२६ पुष २०८१, शुक्रबार

ललितपुर महानगरलाई अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण पत्र

0

ललितपुर ।ललितपुर महानगरले निजी विद्यालयलाई ५२ लाख रकम वाढेको भन्दै अखिल (क्रान्तिकारी) ले ध्यानाकर्षण पत्र बुझाएको छ। अखिल (क्रान्तिकारी) ललितपुरका इन्चार्ज निगम सी र संयोजक जनक सी द्वारा मंगलबार महानगर शिक्षा शाका प्रमुक महेन्द्र बहादुर छेत्री र उपप्रमुख मन्जली साक्यलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।

ललितपर महानगरले ०७९ को एसईई परिक्षामा चार जीपीए ल्याउने महानगर भित्रका ६ वटा निजी विद्यालयलाई रु.४ लाखको दरले २६ लाख र १४ जना विद्यार्थीलाई रु. २ लाखको दरले रु. २८ लाख गरी जम्मा रु. ५२ लाख गत मंगलवार वितरण गर्ने निणर्य गरेको थियो। 

ललितपुर महानगरपालिकाको उक्त कार्यलाई लिएर अखिल (क्रान्तिकारी) आन्दोलित बनेको छ।

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र सामुदायीक स्कुललाई निरुत्साहित गर्ने गलत उद्देश्य सहित ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको आफ्नै अगुवाईमा भएको यस कार्यप्रति आफ्नो संगठनको गम्भिर ध्यानाकर्षण भएकको र यस्लाई तुरुन्त नसच्याए चरणबद्ध आन्दोलन जारी राख्ने इन्चार्ज निगम सी ले बताएका छन्।

उनले” स्थानीय सरकारबाट भएको यस प्रकारको सामुदायिक शिक्षा विरोधी कार्यलाई हाम्रो संगठन खारेज गर्दछ र सामुदायिक विद्यालयको स्तरवृद्धि गर्न र प्रोत्साहन स्वरुप अविलम्ब रकम प्रदान गर्न हाम्रो संगठन ललितपुर महानगरपालिका समक्ष जोडदार माग गर्दछ । अन्यथा हाम्रो संगठन कडा भन्दा कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छ । यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार, महानगरपालिका र सम्बन्धीत निकाय हुने।” उनको भनाई थियो। अखिल (क्रान्तिकारी) ले यसै विषयमा सोमवार एक विज्ञप्ति समेत समेत जारी गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।