडित जनता मै रहने जानकारी गराए ।

उनले कब्जा गरिएको घरमा खान बस्दै आएको सूचना पाएको बताउदै पत्र काटेर सचेत गराउने बताए । अटेर गरे थप कारबाही गर्न बाध्य हुने समेत उनले जानकारी गराए । त्यसैगरी नेकपाका पश्चिम दक्षिण कैलाली जिल्ला सचिव सरोज चौधरीले कब्जा जमीनमा अहिले धान रोपाई गरेको बताउदै पार्टी कार्यालय समेत निर्माण गरिने बताए । उनले जनताले पार्टीलाई सहयोग गरेको बताउदै उत्पादन कार्यलाई महत्वकासाथ लिएर उत्साहका साथ रोपाई सम्पन्न गरिएको बताए । उनले आगामी बर्षमा थप जमीनमा कृषी गरिने जानकारी गराए ।

लामो समय देखि कैलालीका सर्बसाधारण नागरिकहरुको जमीन पास बन्दकीको नाम्मा कब्जा गर्दै आएका खानको घर जग्गा कब्जा गरिएपछि पीडित पक्ष खुसी भएका छन । मीटर ब्याज पीडीत धनगढी उपमहानगरपालकिा वडा नम्बर ७ देबहरीयाका भोजराज विश्वकर्माले खान कै कारण आफुले आत्महत्या गर्न समेत पुगेको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीले साथ दिएको बताउदै अहिले सम्म बाँचन सफल भएको बताए । बत्तीस लाख कर्ज थियो, त्यही कर्ज तिर्न र ब्यापार गर्न भनेर ११ कट्टा जमीन धितो राख्न खोजे तर कारोबार नहुँदा धितो पाईन उनले भने । शेख मुनिर खानले ६ लाखमा धितो राखेको पूर्जा ६ लाख साँवा र १८ हजार ब्याज चुक्ता गरेर प्रलोभनमा पारेको बताउदै उनले ८० लाखको कागजमा हस्ताक्षर गराएर १० कट्टा करोडौको जमीन कब्जा गरेको बताए । उनले एक सुको पनि नपाएको बताउदै धनगढीको चौराहमा रहेको बागेश्वरीमा ५ लाखमा दृष्टिबन्धक राखिएको लालपूर्जा ६ लाख १८ हजार तिरेर आफैले कुम्ल्याएको बताए । न त जग्गा पाए न ता पैसा उनले भाव विहबल हुदै भने ।

त्यसैगरी उनकी श्रीमती आरती देबी विश्वकर्माले राती राती गुण्डा लिएर आउने गरेको बताईन । मेरो परिवारको सुरक्षा पनि छैन, जमीन पनि लुट्यो, अझै धम्की दिने गरेको छ उनले भनिन । खानले कैलालीका कैयौं सर्बसाधारणलाई घर न घाटको बनाएका छन । खानविरुद्ध नेकपाको न्याय विभागमा उजुरी दिन आउने पीडितहरुले कारबाहीको माग गर्दै बाच्ने आधार बनाई दिन आग्रह गर्ने गरेको नेकपाका कैलाली ईन्चार्ज प्रकाशले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।