११ श्रावण २०८१, शनिबार

निलो रङको पिजडामा मेरा साथी थुनिदा

0

वर्गीय विभेदले जरा गाडेको हाम्रो समाज सामान्तवाद पछिको सामाजिक दलाल चरित्र बोकेको व्यवस्थाका कारणले गर्दा न त समाज रुपान्तरण हुन दिएको छ न त यो व्यवस्था आफैमा स्थिर र प्रगतिको अवस्थामा छ । त्यसैले यो व्यवस्था बदल्ने जनचाहना अनुरुपको वैज्ञानिक समाजवाद स्थापनाको लागि जुनकुनै जोखिमलाई पनि मोल्नु पर्ने जिम्मा प्रगतिशील र क्रान्तिकारीहरुको काँधमा आएको छ । जनताको जनव्यवस्था वैज्ञानिक समाजवाद प्राप्तिका लागि थुप्रै कमरेडले उच्च बलिदान गर्नुभएको छ कैयौं साथीहरु अपांग जीवन बिताइरहेका छन् कैयौं साथी अहिले पनि जेलजीवनमै हुनुहुन्छ फेरि पनि देशमा शान्ति अमनचयन समृद्धि स्वाधीनताको सवालको बहस र प्रक्रियाले स्थान पाउन सकेको छैन ।
मजदुर श्रम शोषणमा छन्, महिला हिंसामा छन्, किसान अभावमा छन्, युवा बेरोजगारमा छन्, श्रमिक समुदाय जातिय विभेदको भुमरीमा छन्, विद्यार्थीका पठनपाठनमा समस्या निशुल्क शिक्षाको लागि संघर्ष गरिरहनु पर्ने, व्यापारमा कालोबजारी व्यवस्थामा ब्रह्मलुट राजनीतिलाई पेसा बनाएर नयाँ चतुरेहरु स्यालको हुइयाँ गरिरहेका छन् नयाँ जोगिहरुलाई साम्राज्यवादी मुलुकले खरानी घसेर साधु जसरी पठाएको छ । यो बेला देशभरका देशभक्त कम्युनिस्ट वामपन्थी प्रगतिशील लोगतन्त्रवादीहरु एक ठाउँमा हुनु पर्छ भन्ने छलफल नेपाल कम्युनिस्ट पार्टीले अहिलेको प्रमुख विषय बनाएको छ । जसअनुसार पार्टी र जनवर्गिय संगठन परिचालन गरेको छ । पार्टीको यहि निर्णय पछ्याउँदै गर्दा मेरो आँखा अगाडिबाट मेरा सहयोद्दा साथीहरुलाई यो दलाल संसदिय व्यवस्थाको निलो रङका राष्ट्रियताको नाममा जनताको करबाट पोसिएका तर राष्ट्रियताको मनमा कत्ति पनि इगो नभएका निलो बर्दी धारण गरेका गुलामहरुले एक बहादुर र देशभक्त अन्यायको विरुद्ध विद्रोही चेतना भएका साम्राज्यवादको विरुद्धमा आगो ओकेल्ने दलाल पुजिवादको जरो उखेल्ने सर्वहारा श्रमजीवी जनताका लागि मुक्ति संग्राममा हाेमिने होनहार सहयोद्धहरुलाई हतकडीसहित निलो रङको पिजडामा राखेर लगेको त्यो दिन मेरो मनमा जागेको नयाँ विद्रोह पनि क्रान्तिको एक ज्वार थियो ।

(अभियानको पूर्व तयारी)
