५ जेष्ठ २०८१, शनिबार

बिनाप्रतिष्पर्धा सटर भाडामा दिन नहुने भन्दै कालीमाटीमा किसानहरुको धर्ना

0

काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ । बिहीबार बिहान सञ्चालले कार्यालय अघि भेला भई धर्ना दिएको हो ।

उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाउन माग गर्दै धर्ना दिएका हुन् ।

उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाइयोस्, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर् लगायतका प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।