५ जेष्ठ २०८१, शनिबार

गौर घटनाको दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

0

काठमाडौं । गौर घटना भएको १७ वर्ष बित्दा पनि पीडित परिवारले न्याय पाउन नसकेको भन्दै पीडितहरुले प्रदर्सन गरेका छन । विभिन्न राजनीतिक दलदेखि लिएर राष्ट्रिय मानव अधिकार आयोगलगायतका संघसंस्थाले पनि गौर घटनाको बारेमा चासो लिँदै आइरहेका भएपनि दोषी माथी कारबाही र पीडितलाई न्याय मिलेको छैन।

२०६३ चैत ७ गते रौतहटको गौर बजारमा भएको काण्डमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो भने ११५ जना घाइते भएका थिए । सो घटनाका दोषीलाई आजसम्म कारबाही भएको छैन ।

राष्ट्रिय मानव अधिकार आयोगले गत पुस १९ गते घटना भएको १६ वर्ष बित्न लाग्दा पनि किटानी जाहेरी दरखास्त उपर कुनै कारबाही, अनुसन्धान गरी अभियोजन गर्ने कार्य नदेखिएको जनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।