म कालिकोट जिल्लाको सचिव (सेक्रेटरी) भएको समयमा २०४८ सालको ‘एकता महाधिवेशनमा पहिलो पटक चितवन, माडी आएको थिएँ । आज २८ वर्षपछि दोस्रो पटक आएको छु । हामी श्रमिक समुदाय पनि भएको कारण यो कम्युनिस्ट कार्यभार पनि भएको कारण हाम्रो लागि भावना साटासाट गर्ने अवसर पनि हो ।
विगतमा सामन्ति आवरणमा श्रमिक–समुदायमाथि शोषण र उत्पीडन हुन्थ्यो । आज पुँजीवादी (नेपालको सन्दर्भमा दलाल पुँजीवादी) आवरणमा शोषण र उत्पीडन हुन्छ । सामन्तवाद र पुँजीवादको बिचमा शोषण–उत्पीडन गर्ने तरिका फरक हुन्छ; शोषण कायम रहन्छ; अझ बढि हुन्छ । पुँजीवादले आर्थिक आधारमा टेकेर उत्पीडन गर्छ । सामन्तवादले धर्म, कुल, जात, संस्कारको आधारमा उत्पीडन गथ्र्यो । श्रमिक समुदायको व्यक्ति धनवान छ, मन्त्री छ, उच्च तहको नोकरशाह छ भने पुँजीवादले स्वीकार गर्छ तर सामन्तवादले स्वीकार गर्दैन । सामन्तवादले जात, नश्ल, रङ्ग, क्षेत्र, लैङ्गिक आधारमा विभेद गर्दछ भने पुँजीवादले पुँजी वा सम्पत्ति वा शक्तिको आधारमा विभेद गर्दछ । त्यसैले शोषण र उत्पीडनको स्वरूप (तरिका) परिवर्तन भएको छ भनिएको हो । रूपमा आएको परिवर्तनलाई श्रमिक–समुदायमाथिको शोषण घट्यो भन्न सकिन्न । दलाल पुँजीवादले सामन्तवादलाई सहवरण (आफूमा मिलान) गरेको कारण सामन्ती उत्पीडन पनि कायमै छ ।
२०४७ सालपछिको संसदीय व्यवस्था राजाको कारिन्दा मात्र थियो । सामन्तवादको कारिन्दा भएको कारण लोकतन्त्रको नाममा सामन्ति उत्पीडन गथ्र्यो । श्रमिक समुदायमाथिको शोषण–उत्पीडन रोक्न त्यो सत्ताको अन्त्य हुनुपथ्र्यो । २०४७ सालपछि सत्तारुढ काङ्ग्रेस र एमालेले गणतन्त्र ल्याउन सकेनन् वा त्यो दिशामा गएनन् । त्यो ऐतिहासिक सामााजिक दायित्व जनयुद्धले पुरा ग¥यो । २०६३/०६४को ‘शान्ति प्रक्रिया’को विषयमा छलफल, विश्लेषण भइरहेको छ । त्यो बाटोमा पछि छलफल गरौंला । दलालहरूले आगामी ५० वर्ष माओवादीको शासन हुन्छ भनेर फुक्र्याए । भारतदेखि युरोपसम्म गोष्ठिहरूमा प्रमुख वक्ता बनाएर घुमाए । शहरका तारे होटलमा घुमाए । वर्ग सत्तामा विजातीयकरण भएको कारण समस्या बल्झिएको छ ।
आजसम्म प्राप्त पुराण कथाका अनुसार इतिहासको कुनै पनि कालखण्डमा ‘दलित वा अछुत’ जाति थिएन, छैन । कला, साहित्य, इन्जिनियरिङ्ग र प्राविधिक काम (जो शारीरिक श्रममा पथ्र्यो) गर्ने श्रमिक समुदायलाई सम्मान नगरेर अपमानित गर्न थालियो । सामन्तहरू आफू श्रम गर्दैनथे र श्रम गर्नेलाई हेयको दृष्टिले हेर्थे । त्यही कारण समस्या पैदा भयो । जनतालाई फुटाएर विभाजित गर्न र शासन कायम गर्न ‘दलित, अछुत, हरिजन, हब्सी–निग्रो, दोस्रो लिङ्गी’ अनेक विभेद सृजना गरियो । आज सङ्घीय गणतन्त्रले थोरै भए पनि सुविधा दिन थालेपछि गैरदलितले पनि थर परिवर्तन गरेर दलित लेख्न थालेका छन् । जसको कारण दलित जनसंख्याको प्रतिशत बढेको छ । आफ्नो समुदायप्रति सचेतता र गर्व गर्ने संस्कृतिमा आएको बढोत्तरी मात्रै दलित जनसंख्या बढ्नुको कारण छैन ।
आजको दलाल पुँजीवाद सामन्ति व्यवस्थाको उत्तराधिकारी पनि हो । त्यसैले यो सत्ता पुरुषवादी छ । नश्लवादी छ । सत्ताले नै अपराधीमाथि कारवाही गर्दैन । अपराधलाई ढाकछोप गरेर अपराधीको रक्षा गर्दछ । सत्ताको त्यही चरित्रको कारण निर्मला हत्याकाण्ड पत्ता नलागेको हो । राज्य नै अपराधीको संरक्षक भएपछि अपराधको छिनोफानो हुन्छ ?
