६ पुष २०८१, शनिबार

नेकपा सल्यानद्वारा १ बिघा जमिनमा धान रोपाइँ

0

दाङ: नेपाल कम्युनिस्ट पार्टी सल्यानले मंगलबारदेखि धान रोपाइँ सुरु गरेको छ ।
आत्मनिर्भर उत्पादन र आत्मनिर्भर पार्टीको उदेश्यसहित धान रोपाइँ सुरु गरिएको नेकपा सल्यानले जनाएको छ ।

मंगलबार तुलसीपुर -१५ दक्षिण कुरररेमा १ बिघा जमिन लिजमा लिई धान रोपाइँ सुरु गरेको हो ।

धान रोपाइँ उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सीले उत्पादन मार्फत पार्टीलाई आत्मनिर्भर बनाउन धान रोपाइँ लगाएत अन्य उत्पादन कार्यलाइ अगाडि बढाइरहेको बताए ।

धान रोपाइँमा नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा राप्ती ब्युरो कार्यालय सचिव विकास सी, नेकपा सल्यानका इन्चार्ज अनिल सी, नेकपा सल्यानका सेक्रेटरी वीर बहादुर सी, पार्टीका जिल्ला कमिटी सदस्य शेर बहादुर सी लगाएत पार्टी निकट जवस/मोर्चाका नेता-कार्यकर्ताहरु सहित करिव २५ जना नेता-कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

धान रोपाइँ बुधबार सकिने पनि नेकपा सल्यानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।