४ आश्विन २०८१, शुक्रबार

जनपत्रकार सङ्गठन नेपालको मुखपत्र `जनपत्रकार´आज विमोचन

0

काठमाडौ /जनपत्रकार संगठन नेपालको मुखपत्र `जनपत्रकार´को आज विमोचन गरिएको छ।काठमाडौको बुद्दनगरमा आयोजित विमोचन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पत्रीकाको विमोचन गरेका हुन।

जनपत्रकार संगठन नेपालद्वारा प्रकाशित जनपत्रकार अंक दुइमा जनपक्षीय पत्रकारहरूद्वारा लेखिएका पत्रकारिता सम्बन्धि लेखहरु, आधारभुत पत्रकारिता सम्बन्धि सामाग्री र जनपत्रकारिताका बिषयमा सैद्धान्तिक दृष्टिकोणबारे कार्लमार्क्स, लेनिन र माओका विचारहरु समावेश गरिएको छ भने पत्रीका २ सय ६ पेजको रहेको छ।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल सी , केन्द्रिय नेताहरू आस्था सी,आदर्श सी, राजेन्द्र सी को सहभागिता रहेको थियो ।

कार्यक्रममा संगठनका सचीव वसन्त विकले मन्तव्य मार्फत स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिवालय सदस्य शोभराज बरालले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।