२ कार्तिक २०८१, शुक्रबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो २५ बुँदे मागसहित ज्ञापनपत्र

0

काठमाडौँ: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले २५ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुर हकहितका लागि श्रमरोजगार तथ सामाजिक सुरक्षा मन्त्रालयमा २५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
नेपालको राज्यव्यवस्था मजदुर मैत्री नभएकोले मजदुर सम्बन्धि दिर्घकालिन उचित व्यवस्थापनको लागि संघर्ष अपरिहार्य रहेको तर हाल नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा १/२ मा जे लेखिएको भएपनि त्यो अझै कार्यान्वयन हुन नसकेको र मजदुरको नाममा विभिन्न मजदुरसम्बन्धि काम गर्ने संगठनका बिचौलियाले मजदुर प्रताडित गरेकोप्रति लक्षित गर्दै ILO अभिसन्धिको धारा ८७ लाई समेत अनुमोदनको मागसहित ज्ञापन पत्र बुझाएको हो ।
महासंघको महासचिव टेक प्रधानद्वारा हस्ताक्षरित ज्ञापनपत्र श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंहदरबारस्थित मन्त्री शरदसिंह भण्डारीको कार्यकक्षमा गएर बुझाइएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जीवन्त सीको प्रमुख उपस्थिति थियो भने मोर्चाको केन्द्रीय महासचिव टेक सी, केन्द्रीय उपाध्यक्ष नारायण सी, कोषाध्यक्ष सृजना सी लगायत केन्द्रीय सदस्यहरुको उपस्थितिमा बुझाइएको त्यहाँ स्थित सहभागी मोर्चाको केन्द्रीय सदस्य लालबहादुर सीले बताएका छन् ।
ज्ञापनपत्रको पूर्ण पाठ यसप्रकार रहेको छ-

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।