७ जेष्ठ २०८१, सोमबार

अखिल(क्रान्तिकारी) सुनछहरी, राेल्पाले राेप्याे ५६ धुपि सल्ला

0

राेल्पा: नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) सुनछहरी गाँउ कमिटी राेल्पाले गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयहरूमा बृहत वृक्षाराेपन गरेकाे छ ।
असार २२ गते नेपाल राष्ट्रिय मा.वि. सुनछहरी-६ फगाम राेल्पाबाट “हाम्राे विद्यालय राम्राे विद्यालय” भन्ने नारा सहित शुरू गरिएकाे वृक्षाराेपन अभियान असार २४ गते राेल्बाङ मावि जेल्बाङ, असार २५ गते नमुना मा.वि. कसला र मेहलधारा मा.वि. जैमा, असार २६ गते देवि मन्दिर मा.वि. पाेबाङ, असार २७ गते जनसेवा मा.वि. सेरम र सरस्वति मा.वि. घुस्बाङ, असार २८ गते नेपाल राष्ट्रिय मा.वि. स्यूरी हुँदै असार २९ गते जनता मा.वि. गाम राेल्पामा अभियान सम्पन्न गरिएकाे अखिल (क्रान्तिकारी) सुनछहरी गाउँ कमिटीका अध्यक्ष मन सीले जानकारी दिए ।
अभियानमा सहभागी अखिल (क्रान्तिकारी) पूर्वी राेल्पाका संयाेजक सिस्ने सीका अनुसार प्रत्येक मा.वि.हरूमा ७ बाेटका दरले जम्मा ५६ बाेट धुपि सल्लाकाे बिरुवा राेपिएकाे हाे ।
वृक्षाराेपन अभियानमा विद्यालयमा गठित अखिल (क्रान्तिकारी) इकाइ कमिटीकाे सक्रियतामा सम्पूर्ण शिक्षक विद्यार्थी र केही स्थानमा अभिभावक र वि.व्य.स. अध्यक्ष लगायतकाे समेत उत्साहजनक सहभागित रहेकाे अखिल (क्रान्तिकारी) जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।