३० बैशाख २०८१, आईतवार

नेकपा कालिकोटद्धारा क्रान्तिकारी योद्धा हंश विकको निधनप्रति दुख व्यक्त

0

७ साउन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले पलाता गाउँपालिका ८ खिन खेतगोडे निवासी मुटुरोग पीडित हंस विकको साउन ५ गते निधन भएको घटनाप्रति निकै दुखि र मर्माहित भएको वताएको छ ।

नेकपाका जिल्ला इन्चार्ज बलवान सी र जिल्ला सेक्रेटरी शाहसी सीले सुक्रवार एक शोक वक्तव्य जारी गरी हंस विकले जनयुद्ध र एकीकृत जनक्रान्तिमा ठुलो योगदान पुर्याएको उल्लेख गर्दै सिंगो पार्टी कमिटी उहाँको निधनमा निकै दुखी र मर्माहित भएको वताउनु भएको हो ।

जारी वक्तव्यमा भनिएको छ “एक क्रान्तिकारी योद्धा नेपाल कम्युनिष्ट पार्टी पलाता गाउँ कमिटी सदस्यको मिति २०८० साल साउन ५ गते विहान १० वजे ४९ वर्षको उमेरमा मुटु रोगका कारण भएको निधनको खवरले पार्टी जिल्लालाई स्तव्ध वनाएका छ र पार्टी जिल्ला गहिरो दुख व्यक्त गर्दछ ।”

नेकपाले वक्तव्यमा मार्फत क्रान्तिकारी योद्धा विक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घरपरिवारजन,इष्टमित्र लगायत आफन्जनलाई शोकलाई शक्तिमा वदल्ने शाहस प्राप्त होस भनि गहिरो समवेदना व्यक्त गरेको छ ।
नेकपाले वक्तव्यको अन्त्यमा पार्टीले निधन भएका विकको योगदानको उच्च कदर गर्दै क्रान्तिमा गरेको अतुलनिय योगदानको सम्मान गर्ने बताएको छ ।
वक्तव्यको पूर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।