५ आश्विन २०८१, शनिबार

कर्मचारीको तलब सुबिधा कटौती गर्ने रामारोशन गाउँपालिकाको निर्णय सच्याउन माग

0

अछाम / जिल्लाको रामारोशन गाउँपालिकाले पालिका अन्तर्गत करारमा कार्यरत कर्मचारीको तलब सुबिधा कटौती गर्ने निर्णय गलत भएको भन्दै तत्काल सच्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीले माग गरेको छ।नेकपा पश्चिम अछामका इन्चार्ज मिना सी र सेक्रेटरी निरक सी ले बुधबार एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्  ।

इन्चार्ज मिना सी र सेक्रेटरी निरक सी द्वारा संयुक्त हस्ताक्षरित बिज्ञप्तीमा-“रामारोशन गाउँपालिकाले मिति २०८०-०३-८ गतेको बैठक वाट करार कर्मचारीहरुलाई दिँदै आएको तलब सुविधा कटौति गरी करार कर्मचारीहरुलाई मर्का पर्ने गरी गरेको निर्णयप्रति र जनताको दैनिक काम कार्बाहीमा परेको असुविधाप्रति नेपाल कम्युनिष्ट पार्टी पश्चिम अछामको गम्भिर ध्यान आकर्षण भएको ” बताएको छ ।

त्यस्तै जारी बिज्ञप्तीमा-” रामारोसन गाउँपालिकाको स्थानिय सरकारले तालावन्दी भएको ४ दिन विति सक्दा पनि आन्दोलनरत करार कर्मचारीसंग छलफल, बहस नगरी समस्याको समाधान नगरी उल्टै करार कर्मचारीहरु लाई धाक धम्कि दिएको कुरा सुन्नमा आएको छ र त्यस्तो घृणित कृयाकलाप नगर्न अनुरोध गर्दछौ। गाउँपालिका सरकारले आन्दोलनरत कर्मचारीहरु संग छलफल, बहस र समस्याको समाधान गर्न नसक्नु रामारोशन गाउँपालिका सरकारको असक्षमता पुष्टी भएको छ । यस प्रकारको निर्णय प्रति ने. क. पा पश्चिम अछामले गम्भिर आपत्ति जनाउदछ । रामारोसन गाउँपालिकाले असार ८ गतेको करार कर्मचारी को तलब सुविधा घटाउने निर्णयलाई सच्याई तलव सुविधा यथावत गर्न ने. क. पा पश्चिम अछाम जोडदार माग गर्दछ” समेत भनिएको छ।
यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।