५ जेष्ठ २०८१, शनिबार

धरानमा डेंगु संक्रमण तीव्र- १ हजार ६ सय सक्रमित

0

विराटनगर । सुनसरीको धरानमा डेंगुको संक्रमण तीव्ररूपमा फैलिएको छ ।

एक महिनादेखि डेङ्गु रोगको संक्रमण फैलिएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड अस्पताललाई डेंगु अस्पतालको रूपमा रुपान्तरण गर्ने तयारी गरेको छ । बिरामी चाप अत्यधिक बढेपछि प्रतिष्ठानले छुट्टै डेङगु क्लिनिक सञ्चालन गर्दै आएको छ ।

शुक्रबारदेखि क्लिनिकमा परीक्षण गर्न आएका बिरामीमध्ये ८० प्रतिशतमा डेङगुको सङ्क्रमण देखिएको छ । आपत्‌कालीन डेङगु क्लिनिकले मात्र उपचार धान्न नसक्ने भएकाले खाली रहेको कोभिड अस्पताललाई डेंगु अस्पतालको रूपमा सञ्चालन गर्न लागिएको अस्पताल निर्देशक जगतप्रसाद नारायणले जानकारी दिए ।

धरान उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार धरानमा मात्र अहिलेसम्म १ हजार ६ सय संक्रमित भइसकेका छन् । एक महिलाको मृत्यु भएको छ ।

धरानको २० वटै वार्डमा संक्रमण रहेको र सबैभन्दा बढी संक्रमित वडा नम्बर ११, १५ र १७ मा छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।