७ जेष्ठ २०८१, सोमबार

नेकपा नेता डिवी सिलवाल ३० महिनापछि रिहा

0

मोरङ / नेपाल कम्युनिस्ट पार्टीका नेता तथा मोरङका पुर्व इन्चार्ज डिवी सिलवाल रिहा भएका छन।तत्कालीन ओली सरकारले नेकपामाथी प्रतिबन्ध लगाएको बेला पक्राउ भएका सिलवाल मोरङ जिल्ला अदालतले निर्दोष सावित गरेपछि बिहिवार रिहा भएका हुन।

संखुवासभा जिल्लाको माबी नगरपालिका वडा न४ निवासी नेता सिलवाललाई २०७७ साल माघ ७ गते सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको थियो।

झन्डै ३० महिना देखि कारागार रहेका उनलाई हातहतियार तथा खरखजना, अपहरण र कर्तव्य ज्यान सम्बन्धि मुद्दा लगाइएको थियो

सरकार र नेकपाबिच तीन बुदे सहमति भएर शान्तिप्रक्रिया अगाडि बढे पनि अझै नेकपा सम्बद्द तीन दर्जन बढी नेताकार्यकर्ता छुटेका छैनन् भने नेकपाका नेताहरूमाथी राजनीतिक आस्थाको आधारमा लगाइएका मुद्दाहरु सरकारले खारेज गर्ने सहमतिको कार्यान्वयन समेत भएको छैन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।