३ जेष्ठ २०८१, बिहीबार

नेकपा बर्दियाद्धारा विशाल विकको निधनप्रति गहिरो दुख व्यक्त

0

१४ साउन,बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य बलवान सीका भाई २६ वर्षिय विशाल विकको साउदीमा असामयिक निधन भएको घटनाले पार्टी निकै दुखी भएको भन्दै मृतकप्रति श्रदासुमन व्यक्त गरेको छ ।
नेकपा वर्दियाका जिल्ला इन्चार्ज हिमशिखर सी र जिल्ला सेक्रेटरी संगीन सीले शनिवार एक संयुक्त रुपमा शोक वक्तव्य जारी गर्दै घटनाप्रति पार्टी निकै मर्माहित भएको वताएका हुन ।
जारी शोक वक्तव्यमा साउदीमा रोजगारीको लागि गएका विकको एकमहिना अघि असार ११ गते असामयिक निधन भएको र शनिवार मात्र उनको शव आफ्नै घर वर्दियाको ठाकुरवावा नगरपालिका ९ मा पुगेकाले आजै कर्णाली नदिमा दाहासंस्कार गरिएको समेत जनाइएको छ ।

नेकपाको जारी वक्तव्यमा साउदीमा छोराको निधनको खवरले भारतको वैजुरामा रहेका ६३ वर्षिय वुवा माउते विक असार १६गते घर हिडेपनि पौडीकोटद्धार भन्ने ठाउँमा लुटेराहरुको फन्दामा परि हाल सम्म वेपत्ता रहनु भएको घटना पनि निकै दुखत भएको उल्लेख गरेको छ ।

नेकपाले वेपत्ता वुवाको स्थिति यथाशिघ्र सार्वजनिकको माग गर्दै दुवै घटनाका कारण शोकमा रहेका पार्टी जिल्ला सचिवालय सदस्य समेत रहनु भएका बलवान सी लगायत सम्पूर्ण घरपरिवारमा गहिरो समवेदना व्यक्त गरेको छ ।
वक्तव्यको पूर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।