पार्टी केन्द्रको नवौं महाधिवेशन पछिको तेस्रो बैठक सकिए लगतै जनवर्गिय संगठनका केन्द्रीय बैठकहरु बस्ने सिलसिलामा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पाँचौं पूर्ण बैठक मिति २०७९/११/३ गते संगठनका केन्द्रीय अध्यक्ष श्याम सीको अध्यक्षतामा काठमाडौँमा बस्यो । सो बैठकले तीन महिने पूर्व पश्चिम मजदुर जागरण अभियान चलाउने निर्णय गरेको थियो । जसमा देशलाई दुई कमाण्डमा विभाजन गरेर चलाउने जसअनुसार रुपन्देहीदेखि पूर्वका सबै जिल्ला मेचीसम्म अध्यक्ष श्याम सेन्चुरीले र कपिलवस्तुदेखि पश्चिमका सबै जिल्ला महाकालीसम्म उपाध्यक्ष डिल्ली वलीको कमाण्डमा चलाउने निर्णय प्रमुख ऐजेण्डाको रुपमा पारित भएको  थियो । जसअनुसार म पश्चिम कैलालीबाट काठमाडौँ पूर्वी कमान्डमा होलटायम्बरको रुपमा कार्यालयमा रहने र कार्यालयलाई सघाउने सल्लाह भएको थियो । हामीले २०७९/११/५ देखि १५ गतेसम्म आन्तरिक तयारी गरेर १५ गतेबाट अभियान उद्घाटन गर्ने निधो गर्नुका साथै बैठक सान्दार ढंगबाट सम्पन्न भएको थियो । बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल सी र जवस फ्याक्सन इन्चार्ज  पार्टी स्थायी कमिटी सदस्य तथा गौरवपूर्ण इतिहास बोकेको गोरखा जेलब्रेकको योजनाकार आदरणीय दिदी शिलु सी नवौं केन्द्रीय कमिटीको तेस्रो बैठकबाट जवस फ्याक्सन इन्चार्जको जिम्मामा आउनुभएको थियो भने देशैभरिबाट मोर्चाको केन्द्रीय सदस्यहरुको फूल उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण केन्द्रीय सदस्यको रिपोर्ट संकलनपछि प्रमुख अतिथि अनिल सीले राजनैतिक तथा वैचारिक प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा प्रमुख अतिथिले अबको मजदुर क्रान्ति, विगतको जर्मनी, फ्रान्स, बेलायत, संयूक्त राज्य अमेरिकाको जस्तो नभई नयाँ तरिकाको हुनु पर्ने र त्यो नेपाली भूमिबाट एकिकृत जनक्रान्तिमार्फत सम्पन्न हुनेमा विश्वस्त पार्नुका साथै त्यसको लागि मजदुर जागरण अभियानको थालनी गर्नु पर्ने बताउनुभयो । किनकि अब पुरानो विश्व नरहेकोले पुरानो शैलीबाट नभई बदलिएको नयाँ विश्व शैलीलाई सहि तरिकाले बुझेर विश्लेषण गर्दै अबको एकीकृत जनक्रान्तिले नयाँ विश्वलाई चुनौति दिनेखाले हुनु पर्ने र जसमा उल्लेख्य मजदुर  सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।
    कार्य विभाजन गर्दै फ्याक्सन इन्चार्ज शिलु सीले तीन महिने अभियानबाट मजदुर जनआधारले भरिपूर्ण भएको हुनुपर्नेमा जोड दिनुभयो ।
     बैठक सकिए लगत्तै अभियान सञ्चालन सम्बन्धि आन्तरिक तयारीमा लाग्यौँ । काठमाडौँको टिममा अध्यक्ष श्याम सी, पुर्ण सी, नारायण, सृजना, हिरा, लाल बहादुर, असिमकिरण, दिनेश, निरबहादुर, मन्दिरा लगायतको टिम व्यवस्थापनको भूमिकामा लागेको थियो । अभियानको क्रममा पहिलो चरण काठमाडौँ उपत्यकामा  सञ्चालन गर्ने योजना तय भएको थियो । जस अनुसार काठमाडौँ, भक्तपुर, ललितपुरका साना तथा मझौला र ठुला गरि विभिन्न उद्योगगहरुमा र औद्याेगिक क्षेत्रहरुमा मजदुर भेटघाट कार्यक्रम चल्यो ।
