७ जेष्ठ २०८१, सोमबार

अखिल नेपाल महिला संघ क्रान्तिकारी भक्तपुरको सम्मेलन सम्पन्न, अध्यक्षमा समिक्षा निर्वाचित

0

भक्तपुर: अखिल नेपाल महिला संघ क्रान्तिकारी भक्तपुरको चाैथाे जिल्ला सम्मेलन आज सम्पन्न भएको छ ।
सम्मेलनले समिक्षा सीकाे नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
सम्मेलनबाट अध्यक्षमा समिक्षा, उपाध्यक्ष दुर्गा, सचिव शारदा, सहसचिव सुनिता, कोषाध्यक्ष कमला लगायत अन्य सदस्यसहित १५ सदस्यीय रहेका छन् ।


अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बन्धु सीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका उपाध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य भृकुटी सी, संगठनका महासचिव राजकुमारी सी, नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला इन्चार्ज अखिल, केन्द्रीय सदस्य ज्ञानु सी, पार्टीका जिल्ला सेक्रेटरी देव, प्रकाशन विभागका डिआ सी लगायतको आतिथ्यता रहेको थियो ।


समिक्षा सीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन शारदा सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।