६ जेष्ठ २०८१, आईतवार

राजनीतिक पुर्वाग्रहबाट गरिएको सदस्यता छनौट खारेज नगरे तालाबन्दी : चार पत्रकार संगठन

0

घोराही ।नेपाल पत्रकार महासंघ दाङ शाखाले राजनीतिक पुर्वाग्रहबाट सदस्यता छनोट गरेको भन्दै खारेजीको माग गरिएको छ।बिहिवार दाङमा क्रियाशिल विभिन्न ४ पत्रकार संघ/संगठनहरुले संयुक्त प्रेस वक्तव्य जारी गरि सदस्यता छनौट खारेजीको माग गरेका हुन् ।

जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वली , प्रगतिशील पत्रकार संघ नेपाल दाङका अध्यक्ष महेश रिजाल , समाजवादी प्रेस संगठन नेपाल दाङका अध्यक्ष सुर्य बिसी र क्रान्तिकारी पत्रकार महासंघ दाङका अध्यक्ष इश्वरी प्रसाद गैरेको संयुक्त हस्ताक्षरित प्रेस वक्तव्यमा नेपाल पत्रकार महासंघ दाङ शाखाले जिल्लामा नयाँ सदस्यता छनोट गर्दा राजनीतिक पुर्वाग्रह राखी तीन दलिय भागबण्डा अनुसार सदस्यता छनौट गरि प्रदेश समितिलाई सिफारिस गरेको निर्णयप्रती गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

संयुक्त प्रेस वक्तव्यमा पत्रकार महासंघ दाङ शाखाले औपचारिक छलफल , निर्णय गर्दा जिल्लामा क्रियाशिल सवै संगठनलाई सहभागी नबनाई कांग्रेस निकट प्रेस युनियन , एमाले निकट प्रेस चौतारी , माओवादी केन्द्र निकट प्रेस सेन्टरको दलिय सिण्डिकेट अन्त्य गरि पत्रकार महासंघलाइ सबैको साझा संस्था बनाउन अनुरोध गरिएको छ ।

वक्तव्यमा महासंघ दाङ शाखाले सदस्यता छनौटको निर्णय तत्काल सच्याइ सबै क्रियाशिल संघ/संगठनको साझा प्रतिनिधित्वको सुनिश्चितता नगरे महासंघ दाङ शाखाको विरुद्ध अनिश्चितकालीन तालाबन्दीसम्मको संघर्ष गर्ने चेतावनीसमेत दिइएको छ ।

यता नेपाल पत्रकार महासंघ दाङ शाखाले असार २८ गते एक प्रेस बिज्ञप्ती जारी गरि जिल्लामा नयाँ सदस्यताका लागि आवेदन दिएका ९४ जना मध्य राजनीतिक पुर्वाग्रह राखी जम्मा १२ जनाको नाम छनौट गरि प्रदेश समितिलाइ सिफारिस गरेको जनाएको थियो ।

महासंघको उक्त निर्णय न्यायोचित नभएको भन्दै जनपत्रकार संगठन नेपाल दाङले यसअघि असार २८ गते नै प्रेस बिज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाउँदै निर्णय तत्काल सच्याउन माग गरिसकेको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले गरेको नयाँ सदस्यता छनौटको निर्णय राजनीतिक पुर्वाग्रहबाट भएको भन्दै जिल्लामा क्रियाशिल पत्रकार संघ/संगठनहरु , जनपक्षीय पत्रकार , आम मिडियाकर्मीहरुले चर्को बिरोध जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।