     (मजदुर भेटघाटका अनुभवहरु)
जसरी प्रमुख अतिथि र विशेष अतिथिले प्रशिक्षण र योजना सम्प्रेषणको क्रममा मजदुरको विश्वव्यापी अवस्था र अबको निष्कर्षको विषयमा जे जानकारी दिनुभएको थियो । त्यो उद्योगहरुमा जाँदा दुरुस्त देखियो । हाम्रो पार्टीको दस्ताबेजमा र मजदुर संगठनको विधानमा लिपि गरिएअनुसार आफ्नो लगानीको मुनाफामा  रमाउनेहरु मालिक हुन् भने मुनाफा नभई आफ्नो श्रम बेचेर जीवन चलाउने सबै मजदुर हुन् भनेको छ । यसमा नेपालका पाँच प्रतिशत बाहेक सम्पूर्ण नागरिक पर्दछन तर पुजिवादले ठिक उल्टो सिकाएको छ । त्यो कुरा जब मजदुर घनत्व भएका कारखानामा जाँदा त्यहाँका मालिकहरुले आफु भन्दा पनि आफ्नो चम्चा नियुक्त गरेको हुँदो रहेछ र त्यो चम्चाले पनि गेटमा बस्ने सेकुरिटी मजदुरलाई निकै दबाब दिएको पाइयो किनकि मजदुर अवस्थाको बारेमा मजदुर नेता मजदुर भेट्न जाँदा मजदुर नै लगाएर गेटैबाट मजदुर नेतालाई भित्र प्रवेश गराउन नदिनु मजदुरलाई नै भिडाइदिनु । यो कुरा ती सोझा मजदुरले पनि नबुझ्नु बुझे पनि दलाल र मालिकको अगाडि मजदुरी जाने डरले लाचार हुनु प्रमुख समस्या हुन् । मजदुरमाथि शोषणको रुप फेरिएको छ हुन त विश्व मजदुर इतिहासमा यी समस्या नभएको पनि हैन तर त्यो बेला प्रत्यक्ष थियो भने अहिले अप्रत्यक्ष तर जवर्जस्त भएर आएको छ । सामान्य मजदुरले त्यो उद्योगको नुनपानी खाए जसरी मालिकको तर्क गर्नु उसले आफ्नो चरम श्रमशाेषणको अर्थ नबुझ्नु मजदुर कमिटिमा सहभागिता नजनाउनु संगठित नहुनु जब मालिकले मजदुरलाई  कम्पनीबाट आउट गर्दा मात्र मजदुर संगठन खोज्दै आउनु मुद्दा मिले फेरि फर्केर नआउनु यो श्रमिकहरुभित्र जन्मिएको लम्पट अवसरवादी चरित्रका कारण मजदुर अभियान र क्रान्तिमा बाधा देखिएको महसुस भयो । तर यो सबै दोष मजदुरको मात्र हैन मजदुरका केही अंसिक होलान् त्यो पनि यो व्यवस्थाले बाध्यता गराएको छ सारा दोष राज्यको छ । यो दलाल पुजीवादका कारण भएको हो किनकि दलाल पुजिवादको चरित्र नै यस्तै हो । एउटा हिन्दिमा उखान छ नि  (बाब ना भैया सब्से बढा रुपैयाँ) हो ठिक यहि हो । पुजिवादले दिर्घकालिन सोच नै राख्दैन यसमा नियमन निकायको उदारीकरण र दलालको निजिकरणले मिहिन भूमिका खेलेको हुन्छ । यसको चरम मारको पिधमा श्रमजीवी वर्ग परेको छ । यो हाम्रो दिव्यदृष्टि हो तर गरिखाने वर्गको भने बुझाई फरक छ क्षणिकलाई मात्र सोच्नु मालिकलाई महान ठान्नु आफ्नो अधिकारलाई सहायक भन्दा पनि रद्दीमा सम्झिनुले