६ जेष्ठ २०८१, आईतवार

पेट्रोलियम पदार्थको मूल्य अब स्वचालित प्रणाली अनुसार हुने

0

काठमाडौ /नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्दैछ। भारतबाट मुल्य घटबढ भएर आएमा नेपालमा पनि सोही अनुसार मूल्य समायोजन हुनेछ।

भारतबाट घटेर आए मूल्य घट्ने र बढेर आए मुल्य बढ्ने एक कर्मचारीले बताए। निगमले अहिले हरेक १५ दिनमा एक अर्ब १० करोड रुपैया नाफा कमाउँदै आएको छ । स्वचालित मूल्य प्रणालीमा पनि निगमले ३ प्रतिशतसम्म नाफा राख्न पाउनेछ।

स्वचालित मूल्य प्रणाली लागू हुँदा पनि उपभोक्ताले भने सस्तो मूल्यमा पेट्रोलियम पदार्थ पाउनेछैनन् । भारतबाट आएको मूल्यमा निगमले ढुवानी, प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम  र ३ प्रतिशतसम्म नाफा जोड्नेछ ।

पेट्रोलियम पदार्थको स्वचालित मूल्यको लागि यसअघि २०७९ सालमै कार्यविधि बनिसकेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।