११ श्रावण २०८१, शनिबार

धरानमा गोली लागि एक युवकको मृत्यु 

0

काठमाडौं । सुनसरी धरानमा सडकखण्डमा गोली हानी विराटनगरका एक युवकको हत्या भएको छ ।

शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।

उनीमाथि धरान- इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।

प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गरेको कारण नखुलेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।