मजदुर अधिकार प्राप्तिमा ढिलाइ हुनुको प्रमुख कारण हो । पुजिवाद कसैले ल्याउन पर्दैन त्यो हरेक नागरिकको सोचमा आउने गलत विचारको स्वरुप वा कुरुप हो त्यसैले मान्छे अहंकारले ओतप्रोत हुन्छ । त्यो स्वयम्ले कताको यात्रा तय गरेको हो थाहा हुँदैन । यी र यस्ता थुप्रै कुराले वस्तु र चेतनाको द्वन्द्वले छर्लङ्ग बनायो । कतिपय ठाउँमा राम्रै छलफल भए भने कतिपय ठाउँमा संगठन पनि निर्माण गरियो । हामी कोठा लिएर बसेका थियौँ हामीले खान बस्न सबै संगठनकैले जिम्मेवार हुनपर्ने थियो । हामी भ्यालि बाहिरबाट अभियानमा जोडिएकोले निकै कष्टकर जीवन बिताउनु पर्ने अवस्था थियो । संगठन अस्तव्यस्त अवस्थामा थियो । सातौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय सदस्यहरु सुदर्शन, कन्चन भनिने लिमप्याओवादी दिमागमा पुजीवाद र आदर्शमा क्रान्तिकारी देखिने रंग उडेका छेपाराहरुको लंगरौटि समातेर भागि सकेका थिए । हामी वैज्ञानिक समाजवाद र एकिकृत जनक्रान्तिप्रति प्रतिबद्ध हुने कमरेडले नयाँ सन्देशसहित मजदुरमा जागरण ल्याउनु त्यति सहज थिएन तैपनि समालिएर रचनात्मक तरिकाले भूमिका निर्वाह गरेको अनुभूति भएको छ। संक्षिप्तमा अभियानको अनुभूति यति राखे ।

(निलो पिजडामा सहकर्मी थुनिदाको क्षण)

यसरी अभियान तीव्र गतिमा चलेकै थियो । यतिकैमा पूर्वी कमाण्डको अभियानले आफ्नो थप योजनाको लागि समीक्षासहितको बैठक बस्ने निधो गर्यो । २०७९/१२/१८ गते हाम्रो टिमको कमान्डर तथा मोर्चाको अध्यक्ष श्याम सीको अध्यक्षतामा समिक्षा बैठक बस्यो । बैठकमा मजदुर फ्याक्सन इन्चार्ज आदरणीय दिदी शिलु सीको प्रमुख उपस्थितिमा सम्पन्न बैठकले पूर्वका अरु जिल्ला भन्दा पनि उपत्यका जहाँ मजदुर घनत्व भएको ठाउँमा नै अभियान केन्द्रीकृत गर्ने र वैशाख १८ मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रुपमा काठमाडौँमा मनाउने निर्णयसहित प्रमुख अतिथि शिलु दिदीले निर्देश गर्नुभएको थियो र जसमा पूर्वी कमाण्डमा अवस्थित सम्पूर्ण कमरेडको कार्य विभाजन भएको थियो ।
खासगरी हामीसँग यातायात र सेकुरिटी मजदुरमा संगठित साथीहरु बढि सकृय र होलटायम्बर थिए । लगत्तै हामी काममा खटियौँ सहजताको लागि सेकुरेटीमा संगठित साथीहरुको अलग्गै टिम र यातायातबाट संगठित साथीहरुको अलग्गै टिम बनायौँ र मेरो पुरानै जिम्मा सूचना हेर्ने र अध्यक्षलाई सघाउने थियो । अध्यक्षले सम्पूर्ण टिम र पार्टीका राजनीतिक काम पनि हेर्नु पर्ने हुन्थ्यो उपत्यका भन्दा बाहिर नजाने र मे दिवस उपत्यकामै भव्य रुपमा मनाउने भनेपछि त्यहि कामको