११ श्रावण २०८१, शनिबार

सुदूरपश्चिमका जिल्लाहरूभई बहने नदीमा बहाब बढ्ने,सतर्कता अपनाउन आग्रह

0

काठमाडाैं ।आज (मंगलवार) डोटी, डडेलधुरा र अछाम आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्न सक्ने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार यी जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता आवश्यक छ। 

साथै आज दोलखा, सिन्धुपाल्चोक रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, दैलेख, कालिकोट, बाजुरा, बझाङ, कैलाली, कंचनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स-साना नदीहरूमा बहाब बढ्ने महाशाखाको पूर्वानुमान छ । यी क्षेत्रका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ ।

आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।