१२ श्रावण २०८१, शनिबार

समाजवादी विद्यार्थी मोर्चाआज घोषणा हुँदै

0

१४ साउन, काठमाडौं । समाजवादी मोर्चाले आज विद्यार्थीको मोर्चाको औपचारिक घोषणा गर्ने तयारी गरेको छ ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको छ ।

‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ विद्यार्थीको मोर्चा घोषणा हुन लागेको हो ।

बिहान साढे १० बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका प्रवक्ता प्रकण्ड सहभागी हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।