सामाजिक र वर्गीय आन्दोलन सफल हुनको लागि विचार, राजनीति, कार्यक्रम र नेतृत्व क्रान्तिकारी हुनुपर्छ । त्यो नहुँदा नै समस्या समाधान नभएको हो । पुरानो प्रतिक्रियावादी सत्तामा गएपछि त्यसको साँचोमा ढल्नुपर्छ । अर्को कुरा गर्न थालेपछि पुरानो सत्तारूपी शरीरले प्रतिरोधी सेल (AnƟ body) उत्पादन गर्न थाल्छ । प्रचण्ड त्यही भएर असफल भएका हुन् । त्यही भएर कार्ल माक्र्सले पेरिस कम्युनको गहन अध्ययनपश्चात् ‘पेरिस कम्युन’ नामको पुस्तक लेख्नुभयो । त्यसको निष्कर्ष ‘सर्वहारा वर्गले पुरानो बनिबनाउ सत्ता जस्ताको तस्तै आफ्नो हितमा प्रयोग गर्न सक्दैन’ भन्नुभएको थियो । २०६४मा देशको पहिलो पार्टी बनेको माओवादी २०७०को चुनावमा तेस्रो भयो । आज गठबन्धन गर्दा पनि ३२ सिटमा झरेको छ । गलत नीति र कार्यक्रम भएपछि त्यस्तो हुन्छ । हामी आज सही नीति र विचारको कारण हावि भएका छौं । विचार, राष्ट्रिय राजनीतिमा हावि भएको कारण हामी अब सङ्गठनमा पनि हावि हुन्छौं । यो कुरा अनिवार्य वस्तुगत नियम हो ।
विश्व राजनीति विष्फोटक बन्दै गएको छ । विगतमा अमेरिका नेपालमा भारत भएर
आउथ्यो । आज भारतलाई निर्देशित गर्ने, दबाव दिने भएको छ । भारतले पुरानो औकात
कायम गर्न खोज्ने र अमेरिकाले उछिन्न खोज्ने खेल भारत र अमेरिकाबिच नेपालको
सन्दर्भमा चलिरहेको छ । नेपालमा भएको अमेरिकी हस्तक्षेपलाई अर्को विश्व–शक्ति
चीनले आफ्नो विरूद्ध ‘थ्रेट’ ठानिरहेको छ । त्यसकारण नेपाल युक्रेन बन्न सक्दैन भन्न
सकिन्न । उता चीन र अमेरिकाबिच कुनै पनि समयमा ताइवानमा झडप हुनसक्छ ।
युक्रेन समस्यामा ताइवान थपियो भने विश्व परिस्थिति भयावह हुनसक्छ ।
शासकहरू बन्दुकले घेरिएर बसेका छन् । त्यसकै आधारमा दमन, शोषण गरेका छन् । जनतालाई निशस्त्र बन्न अपिल गर्ने नैतिक आधार उनीहरूसँग छैन । २०६३/०६४ सालपछि माओवादी निशस्त्र भएको, जनतालाई निशस्त्र पारेको कारण कमजोर भएको हो । आज त गणतन्त्र र अग्रगमनको बाहक माओवादीलाई नै जेल हाल्ने रे ! अब मरेको माओवादी पनि चिहानबाट उठेर प्रतिरोध गर्नेछ । तपाइँहरू सबैले नयाँ ढङ्गले सोच्नुपर्छ । तपाइँहरूले कदम चाल्नु पर्ने गरी हामी काम गर्दछौं ।
विश्व राजनीति विष्फोटक बन्दै गएको छ । विगतमा अमेरिका नेपालमा भारत भएर आउँथ्यो । आज भारतलाई निर्देशित गर्ने, दबाव दिने भएको छ । भारतले पुरानो औकात कायम गर्न खोज्ने र अमेरिकाले उछिन्न खोज्ने खेल भारत र अमेरिकाबिच नेपालको सन्दर्भमा चलिरहेको छ । नेपालमा भएको अमेरिकी हस्तक्षेपलाई अर्को विश्व–शक्ति चीनले आफ्नो विरूद्ध ‘थ्रेट’ ठानिरहेको छ । त्यसकारण नेपाल युक्रेन बन्न सक्दैन भन्न सकिन्न । उता चीन र अमेरिकाबिच कुनै पनि समयमा ताइवानमा झडप हुनसक्छ । युक्रेन समस्यामा ताइवान थपियो भने विश्व परिस्थिति भयावह हुनसक्छ ।
शासक वर्गले इतिहासमा हुँदै नभएको ‘दलित’ शब्द थोपरेर श्रमिक समुदायको पहिचान बनाए । जो कला र प्रविधिका वाहक र निर्माता थिए । इतिहासले पुष्टि नगरेको कुरा हामीले किन मान्ने ? किन निरन्तरता दिने ?? त्यसैले हामीले ‘श्रमिक समुदाय’ भन्ने गरेका छौं । शासकले थोपरेका शब्द, भाव र मनोविज्ञान लतारेर हिंडेर स्वतन्त्रताको यात्रा पुरा हुँदैन । जनता एकतावद्ध हुनुपर्ने आवश्यकता छ । तर शसक वर्गले विभाजित गरेको छ । सामाजिक स्वरूप र मनोविज्ञान नै सानो–ठूलोमा विभाजित छ । हामी एकताबद्ध हुन आवश्यक छ । शासकले विभाजित गरेको छ । त्यसकारण नयाँ पहलकदमी लिएका छौं । देश र समाज बदल्ने, अगाडि बढाउन नसक्ने हो भने सामाजिक अभियन्ता हुनु, राजनीति गर्नुको औचित्य पुष्टि हुँदैन ।
(२०८० असार १७ गते माडी, वसन्तपुर, चितवनमा भएको श्रमिक समुदायका अगुवाबिच गर्नुभएको छलफलको सम्पादित अंश, शिर्षक हामीले दिएका हौं– सम्पादक)
स्राेत: जनपत्रिका चाैथाे अङ्कमा प्रकाशित