१२ श्रावण २०८१, शनिबार

३७ महिना पछि रिहा भएका श्याम वज्राचार्यलाई नेकपा महासचिव विप्लवद्वारा सम्मान 

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ललितपुरका युवा नेता सानुराज बज्राचार्य ‘श्याम’ ३७ महिनापछि रिहा भएकोमा नेकपा महासचिव विप्लवद्वारा स्वागत तथा सम्मान अभिनन्दन गरिएको छ। बज्राचार्य आईतवार ललितपुरको नखु कारागारबाट रिहाइ भएका थिए। उनलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले आज (मंगलवार) पार्टी कार्यालय हरिसिद्धिमा स्वागत तथा सम्मान अभिनन्दन गरेका हुन्। 

स्वागत पश्चात महासचिव विप्लवले जेल मोर्चा कुशलता पूर्वक समाल्न सफल भएको भूमिकाप्रति सम्मान गर्दै आफूहरु समाजबादी क्रान्तिकाे बाटोमा अघि बढिरहेकोले सबैले साथ दिनुपर्ने भनाई राखेका थिए।

नेता श्याम वज्राचार्यले पनि विगतझै अव आगामी दिनमा पनि पार्टी र आन्दोलनप्रति इमान्दारिता पूर्वक आफनो भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्।

नेता श्यामलाई हातहतियार खरखजाना तथा विस्पोटक पदार्थ सम्बन्धि आरोपमा पक्राउ गरी मुद्दा चलाईएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।