तयारीमा थियौँ चैत्र २६ गते अध्यक्ष र म थापाथलीसम्म सँगै गएका थियौँ र त्यहाँबाट कमरेड हिरा शाही (विकल्प सी) र म केही ठाउँ भेटघाट गर्ने कार्यक्रम अघिल्लै दिन तय भएको थियो थापाथलीमा म ओर्लिए र हिरा जि र म काममा लाग्यौँ भने अध्यक्ष ज्यु ललितपुर जिल्ला सम्मेलनको तयारीका लागि त्यहाँको पार्टीसँग छलफल गर्न ललितपुर लाग्नुभयो । म र कमरेड हिरा उहाँको भतिजोको बाईक ल्यउनु भएको रहेछ त्यसैमा चढेर भेटघाटको गन्तव्यमा लाग्यौँ । दिनको अन्दाजी साँढे दुुई बजेको हुँदो हो । हामी ज्ञानेश्वरको मार्गमा ट्राफिक चेकिङमा रोकिएका थियौँ यतिकैमा अध्यक्षको फोन आयो र हामीलाई तुरुन्त स्वयम्भू आउने आदेश गर्नु भयो । हिरा जिको बाइक चेकिङमा लामो समय लाग्ने भएको हुँदा हामी छुट्टिएर म मात्रै स्वयम्भू आए र अध्यक्षसँग भेट भएपछि मात्र थाहा भयो । हाम्रा मजदुर जागरणका काम देखेर कसैको आँखा लागेछ र निलो रंगका मुकुर्धुसहरुको सहायताले हाम्रो यातायात मजदुरको केन्द्रीय अध्यक्ष लालबहादुर तामाङसहित चारजना कमरेड असिमकिरण महर्जन, दिनेश नेपाल, सुनिल थिङहरुलाई मजदुर भेटघाट गर्दैगर्दा पक्राउ गरेर महानगरीय प्रहरीवृत भगवानपाउ स्वयम्भूमा लगेछ । अध्यक्षको र मेरो भेट भैसकेपछि हामी प्रहरीवृत स्वयम्भू गयौँ र बुझेउँ त्यहाँ जाँदा अनावश्यक दु:ख दिने नियतले थुनेर राखेको थियो । हामीले ईन्सपेक्टरलाई कारण सोधेउँ संगठन सम्बन्धि कागजहरु भेटिए त्यसैले अनुसन्धानको लागि राखिएको छ भन्ने जवाफ दियो । साथीहरुलाई सोध्दा विना कारण हो भन्ने  प्रष्ट भयो । हामीले पहल गर्दैगर्दा साँझ भैसकेको थियो अब भोलि
भेटौला भनेर हामी छुट्टियौँ । सबै साथीहरुको घरमा खबर गरेउँ । कमरेड असिमको घरमै पुगेर सान्त्वना दिने काम भयो । म्याडमहरुलाई सम्झायौं तर हामी भन्दा पनि अलि उहाँको बहिनी र बहिनी जुवाईले आफै यो राजनीति मामला हो ।
राजनीतिमा यस्तो हुन्छ अन्यथा मान्नु पर्दैन भनेपछि परिवारलाई हामीले धेरै सम्झाउन परेन । पछि उहाँले बरु हामीलाई सल्लाह भने जति सक्दो छिटो पहल गर्न भन्नुभयो र हामी छुट्टियौं । सामान्यतया प्रहरीले २४ घण्टा विना कारण भएपनि अरु निकायको आदेश विना आफुसँग राख्ने नीति हुन्छ तर  २४ घण्टा पछि  झुट्टा मुद्दा लगाएर म्याद थप्दै राख्दै गरेर दु:ख दिन्छ भन्ने थाहै थियो तर आश केथियो भने विना कारण छ भोलि समयमै पहल गर्दा छोडिदिन्छ भन्ने थियो । कुरा ठिक उल्टो भयो त्यहाँ वृतमा कार्यरत प्रहरी अधिकारी माओवादी आन्दोलनप्रति पूर्ण रुपमा पुर्वाग्रही रहेछ भन्ने कुरा जब भोलिपल्ट अध्यक्ष र फ्याक्सन