१२ श्रावण २०८१, शनिबार

एक करोड बराबरको अवैध फेन्सी सामान नेकपाले बरामत गरी सशस्त्र प्रहरीलाई बुझायो 

0

 

कपिलवस्तु । एक करोड बराबरको अवैध फेन्सी सामान नेकपाले बरामत गरी सशस्त्र प्रहरीलाई बुझाएको छ। सोमवार राति कपिलबस्तु जिल्लाको बिजय नगर गाउँपालिका १ जौबराटको बाटो हुँदै नेपालमा अवैधानिक रुपमा आएको एक करोड बराबरको फेन्सी सामान नेकपाले नियन्त्रणममा लिएर सशस्त्र प्रहरीलाई बुझाएको हो।

रातिको ०३ बजेको समयमा नेपाल कम्युनिस्ट पार्टीको पश्चिम कपिलवस्तु जिल्लामा आएको सुचनाको आधारमा युवा संगठन नेपाल र पश्चिम कपिलवस्तु जिल्ला पार्टीका कार्यकर्ताको टिमले तस्करी गरेर ठूलो मात्रामा ल्याएको सामान आफ्नो नियन्त्रणमा लिएर सशस्त्र प्रहरीलाई बुझाएको नेकपाले जनाएको छ। सादा पोशाकमा खटिएका केही प्रहरीले तस्करलाई सहयोग गरेर त्यसमा संलग्न रहेकाे नेकपाले आरोप लगाएको छ।

भारतीय नम्बर प्लेटका ४ वटा मोटरसाइकल सहित आएका तस्करहरुले एक करोड बराबरको फेन्सी लगाएतका समान प्राप्त भएको सशस्त्र प्रहरी बल कृष्णनगर गुल्मका इन्स्पेक्टर दिपेन्द्र पौड्यालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।