११ श्रावण २०८१, शनिबार

सबैलाई समाजवादमा लैजान समाजवादी मोर्चा बनेको हो

0

२ साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्ड सीले सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध बनाई समाजवाद तिर लैजान समाजवादी मोर्चा बनेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा मंगलबार जनपत्रकार संगको अनौपचारिक कुराकानीका क्रममा प्रवक्ता प्रकाण्ड सीले समाजवादमा जान २००६ साल देखिका सबै क्रान्तिकारी कम्युनिष्टहरू एकतावद्ध हुनुपर्ने बताएका हुन ।

प्रवक्ता प्रकाण्डले नेपालमा दलाल पूँजीवादले देश संकटमा परेको दाबी गर्दै दलाल पूँजीवादी व्यवस्था परिवर्तनका लागि एकमात्र उद्देश्य राखि समाजवादी मोर्चा बनेको बताए । अहिले समाजवादी मोर्चा गठनले कम्युनिष्ट, क्रान्तिकारी, शक्ति, प्रगतिशील, बामपन्थी, देशभक्त शक्तिहरुबिच सकारात्मक प्रभाव परेको बताउदै उनले नेपाली जनताको प्रमुख दुश्मन दलाल पुँजीवाद भएको बताए ।

उनले माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सहभागी समाजवादी मोर्चा मात्र नभई सबै नेपालका कम्युनिष्ट ,क्रान्तिकारी, प्रगतिशील शक्तिहरुलाई समेत सहभागी गराउने उद्देश्यले मोर्चा गठन भएको बताए ।

उनले भने ‘यो मोचोलाई साँघुरो घेराबाट‌ हेर्नु हुदैन, यसको उद्देश्य सबै समाजवाद चाहने शक्तिलाई समेट्ने छ । यसमा एमाले, तथा काङ्ग्रेस भित्रका प्रगतिशील समाजवादी पनि आउन सक्छन ।’
प्रवक्ता प्रकाण्डले नेपालमा अब संसदीय व्यवस्थाको ठाउँमा नेपाली विशेषताको समाजवादी गणतन्त्र स्थापना अनिवार्य भएको पनि जिकीर गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।