इन्चार्ज शिलु दिदी गएर भेट्दा पनि कुनै महत्त्व नदिए जस्तो गरेपछि हामीले कानुनी प्रकृया चाल्नु बाहेक अरु कुनै विकल्प देखिएन । पछि हामीहरुको टिम साथीहरुलाई कसरी बाहिर निकाल्ने भन्नेमा केन्द्रीकृत भयो । हरेक दिन हामीहरु दिनरात नभनि तदारुकताका साथ प्रकृयामा लाग्यौँ कहिले साथीहरुको पारिवारिक पिडासँग सहकार्यमा जुट्यौँ त कहिले निजि वकिल कार्यालय त कहिले पार्टी नेताकार्यकर्ता भेटघाटतिर लाग्यौँ । पारिवारिक हिसाबले साथीहरु हिरासत बस्दा साथीहरुको परिवार एक किसिमको परिपक्वता पनि भएको अनुभूति भयो । हामी साथीहरुलाई भेट्न पालैपालो स्वयम्भू पुग्ने गर्थेउ । एकदिन २०८०/१/१ गते नेपाली नयाँ वर्षको दिन म र कमरेड हिरा शाही (कमरेड विकल्प) हामी दुई स्वयम्भू जाने भनेका थियौँ तर काम विशेषले म अर्कै ठाउँ जान पर्नेभयो त्यसैले स्वयम्भू उहाँ मात्र जानू भयो । पछि हाम्रो भेटमा उहाँले त्यहाँ भएका साथीहरुको विषयमा सम्पूर्ण जानकारी दिनुभएछ । कमरेडहरुलाई खानेपानीको समस्याले घाँटीमा समस्या आएछ । कमरेड लालबहादुर सुगरको बिरामी हुनुहुन्थ्यो । उहाँ निरन्तर औषधी खानु पर्ने, कमरेड असिमकिरणको प्रेसर सम्बन्धि समस्या थियो उहाँको स्वास्थको पनि ख्याल गर्न नदिएर जबर्जस्ति राजनीति पुर्वाग्रह साँटेको थियो । त्यहाँ नाम नभनि हालम दुई जना जति अपराधी मानसिक्ताका मुस्टण्डेहरु थिए तिनीहरुका कारणले साथीहरुले जो दु:ख झेल्नु परेको थियो । त्यो नयाँ सालको नेपाली साँस्कृतिकको हिसाबले नयाँ साललाई स्वागतको दिन थियो बैसाख १ । जहाँतहि शुभकामना साटासाट गरिरहेका थिए । कतै साथीसंगी मिलेर रमाइला परिकारसँग नतमस्तक भैरहेका थिए तर हामी भने वर्षौसम्म दु:खसुख साँट्ने बाचा गरेका साथीहरुमध्यबाट चारजना साथीहरु निलो रंगको बर्दिधारीहरुको कस्टडीभित्र कैद थिए । हामीलाई नयाँ बर्षले छोएको थिएन । हामी पनि कोठाको ढोका बन्द गरेर अलि निरास र पुर्ण रुपमा आक्रोशले जलि राखेका थियौँ । बाहिर नयाँ बर्षले शहर खुसीले मातमा थियो । परिवारको फोन आउँछ, आफन्तको फोन आउँछ, सान्त्वना दिदै नयाँ बर्षको दिन बितेको पत्तै भएन । बिहानको र बेलुकाको खाना एकै साथ खायौँ । दुई दिनपछि साथीहरुलाई सरकारी वकिलको कार्यालय लग्ने दिन थियो । हामी हरि दाई र म वकिल कार्यालय पुग्यौँ । वकिल कार्यालय पुग्दा वकिल कार्यालय भिडभाडले निकै व्यस्त थियो । काठमाडौँ जिल्लाभरिका प्रहरीवृतहरुबाट म्यादथपका लागि ल्याइएका बन्दिहरु थिए । विभिन्न केशको मुद्दाका फाईल ओहोर दोहोर भैराखेका थिए ।