१२ श्रावण २०८१, शनिबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले थाल्यो संगठन निर्माणकाे काम

0

काठमाडौँ: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले संगठन निर्माणकाे कामलाई थालनी गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले असार १० बाट रोकिएको सांगठनिक कार्यलाई असारको महिना सकिए लगत्तै श्रावणको दोस्रो हप्ताबाट सुरु गरेको छ । मातृ पार्टीले असार १० गतेदेखि ३० सम्म उत्पादनको लागि सम्पूर्ण पार्टी कमिटी भातृ संगठनलाई संगठन सम्वन्धि कामबाट बिदाको परिपत्र जारी गरेको थियो । जसअनुसार देशैभरि संगठित रुपमा सम्पूर्ण कार्यकर्ता उत्पादनमा जुटेका थिए । अखिल नेपाल ट्रेड युनियन महासंघ अहिले आएर श्रावणको दोस्रो हप्ताबाट संगठन सम्बन्धि काममा जुटे लगत्तै रुपन्देही र कास्की जिल्लामा जिल्ला भेला सम्पन्न भएका छन् ।

रुपन्देहीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गतको पेशागत सँगठन अखिल नेपाल क्रान्तिकारी जिल्ला सिलाई मजदुर संघ पछि चार जना थप्ने गरी राजेन्द्र सिंह चित्रकारको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ भने कास्की जिल्लामा राजु गुरुङको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमिटी चयन गरेको बताइएको छ । कास्की जिल्लाको जिल्ला भेलामा पार्टी केन्द्रीय सदस्य जिवन्त सीको प्रमुख उपस्थिति र पार्टी जिल्ला सचिव काजी सी, महासंघका केन्द्रीय सचिव सन्तोस सी, महासंघका केन्द्रीय सदस्य दिनेश सीको उपस्थिति रहेको थियो भने रुपन्देहीमा पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज सरोज सी, पार्टी जिल्ला सचिव बिरेन्द्र सी, महासंघका केन्द्रीय सदस्य खगेन्द्र पौडेलको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।