४ जेष्ठ २०८१, शुक्रबार

नेकपा महासचिव विप्लवद्वारा नेता डिवी सी लाई सम्मान तथा अभिनन्दन

0

काठमाडौं ।३० महिना पछि रिहा भएका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा मोरङ जिल्ला तत्कालीन इन्चार्ज डिवी सी लाई नेकपा महासचिव विप्लवले स्वागत तथा अभिनन्दन गरेका छन्। बुधवार केन्द्रीय पार्टी कार्यालय बुद्धनगरमा आयोजित जनपत्रकार संगठन नेपालको मुखपत्र ‘जनपत्रकार’ विमोचन कार्यक्रममा नेता डिवि सी लाई सम्मान तथा अभिनन्दन गरिएको हो।

संखुवासभा जिल्लाको माबी नगरपालिका वडा न४ निवासी नेता डिवी सी लाई २०७७ साल माघ ७ गते सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको थियो।

झन्डै ३० महिना देखि कारागार रहेका उनलाई हातहतियार तथा खरखजना, अपहरण र कर्तव्य ज्यान सम्बन्धि मुद्दा लगाइएको थियो।

सरकार र नेकपाबिच तीन बुदे सहमति भएर शान्तिप्रक्रिया अगाडि बढे पनि अझै नेकपा सम्बद्द तीन दर्जन बढी नेताकार्यकर्ता छुटेका छैनन् भने नेकपाका नेताहरूमाथी राजनीतिक आस्थाको आधारमा लगाइएका मुद्दाहरु सरकारले खारेज गर्ने सहमतिको कार्यान्वयन समेत भएको छैन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।