त्यसभित्र हाम्रो साथीहरुको निर्दोष फायल पनि एक थियो । हामीले वकिल कार्यालयको सम्पर्क कक्षमा सम्पर्क गरेउ । सम्पर्क प्रमुखले सोध्नुभयो, के हो ?  भनेर हामीले भनेउ सांगठनिक उहाँले भन्नुभयो ए स्वयम्भूको हामीले भनेउ हो हरि दाईले नजिकबाट सोध्नुभयो, के हुन्छ सर ? खै के भनम यो केस चलाएपछि वा जुनकुनै केस चलाए पनि प्रहरीले न्यूनतम फाईल तयार र अन्य अनुसन्धानको बहाना गरि ४ हप्तासम्म राख्न पाउने अधिकार हुन्छ । लामो समय राखेर दु:ख दिने उसको नियत हो । यो तपाईहरुको मुद्दा मुद्दा होइन प्रतिसोध हो । छिटो पेस गर्नको लागि हामीबाट कि त प्रत्यक्षीकरणको रिट हाल्नु पर्छ नत्र उसको बाटो पर्खिनु पर्छ भनेर जवाफ दिनुभयो । यतिकैमा स्वयम्भू वृतको गाडि आयो र रोकियो करिब २५ जना भन्दा माथि कोचेर ल्याएको थियो । अरुको त त्यति ख्याल गर्ने कुरा भएन तर साथीहरुको बसाई बिचमा थियो । हिरा जि र हरि दाईले पानीले स्वागत गर्नु भयो । बन्दी दिनेश जीले पानी खाएर भन्नुभयो अरु साथीहरु पनि छन् पानी अरु चाहियो भनेर । ए ! हो, हामीले साथीको पिडाले मानवीयताको वास्ता नै भुलेछौँ थप हरि दाईले थप्नु भयो, छोटो भएपनि साथीहरुसँग त्यो पल सन्सनीपूर्ण निलो रङको बन्द पिजडा बाहिर र भित्रबाटको थियो । त्यो पिजडाभित्र एक सच्चा मनले देश र जनताको आवाज बुलन्द गर्ने चार ओटा होनहार मानव साथीहरु थिए उहाँहरुको चिन्ता घरको थिएन । बरु त्यहि बन्द पिजडा भित्रबाट कमरेड असिमकिरणले भन्नुभयो कमरेड हामीले बनाएको याेजनाको कार्यान्वयन भव्य गर्नुहोला । हामीलाई समयमा यसले छोड्दैन होला बरु हामीलाई पढ्ने किताबको व्यवस्थापन गर्नुहोला । हामीले हुन्छ भनेउ र मैले साथीहरुलाई सान्त्वना स्वरुप भने कमरेड चिन्ता नगर्नुहोला । वकिल तयार छन् हाम्रो पेश भएको आधा घण्टामा निकाल्छौँ । कति दिन राख्ला र आमाको माया ले त कोखमा नौ महिना मात्र राख्यो भने यो षडयन्त्रले कति राख्ला र !घरको पनि वातावरण मिलाउला भनेउँ र वकिल कार्यालयबाट जिल्ला अदालतसम्म साथसाथै गयौँ । अदालतभित्र हरि दाईले छड्के परेर फोटा दिच्नु भयो । त्यहाँ फोटा खिच्न मनाही हुन्छ तर खिच्नुभयो । त्यो एकजना हरियो घाँसको हरियो सर्पले देखि हाल्यो र मोबाइल खोसिदियो । पछि हरि दाईले चिनेको वकिलमार्फत उहाँको जोडबलले मोबाइल हात पार्न सफल भयौँ । साथीलाई लग्यो हामी छुट्टियौँ ।
      (अन्तिम दिन)
