२२ भाद्र २०८१, शनिबार

त्रि वि परीक्षामा भारतको डिल्ली विश्वविद्यालयको प्रश्नपत्र हुबहु राखिएको भन्दै छानबिन गरी कारबाही गर्न माग 

0

काठमाडौं । सोमवार सम्पन्न त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत ४ बर्षे स्नातक तह तेस्रो बर्षको Elective -2 को History-410 ,”Introduction to Tourism Development”विषयको प्रश्नपत्रमा त्रि वि को पाठ्यक्रम भन्दा बाहिर गएर भारतको डिल्ली विश्वविद्यालयको इतिहास विषयको प्रश्नपत्र हुबहु प्रतिलिपी तयार गरि वितरण गरेको भन्दै अखिल (क्रान्तिकारी) ले छानबिन गरी कारबाही गर्न माग गरेको छ।संगठनका त्रिवि इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य अनिल सी ले आज (मंगलवार) एक प्रेस विज्ञप्ति जारी गर्दै सत्य तथ्य छानबिन गरी कारबाहीको माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ

“परिक्षा हलमा विद्यार्थीहरुले उक्त प्रश्नहरु त्रि वि को पाठ्यक्रम भन्दा बाहिर बाट आएको भनेर विषय उठान गरिसकेपछि पुनः अर्को प्रश्नपत्र निर्माण गरि दिन लगाएको घटना प्रति हाम्रो संगठन अखिल(क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय ब्यूरो समितिको गम्भीर ध्यानाकर्षण भएको छ। त्रिभुवन विश्वविद्यालय जस्तो पुरानो स्थापित विश्वविद्यालय बाट परिक्षामा यस्ता खाले समस्याहरु बारम्बार देखापर्नुले विश्वविद्यालयको साख,गरिमा माथी नै प्रश्न चिन्ह उठेको छ। बारम्बार दोहोरिने यी र यस्ता घटनाहरुले के पुष्टि गर्छ भने त्रि.वि को परिक्षा प्रणाली शैक्षिक माफिया तथा शैक्षिक दलालहरुको गिरोहले संचालन गरिरहेको छ।

परिक्षा जस्तो संवेदनशील क्षेत्रमा बारम्बार यस्ता खाले समस्याहरु दोहोरिरहदा त्रिभुवन विश्वविद्यालय प्रशासनले परिक्षा प्रणालीमा सुधार गर्न तिर ध्यान नदिनुले गम्भीर आशंका पैदा गरेको छ। तत्काल परिक्षा प्रणाली व्यवस्थित ,सुदृढ गर्न तथा यस्ता समस्या हरु आगामी दिनमा नदोहोर्‍याउन र परिक्षा जस्तो संवेदनशील क्षेत्रमा खेलवाड गर्ने स्नातक तह तेस्रो बर्षको Elective -2 को History-410 ,”Introduction to Tourism Development”विषयको प्रश्नपत्र निर्माणमा संलग्न भारतीय दलाल हरु को को हुन तत्काल छानबिन गरि कडा भन्दा कडा कार्वाही गर्न माग गर्दछौं अन्यथा हाम्रो संगठन अखिल (क्रान्तिकारी) त्रि वि ब्यूरो समिति कडा संघर्ष गर्न बाध्य हुनेछ त्यस बाट निस्कने सम्पूर्ण परिणामको जिम्मेवार त्रि वि प्रशासन हुनेछ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।