याे मार्क्सवादी विज्ञानकाे एउटा प्रमुख विषय वस्तु हाे । तर याे आफैमा स्थिर वा जड दृष्टिकोण हाेईन ।
मार्क्सवादकाे संश्लेषण गर्ने बेलासम्मकाे सबै विज्ञानहरूका शाखाहरूकाे ज्ञान मात्रै यसमा समेटिएको छ ।
आज झण्डै साडे दुई सय वर्ष देखि विकास भएका विज्ञानका सबै शाखाहरूकाे ज्ञानलाई समाज विज्ञानसग जाेड्नु आवश्यकता छ ।
डार्विन, ग्यालिलियाे र न्युटन लगायतका वैज्ञानिकहरूकाे ज्ञानले मात्रै आाजकाे दुनियाँलाई बुझ्न सकिदैन । आइन्स्टाइन, म्याक्स प्लाङ्क र स्टेफन हकिन्स लगायतका पछिल्ला वैज्ञानिकहरूकाे ज्ञानलाई समाज विज्ञानमा जाेड्नु पर्दछ ।
आजकाे कम्युनिस्ट आन्दोलनको सिमाकाे कारण नेताहरूकाे कमजोरीलाई मात्रै दाेष दिनु भनेकाे मनाेगतवाद हाे । वस्तुगत जगतकाे विकासलाई आत्मसात नगर्ने पछिल्लो विज्ञानमा भएकाे विकास र त्यसले समाजमा पारेको प्रभावप्रति आँखा चिम्लिने र असफलतामा पिडित भै बस्नुकाे कुनै अर्थ छैन ।
आजसम्मकाे द्वन्द्वात्मक भाैतिकवादका नियमले मात्रै गणितशास्त्र र मनाेविज्ञान लगाएतका विषय समेट्नै सक्दैन । यसकाे अभावमा न त दुनियाँलाई वुझ्न सकिन्छ न त वदल्न सकिन्छ न त बदलिएकाे दुनियाँलाई रक्षा र विकास गर्न सकिन्छ ।
कम्युनिस्ट आान्दाेलन किन रक्षात्मक बन्याे ? पार्टी भित्र र वाहिरका अन्तरविरोध किन हल गर्न सकिएन ? दुनियाँ बदल्नेकाममा उल्लेखनीय सफलताहासिल गरेर पनि त्यसकाे रक्षा र विकास किन गर्न सकिएन ? भुमण्डिलीकृत पुँजीवादीले किन र कसरी आफुलाई लामो समय सुरक्षित गर्न सफल भएकाे छ ? के यी प्रश्नहरूकाे जवाफ चाहिदैन ?
के यी सवैकाे कारण नेता र पार्टीका कार्यशैली, याेजना ,कार्यनीति , व्यभारिक कमजोरी र नियत मात्रै हुन ? हुन तर केही अंश मात्रै हुन । बाकी विषय वस्तुगत जगतमा र मार्क्सवादकाे अपुगतामा खाेज्नुपर्दछ ।
मार्क्सले आजकाे विज्ञान र प्रविधिमा भएकाे क्रान्ति , विज्ञानका सवै शाखाहरूमा भएकाे विकास र यसले समाजमा पारेको प्रभाव र मनाेविज्ञानबारे ज्ञानहासिल गर्नु भएकाे थिएन । त्यैसले आजकाे दुनियाँ बदल्न ,त्यसको रक्षा र विकास गर्न मार्क्सले विकास गर्नुभएको सिद्धान्तमा अपुगता छन र केही अब असार्भिक पनि छन ।
मार्क्सवादका तीन संघठक अङ्ग सवै भित्र यसकाे वहस जरुरि छ । मार्क्स / लेनिन ले भनेकाे भन्दा :- वर्गहरूकाे अवस्था र शक्ति वदलिएकाे छ । सगठनात्मक नियम काम नलाग्ने भएका छन । अन्तरविरोधकाे प्रकृति बदलिएकाे छ । आर्थिक स्वामित्वमा परिवर्तनकाे प्रकृति बदलिएकाे छ ।राजनीतिक अर्थशास्त्र र समाजवादका यी प्रश्न्हरुकाे उतर नयाँ ढंगले खाेज्नु पर्दछ । त्यसको अन्तरवस्तु अनिवार्यरुपले दर्शनशास्त्रसग जाेडिएकाे छ । त्याे भनेकाे द्वन्द्वत्मक भाैतिकवादका सिमाहरू हुन ।त्यसैले अब तिनकाे पहिचान गर्नु र त्यसलाई विकास गर्नु पर्दछ । यसवारे नेकपाकाे नवाैं महाधिवेशनले ढाेका खाेलेकाे छ आउनुहाेस यसवारे जमेर छलफल गराैं ।
(सन्देश सीको फेसबुक वालबाट)