१२ श्रावण २०८१, शनिबार

प्रचण्ड र उनको परिवारप्रति नेकपाद्वारा समवेदना व्यक्त

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले गत हप्ता निधन भएकी प्रचण्ड पत्नी सीता दाहालको निधनमा प्रधानमन्त्री प्रचण्ड र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा नेकपा महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य बिषम र भरत सीको सहभागितामा पार्टीको तर्फबाट आज औपचारिक रुपमा समवेदना व्यक्त गरिएको हो।

भेटघाटमा प्रधानमन्त्री प्रचण्ड , उहाँकी छोरीहरू रेणु र गङ्गा दाहाल सहभागी थिइन भने समवेदना पत्र वाचन गर्ने क्रममा नेकपा प्रवक्ता प्रकाण्ड निकै भावुक समेत भएका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।