२२ बैशाख २०८१, शनिबार

दुई सयबढी अर्थशास्त्रीहरुद्वारा युएन र विश्व बैंकलाई पत्र

धनी र गरिवबीच डरलाग्दो आर्थिक असमानता बढेको निष्कर्ष

0

विश्व प्रसिद्ध २ सयभन्दा धेरै अर्थशास्त्रीहरूले संयुक्त राष्ट्र संघ र विश्व बैंकलाई पत्र लेख्दै बढ्दो असमानता कम गर्न तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

विश्वमा धनी र गरीबबीचको बढ्दो खाडललाई घटाउन नसके गरिबी र जलवायु परिवर्तनको जोखिम अझै डरलाग्दो हुने भन्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र विश्व बैंकका अध्यक्ष अजय बंगालाई पत्र पठाइएको हो। पत्रमा जोसेफ स्टिग्लिज, थोमस पिकेटी, जयती घोष लगायतका अर्थशास्त्रीले हस्ताक्षर गरेका छन् ।

उनीहरूलाई साथ दिँदै संयुक्त राष्ट्र संघका पूर्वमहासचिव वान कि मुन, न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्क लगायतले पनि हस्ताक्षर गरेका छन्। ६७ देशका २ सय भन्दा धेरै अर्थशास्त्रीहरू हस्ताक्षर गरेको पत्रमा दोस्रो विश्वयुद्धयता तीव्र रुपमा बढेको वैश्विक असमानतालाई पछाडि फर्काउन तत्काल प्रभावकारी कदम चाल्न आह्वान गरिएको छ।

अर्थशास्त्रीहरूले राष्ट्र संघ र विश्व बैंकलाई लेखेको पत्रः

प्रीय एन्टोनियो गुटरेस, महासचिव, संयुक्त राष्ट्र संघ
र, प्रीय अजय बंगा, अध्यक्ष, विश्व बैंक

चरम असमानता कम गर्न काम गरिरहेका विश्वभरका अर्थशास्त्रीहरूका तर्फबाट संयुक्त रूपमा हामी यो पत्र लेख्दै छौं। यो पत्रमार्फत हामी संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू (एसडीजी) र विश्व बैंकका नयाँ राणनीतिक लक्ष्य र सूचकहरूको सुनिश्चिता गर्नका लागि चरम असमानतालाई कम गर्दै लैजाने प्रयासलाई दोब्बर बनाउन आग्रह गर्न चाहन्छौं।

हामी असाधारण आर्थिक असमानताको समयमा छौं । यो शताब्दीको पहिलो २५ वर्षमा चरम गरिबी र चरम सम्पन्नताको अत्याधिक र निरन्तर वृद्धि एकसाथ देखिएको छ। सन् २०१९ र २०२० मा दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा बढी वैश्विक असमानता बढेको छ । विश्वका सबैभन्दा धनी १० प्रतिशतले विश्वको आयको ५२ प्रतिशत हिस्सा कब्जा गरेका छन् भने सबैभन्दा गरीब विश्वको आधा जनसंख्याले कुल आयको ८.५ प्रतिशत हिस्सा मात्र प्राप्त गरेका छन्। अर्बौं मानिसले बढ्दो खाद्यन्नको बढ्दो र उच्च मूल्यका साथै भोकमरीको पनि सामना गरिरहनु परेको छ । अर्कोतिर, पछिल्लो दशकमा अर्बपतिहरूको संख्या दोब्बर भएको छ।

सक्षम बनाउनका लागि प्रत्येक सरकारले यी प्रगति र सुधारहरूलाई व्यवस्थित बनाउन र अगाडि बढाउन जरुरी छ। यसबाट नै भविष्यमा हाम्रो अर्थव्यवस्थालाई शुन्य कार्बन नीतितर्फ रुपान्तरणका लागि व्यापक राजनीतिक समझदारी बनाउन सकिन्छ।

लक्ष्य महत्वपुर्ण हुन्छ,  नेतृत्व महत्वपूर्ण हुन्छ। विश्व बैंक र राष्ट्र संघ दिगो विकासका लक्ष्यहरू असमानता कम गर्नका लागि विशिष्ट रुपले खडा गरिएका छन्, जुन आजको विभाजित विश्वलाई तत्काल आवश्यक छ। हामी बलियो लक्ष्य प्राप्ति र सम्पत्ति तथा आयका साथै राष्ट्रिय आयमा ज्यालाको हिस्साका अझै राम्रो बनाउने यो अवसरलाई सदुपयोग गर्न अनुरोध गर्न चाहन्छौं। साथै, दिगो विकास लक्ष्य कुनै छुट्टै लक्ष्यका रूपमा होइन। त्यसैले, सबै आर्थिक, वित्तिय र सामाजिक नीतिहरूको मूल्यांकन दिगो विकास लक्ष्य प्राप्तिमा पर्ने प्रभावका आधारमा गरिनुपर्छ। यति गर्नसके समानतासहितको विश्व निर्माणमा हाम्रो सामुहिक महत्वकांक्षा प्रतिविम्बित हुने थियो।

पत्रका केही हस्ताक्षरकर्ताहरु:
१. जोसेप स्टिग्लिज, प्रोफेसर, कोलम्बिया युनिभर्सिटी
२. जयती घोस, प्रोफेसर, युनिभर्सिटी अफ मासाच्युसेट्स
३. थोमस पिकेटी, प्रोफेसर
४. वान कि मुन, पूर्व महासचिव, संयुक्त राष्ट्र  संघ
५. बर्टी अहन, पूर्वप्रधानमन्त्री, आयरल्याण्ड
६. बोरिस ट्याडिक,  पूर्व राष्ट्रपति, सर्विया
७. जुमार्ट ओटोबाएभ, पूर्वप्रधानमन्त्री किर्गिस्थान
८. जाद्रान्का कोसोर, पूर्वप्रधानमन्त्री, क्रोएशिया,

(नेपाल रिडर्स)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।