हामीले हाम्रो आदरणीय बेपत्ता योद्धाको बुवा हाम्रो पनि बुवा बरिस्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिल चन्द्र पोख्रेल र राजु अधिकारीसँग छलफल पहिलै गरेका थियौँ ।  उहाँको सान्त्वनाले हामी ढुक्क थियौँ । उहाँले भन्नुभएको थियो सान्तसँग बस्नुस् उहाँहरुलाई हामी नेता बनाएर निकाल्छौँ बरु पेश गर्ने दिन कुन हो पत्ता लाएर त्यो दिन संचार छिटो गर्नुहोला भन्नुभएको थियो । पेश गर्ने दिन म समयमै अदालत पुगे । हरि दाई बिरामी हुनुहुन्थ्यो र पनि आउनुभयो पछि नारायण र निरबहादुर जिहरु पनि आउनुभयो । सुनिल र लालबहादुर दाईको परिवार पनि पुग्नुभयो । मेडमहरुमा आज जीवन साथी छुट्छन् कि भन्ने आशाका रेखा उहाँहरुको अनुहारमा देख्न पाइन्थ्यो र हामीमा पनि अब यो निलो रंङको पिजडाबाट साथी छुट्न केही समय बाँकी मात्र छ भनेर निलो रंङलाई गिज्याउदै आफ्नो अनुहारमा मुस्कान ल्याउने कोसिस गरिरहेका थियौँ । करिब दिनको अन्दाजी  १२ बजेको थियो । बाहिर धेरै दिनपछि पानीले जमिन भिजाई रहेको थियो । सायद मौसम पनि बन्द पिजडाका आस्थाका स्वरहरुलाई स्वागत गर्न हतारिरहेको छ जस्तो लागिरहेको थियो । हामी अदालत बाहिर भित्र गरिराखेका थियौँ । बाहिर साथीहरुको भलाकुसारी जारी थियो भने  भित्र साथीहरुको बयान बहस चलिरहेको थियो । हाम्रो तर्फबाट अधिवक्ता कपिलचन्द्र पोखरेल र राजु अधिकारी बहसमा हुनुहुन्थ्यो । करिब चार बजे बयान टुङ्गियो र हाम्राे तर्फबाट बहस गर्ने सरहरु बाहिरिनुभयो र भन्नुभयो साथीहरु छुट्छन् ल्याएर आउनुहोला भन्नुभयो । उहाँहरु लामो समयदेखि जनयुद्ध र एकीकृत जनक्रान्तिका बन्दिको दह्राे कानुनी सारथी हुनुहुन्थ्यो । हामी ढुक्क भयौँ । पाँच बजे आठ सय रुपैयाँ राजस्व बुझाएर साथीहरु निलो पिजडाको सेतो हतकडिबाट मुक्त हुनुभयो र हामी हाम्रो निजि वकिल कार्यालयमा गयौँ नास्ता खायौँ अध्यक्षसहितबाट साथीहरुलाई स्वागत गर्यौँ ।

वकिल सरहरुलाई धन्यवाद दियौँ । वास्तवमा तीन हप्तापछि साथीहरुको साथ बस्न पाउँदा र एक निर्दोष त्यागी मानिस जो समाज निर्माणको लागि अहोरात्र खटिने कुशल योद्धालाई बन्द पिजडाबाट खुल्ला आकाशमा स्वागत गर्न पाउँदाको खुसिको सिमाबिहिन हुँदो रहेछ । यो व्यवस्था रहेसम्म यस्ता पुर्वाग्रही जेलनेल अनगिन्ती कति हुन् कति झेल्नु पर्ने र आवश्यक परे बलिदानको कोटा पनि सहर्ष स्वीकार्ने बाचासहित हामी घरतिर लाग्यौँ । हो, हाम्रो समाजमा विभेदले जरा गाडेको छ । युवा जनशक्ति बेरोजगार छ । देश साम्राज्यवादको नङ्ग्रमा जकडिएको छ । यो सबै बेथितिको प्रमुख समस्या भनेको दलाल संसदिय व्यवस्था हो । यसलाई जबसम्म बदल्न सकिँदैन तबसम्म समाजमा आमूल परिवर्तन र रुपान्तरण हुँदैन यो सत्य हो ।
 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।