५ आश्विन २०८१, शनिबार

नेकपा मध्यकर्णाली व्यूरोले ३८ रोपनी जग्गामा खेति लगायो

0

२३ साउन,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी मध्यकर्णाली व्यूरोले पार्टीलाई आत्मनिर्भर बनाउन यो वर्ष धान रोपाई, दाल उत्पाद,कोदो मकै खेति गरी ३८ रोपनी जमिनमा खेति लगाएको छ ।
पार्टीको केन्द्रीय आत्मनिर्भर उत्पादनको नीति अनुसार व्यूरोले कालिकोट,सुर्खेत र दैलेख जिल्लामा गरी ३८ रोपनी जमिनमा उत्पादनको लागि यो वर्ष खेति गरेको हो ।

नेकपाले व्यूरो भरी २१ रोपनी जग्गामा धान रोपेको र १७ रोपनी जमिनमा सिमी,भट्टमास,कोदो र मकैको खेति गरेको नेकपा मध्यकणाली व्यूरोका इन्चार्ज विवेक सीले जानकारी दिए ।
नेकपालले सुर्खेतको पञ्चपुरी नगरपालिकाको माझगाँउमा करिव १ विगाह (१३ रोपनी),कालिकोटको रास्कोट नगरपालिकाको सुनेपानीमा ५ रोपनी र नरहरीनाथ गाउँपालिकाको वडा नम्वर १ कोटवाडामा ३ रोपनी गरी २१ रोपनी जग्गामा धान रोपेको छ ।

यस्तै नेकपाले रास्कोट नगरपालिका वडा नम्वर ४ स्युनामा सीमी दाल ६ रोपनी,पचालझना गाउँपालिकाको सिकुमा सिमी अढाई रोपनी गरी झण्डै साढे ८ रोपनी जमिनमा खेति गरेको छ ।
नेकपाले कालिकोटमा भट्टमास २ रोपनी, दैलेख आठविसकोट नगरपालिकाको सातलामा ५ रोपनी गरी ७ रोपनी जग्गामा खेति गरेको छ । यस्तै व्यूरो भरी कोदो र मकै गरी करिव २ रोपनी जग्गामा खेति गरेको नेकपाले जनाएको छ ।

नेकपाका व्यूरो इन्चार्ज विवेक सीले कुनै पनि क्रान्तिकारी पार्टी उत्पादनको कार्यसंग नजोडिए सम्म क्रान्ति पुरा नहुने र आत्मनिर्भर नहुने भन्दै अवको क्रान्ति पुरा गर्न र रक्षा गर्न पार्टीले आत्मनिर्भर उत्पादनको सामुहिक नीति संगै एकीकृत जनक्रान्तिको कार्यदिशालाई अगाडि वढाएको प्रतिक्रिया दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।